Sunday, May 17, 2015

करोडौं ठगीको आरोपमा काठमाडौं मलका ठेकेदार प्रविर पक्राऊ

३ जेठ, काठमाडौं । बिभिन्न व्यक्तिहरुलाई प्रलोभन देखाउँदै करोडौं रुपैयाँ ठगी गर्ने काठमाडौं मलका ठेकेदार प्रविर शमसेर जबरा -पम्पी) पक्राउ परेका छन् । एस डेभलपमेन्ट कम्पनीका प्रविरबाट धेरै व्यक्ति ठगिएको हुन सक्ने भन्दै प्रहरीले महानगरीय प्रहरी अपराध महाशाखाममा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । लतिलपुर-२ का ४८ वर्षीय जबराले सिन्धुपाल्चोक घर भइ हाल धापासी बस्ने महेशकुमार कार्कीलाई १ करोड रुपैयाँ ठगेका थिए । मिलेर काम गर्ने प्रलोभन देखाई प्रविरले ललितपुर लामाटारमा रहेको ३ रोपनी जग्गा आफ्नो कम्पनी एस डेभलपमेन्टको नाममा १ करोडमा पास गर्न लागाए । मालपोत कार्यालय ललितपुरमा जग्गा पास गरेपछि भुक्तानी दिने क्रममा जबराले १ करोडको चेक दिएका थिए । तर, चेकको दस्तखत नमिलेपछि पुनः चेक काट्न भन्दा अस्वीकार गरेर ठगी गरेको प्रहरीले जनाएको छ । यसैगरी जबराले सुन्धारास्थित सञ्चयकोषको भवन १५ वर्षमा लिजमा लिई काठमाडौं मल भाडामा लगाएका छन् । काठमाडौं मलमा भाडामा ठाउँ दिने बहानामा धेरै व्यक्तिहरुलाई अलग-अलग सम्झौता गरी ठगी गरेको प्रहरीमा उजुरी परेको छ । यसबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीले जबराबाट ठगीएका व्यक्तिहरुलाई महाशाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

No comments:

Post a Comment