Saturday, May 16, 2015

घर बनाउन कुन बैंकले कति ब्याजमा ऋण दिन्छन् ? (र्हेनुहोस सूचीसहित)

३ जेठ, काठमाडौं । तपाईको घर भूकम्पले भत्कायो ? चिन्ता नगर्नुहोस् तपाईलाई बैंकहरुले २ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउने छन् । नियामक निकाय राष्ट्र बैंकले शून्य व्याजदरमा पुनकर्जा दिएर भूकम्पले क्षतिग्रस्त भएका घर बनाउन दुई प्रतिशतमै ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । तर, तपाईका दुई वा सोभन्दा बढी घर भूकम्पले ध्वस्त भएका छन भने एउटा घर बनाउन मात्रै बैंकले सहुलियत अर्थात दुई प्रतिशत व्याजदरमा ऋण दिनेछन । यस्तो ऋण काठमाडौं उपत्यकाभित्र भएमा २५ लाख र मोफसलमा १५ लाख रुपैयाँ पाइन्छ । बाँकी घर बनाउन प्रचलित व्याजदरमै ऋण लिनुपर्ने हुन्छ । सरकारले आवास बिहीनहरुका लागि आवासको व्यवस्था गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउने नीति लिएको हो । त्यसैले एकभन्दा बढी घर भत्किए पनि ती घर पुननिर्माणका लागि सहुलियत दरको ऋण उपलब्ध नहुने राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘सहुलियत दरको ऋण सम्बन्धी कार्यविधि बनिरहेको छ, त्यसअघि यही हुन्छ भन्न चाहिँ सकिँदैन ।’ श्रेष्ठले भने- तर, अहिलेसम्मको हाम्रो बुझाइमा एउटा घरका लागि मात्रै सहुलियत ऋण उपलब्ध हुनेछ । त्यसो भए अहिले वाणिज्य बैंकहरुले अहिले कति व्याजमा घर कर्जा उपलब्ध गराइरहेका छन त ? सम्बन्धित बैंकहरुका अनुसार घर कर्जाको व्याजदर ७.४९ प्रतिशतदेखि १४.५ प्रतिशतसम्म छ । बैंकहरुले पाँचदेखि २५ बर्षसम्मका लागि घर कर्जा उपलब्ध गराउँदै आएका छन । सबैभन्दा सस्तोमा प्रभु बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंकलगायतले घर बनाउन ऋण दिने जनाएका छन । घर बनाउन कुन बैंकले कति ब्याजमा ऋण दिन्छन् ? (र्हेनुहोस सूचीसहित) २०७२ जेठ ३ गते ११:४१ मा प्रकाशित 1382 27 0 JOMSOM MUSTANG after earthquake (10) ३ जेठ, काठमाडौं । तपाईको घर भूकम्पले भत्कायो ? चिन्ता नगर्नुहोस् तपाईलाई बैंकहरुले २ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउने छन् । नियामक निकाय राष्ट्र बैंकले शून्य व्याजदरमा पुनकर्जा दिएर भूकम्पले क्षतिग्रस्त भएका घर बनाउन दुई प्रतिशतमै ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । तर, तपाईका दुई वा सोभन्दा बढी घर भूकम्पले ध्वस्त भएका छन भने एउटा घर बनाउन मात्रै बैंकले सहुलियत अर्थात दुई प्रतिशत व्याजदरमा ऋण दिनेछन । यस्तो ऋण काठमाडौं उपत्यकाभित्र भएमा २५ लाख र मोफसलमा १५ लाख रुपैयाँ पाइन्छ । बाँकी घर बनाउन प्रचलित व्याजदरमै ऋण लिनुपर्ने हुन्छ । सरकारले आवास बिहीनहरुका लागि आवासको व्यवस्था गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउने नीति लिएको हो । त्यसैले एकभन्दा बढी घर भत्किए पनि ती घर पुननिर्माणका लागि सहुलियत दरको ऋण उपलब्ध नहुने राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘सहुलियत दरको ऋण सम्बन्धी कार्यविधि बनिरहेको छ, त्यसअघि यही हुन्छ भन्न चाहिँ सकिँदैन ।’ श्रेष्ठले भने- तर, अहिलेसम्मको हाम्रो बुझाइमा एउटा घरका लागि मात्रै सहुलियत ऋण उपलब्ध हुनेछ । त्यसो भए अहिले वाणिज्य बैंकहरुले अहिले कति व्याजमा घर कर्जा उपलब्ध गराइरहेका छन त ? सम्बन्धित बैंकहरुका अनुसार घर कर्जाको व्याजदर ७.४९ प्रतिशतदेखि १४.५ प्रतिशतसम्म छ । बैंकहरुले पाँचदेखि २५ बर्षसम्मका लागि घर कर्जा उपलब्ध गराउँदै आएका छन । सबैभन्दा सस्तोमा प्रभु बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंकलगायतले घर बनाउन ऋण दिने जनाएका छन । र्हेनुहोस कसको व्याजदर कति ? बैंक ब्याजदर (प्रतिशतमा) नेपाल बैंक ७.९- १०.५ राष्ट्रिय बाणिज्य 8-11% नबिल 9-12% नेपाल इन्भेष्टमेन्ट 9.5-13.5% स्ट्यान्डर्ड चार्टर्ड 7.75-10% हिमालयन 8.5-11% एसबिआइ 13-14% एनबी 10-12% एभरेष्ट 10-14% बिओके 13-14 एनसिसी 11-14% एनआइसी एसिया 7.99-13.49% लुम्बिनी 9.5-12% माछापुच्छ्रे 9.5-14% कुमारी 10-16% लक्ष्मी 9-15% सिद्धार्थ 12-13% कृषि विकास 10-12% ग्लोबल आइएमइ 9-12% सिटिजन्स 9-14% प्राइम 10-12% सनराइज 9-14% एनएमबी 11-14.5% प्रभू 7.49-14% जनता 10-14%

No comments:

Post a Comment