Friday, May 15, 2015

‘सूर्तिजन्य वस्तुमा चेतावनी सन्देश छाप्न सरकार बाधक’

१ जेठ, काठमाडौं । सूर्तिजन्य पदार्थको प्याकेटमा चेतावनीमूलक सन्देश र चित्र छाप्नैपर्ने निर्देशिका कार्यान्वयनमा प्रधानमन्त्री कार्यालय बाधक बनेको एक्सन नेपालले आरोप लगाएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले कार्तिक १३ गते ‘सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट्स,र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकितगर्ने निर्देशिका २०७१’ जारी गरेको छ । सो निर्देशिका ०७२ जेठ १ गतेदेखि लागू गर्न स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य उधोग तथा नियामक निकायलाई निर्देशन दिएको थियो । तर, प्रधानमन्त्री कार्यालयले वैशाख २४ गते मूख्य सचिव तथा सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी उल्लेखित निर्देशिका कार्यान्यवन गर्ने विषयमा पुनर्विचार गर्न भनेको थियो । ‘हामीले गरेको बजार सर्वेक्षणमा निर्देशिकाअनुसार ९० प्रतिशत चेतावनीमूलक चित्रसहित राखिएका कुनै पनि ब्राण्डका सूर्तिजन्य उत्पादनहरु भेटिएनन्’ एक्सन नेपालले भनेको छ- ‘यो निर्देशिका कार्यान्वयनमा सरकार नै बाधक बनेको देखियो ।’ प्रधानमन्त्री कार्यालय वाषिर्क २५ हजार नेपालीहरुको ज्यान लिने सूर्तिजन्य पदार्थको पक्षमा उभिएर आफ्नो गैरजिम्मेवारीपन झल्काएको एक्सन नेपालको आरोप छ । सूर्तिजन्य पदार्थका उपभोग र यसबाट हुने मृत्यूदर घटाउन चित्रसहितको चेतावनीमूलक सन्देश अल्पविकसित मुलुकका लागि जनचेतना अभिवृद्धि गर्नका लागि उत्कृष्ट प्रभावकारी नीति हो ।

No comments:

Post a Comment