Wednesday, May 20, 2015

बारामा एक बालकको अपहरणपछि हत्या

६ जेठ, बारा । बारामा एक बालकको अपहरण पश्चात हत्या भएको छ । बाराको मोतिसर ९ मनगढवाका कैलाश महतोका १२ बर्षीय छोरा रामकुमारको हत्या भएको हो । घर नजिकैको बंगरी नदी छेउँमा महतोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । महतो जेठ ३ गते आइतबारका दिउँसोदेखि हराएका थिए । ‘नातेदारसहित बिभिन्न ठाउँमा खोजी गर्‍यौं । तर, उनी फेला परेनन्’-मृत्कका बुबा कैलाशले भने । बाराका प्रहरी प्रवक्ता एवं डिएसपी रबिन्द्र रेग्मीलेका अनुसार नजिकै भएर बग्ने बंगरी नदीको छेउमा उनको शव कुहिएको अवस्थामा भेटिएको छ । घटनाको बारेमा बिशेष टोली खटाएर अनुसन्धान भइरहेको छ उनले बताए ।

No comments:

Post a Comment