Saturday, May 23, 2015

खुल्यो हाँसका लागि छुट्टै सडक !

हामीकहाँ छुट्टै साइकल लेन चाहियो भन्दा त भएको छैन, तर बेलायतमा भने हाँसका लागि समेत छुट्टै लेन बनाइएको छ । बेलायतको लण्डन, बर्मिंघम र म्यानचेष्टरका व्यस्त सडकहरुमा हाँसका लागि भनेर सडकको एक लेन छुट्टाइएको छ जसमा मानिसहरुलाई पैदलै हिड्न वा गाडी गुडाउन निषेध छ । दी क्यानल एण्ड रिभर ट्रस्ट नामक संस्थाले सुरु गरेको नयाँ अभियान ‘शेयर द स्पेस, ड्रप योर पेस’ का कारण मानिसहरुलाई उक्त एउटा लेन मानिसको लागि होइन जनावरको लागि हो भन्ने बोध गरी सोही बमोजिम कार्य गर्न प्रोत्साहित गरेको बताइएको छ । सडकमा गाडी मात्र होइन धेरै प्रकारका जनावरहरु समेत हिँड्ने र मानिसहरुकै कारण जनावर र पंक्षीहरुको ज्यान जोखिममा पर्ने गरेको भन्दै जनावरअधिकारकर्मीहरुले सबै जनावरका लागि छुट्टै लेनको व्यवस्था गर्न नसकिएपनि कम्तीमा हाँसका लागि छुट्टाएर राम्रो कामको सुरुवात गरेको दाबी गरेका छन् । उनीहरु भन्छन्, ‘हाँसका लागि रंग लगाएर छुट्टाइएको लेनमा भुलेर पनि नहिँड्नुस् यदि अटेर गर्नुभयो भने हाँसको रिस भेट्नुहुनेछ, साँच्ची विपनामै

No comments:

Post a Comment