Friday, May 29, 2015
धादिङलाई केन्द्र बनाएर ५.२ रेक्टरको पराकम्प
१५ जेठ, काठमाडौं । धादिङलाई केन्द्र बनाएर बिहीबार अपराहृन ५.२ रेक्टर स्केलको पराकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ४४ मिनेटमा ५.२ रेक्टर स्केलको पराकम्प गएको हो । यससँगै बिहीबार पाँच पराकम्प गएको छ ।
मध्यहृन १२ बजेर ३० मिनेटमा धादिङ र गोरखाको सीमालाई कैन्द्र बनाएर ४.८ रेक्टर स्केलको पराकम्प गएको थियो । वैशाख १२ को विनाशकारी भूकम्पपछि २ सय ७० भन्दा बढी पटक ४ रेक्टर स्केलभन्दा माथिका पराकम्प गइसकेको छ ।
ठूलो भूकम्पछि ससाना पराकम्प गइरहने भन्दै भूकम्प विद्हरुले नआत्तिन र सकर्त रहन आग्रह गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment