Friday, May 22, 2015

मल्लिकाले भनिन् – आमिरकी श्रीमती हुन पाउँ !

मुम्बई । विभिन्न चलचित्रमा बोल्ड सिन दिएर चर्चामा आएकी अभिनेत्री मल्लिका शेरावतले आमिर खानको श्रीमती बन्न चाहेको रहस्य खुलेको छ । प्रसंग निर्माणाधिन चलचित्र ‘दंगल’ को हो । खेलसँग जोडिएका पहलमान महावीर सिंहको जिबनीमाथि फिल्म बनाउने तयारीमा रहेका आमिरले धेरै युवतिको अडिसन लिएका थिए । अडिसन दिनका लागि मल्लिका पनि गएकी थिईन् । मल्लिकाले आमिरको श्रीमतिको भुमिकाका लागि अडिसन दिएकी थिईन् । अहिले पनि अडिसन लिने क्रम जारी छ । आमिरले आफ्नो ध्यान महावीरको दुई छोरीको भुमिकामा केन्दि्रत भएको बताए । ‘अहिले हामी १२ र १४ वर्षका देखिने दुई वालकलाकारको खोजीमा छौं । वालकलाकार छनौट भएपछि मात्रै श्रीमतिको भुमिकाको वारेमा चासो राख्ने छौं ।’ भारतीय समाचार संस्थासंग कुरा गर्दै आमिरले भने ।

No comments:

Post a Comment