Tuesday, May 26, 2015
जलाउँदै गरेको शव चिताबाटै उठाइयो
वीरगन्ज : चितामा जलाउँदै गरेको शव प्रहरीले आतबार साँझ बरामद गरेको छ । पर्साको सेढवा गाविस–६ घर भई पर्साकै सुवर्णपुर गाविस–७ बाघमोर्चा टोलमा बस्ने सुरेश महतो कंकडकी १२ वर्षीया छोरी शोभावती कुमारीको जलाउँदै गरेको शव प्रहरीले बरामद गरेको हो ।
बाघमोर्चा खोला नजिकैको दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा शव बरामद गरिएको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए ।
शव चितामा जलाउदै गरेका बेला गाँउकै एक व्याक्तिले खबर गरेपछि प्रहरी चौकी सुवर्णपुरबाट गएको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक उमाशंकर यादवले बताए ।
प्रहरीका अनुसार शोभावतीको मृत्यु रहस्यमय भएको सूचनाको आधारमा शव बरामद गरिएको हो । प्रहरी घटनास्थलमा पुग्दा मलामी गएका सबै फरार भएका थिए ।
प्रहरीले बालिकाका बुवा सुरेशलाई नियन्त्रणमा लिएको छ । बालिकाको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । बालिाकाका बुबा सुरेशले भने शोभावतीले पासो लगाएर आत्महत्या गरेको बताएका छन् ।
तर पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओलीले भने आत्महत्या गरेपनि प्रक्रिया पुरा गरेर शव दाहसंस्कार गर्नुपर्नेमा गाँउलेले हतार गरेकोले जलाउँदै गर्दा शव बरामद गर्नुपरेको बताए ।
‘बालिकाको घाँटीमा निलडाम छ, झुण्डिएर मरेको पनि हुन सक्छ’, उनले भने, ‘तर मुचुल्का उठाएर पोष्टमार्टम गरेरमात्रै शवको दाहसंस्कार हुनुपर्छ । ’
कर्तव्य ज्यान होस वा आत्महत्या प्रहरीले आवश्यक अनुसन्धान गर्न पाउनुपर्ने उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ ओलीले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment