Thursday, May 14, 2015

१ हजारको पाल ३ हजारमा बेच्ने व्यापारी प्रहरी खोरमा

काठमाण्डु,३१ वैशाख– अभावको फाइदा उठाउँदै पाल, म्याट आदिमा कालोबजारी गर्ने काठमाण्डु, कगेश्वरी मनोहरा–७ का व्यापारी वीरेन्द्र जैसवाल प्रहरीको खोरमा पुगेका छन् । जैसवालले १ हजार रुपैया पर्ने पाललाई ३ हजार र १५० सयको म्याटलाई ५ सयमा बिक्री गरिरहँदा उनलाई प्रहरीले पक्राउ गरेको हो । जैसलावले घरमा लुकाएर राखेको ९ थान पाल पनि जफत गरेको छ । कालोबजारी गरिरहेको सूचना प्रहरीलाई स्थानीयले दिएका थिए ।

No comments:

Post a Comment