Sunday, May 17, 2015
खुलामञ्चमा विप्लवलाई प्रश्न सोध्न खोज्ने उद्धारकर्ता कुटिए
३ जेठ, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रश्न सोध्न खोज्दा खुलामञ्चमा एक प्रश्नकर्ता कुटिएका छन् ।
भूकम्प पछि आफूले गरेको कामबारे जानकारी दिन विप्लवले खुलामञ्चमा पत्रकार सम्मेलन गरेका थिए । जहाँ सञ्चारकर्मीका साथै सर्बसाधारण समेत जम्मा भएका थिए ।
पत्रकार सम्मेलनका क्रममा महावौद्धका सन्दिप कुँवरले प्रश्न सोध्न खोज्नासाथ नजिकै रहेका विप्लवका कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेका हुन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याएको छ ।
को हुन् कुँवर ?
कुँवरसहित युवाहरुको समूह भूकम्प पीडितहरुको उद्धारमा खटिँदै आएको छ । ‘अन द स्पट डिजास्टर टीम’ गठन गरेका कुँवरलगायतका युवाहरु पत्रकार सुमन बम्जनको शव उत्खनन कार्यमा समेत संलग्न थिए ।
उद्धारको कामबारे केहि जिज्ञासा राख्न खोज्दा एक्कासी आफूहरुलाई कुटिएको कुँवरले अनलाइनखबरलाई जानकारी दिए । कुँवरको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment