Sunday, May 24, 2015
सनीलाई सलिनाले घरबाट निकालिन्
मुम्बई– अश्लिल चलचित्र संसारबाट निस्किएर बलिउडमा राम्रो पहिचान बनाइरहेकी अभिनेत्री सनी लियोनलाई घरधनीले डेराबाट निकालिदिएकी छन्। उनकी घर साहूनीलाई सनीका केही बानी व्यवहार मन नपरेपछि घर खाली गराएको बताइएको छ। द न्यू इन्डियन एक्सप्रेसमा छापिएको खबरअनुसार मुम्बईको अंधेरीस्थित एक अपाटर्ममेण्टको फ्ल्याटमा सनी बस्ने गर्थिन्। तर, हालै उनकी घर साहूनीले घर खाली गराएकी हुन्। अब सनी मुम्बईमा बस्ने डेराका लागि घर खोजीमा भौंतारिन थालेकी छन्। प्राप्तसमाचार अनुसार आजभोलि उनी एक होटलमा दिन बिताइ रहेकी छन्। र, डेरा खोजीका कारण निकै चिन्तित पनि छिन्। यसका कारण उनले काम गर्ने भनिएका केही चलचित्रको छायाँङ्कनसमेत प्रभावित भइरहेको बताइएको छ।
प्राप्त जानकारीअनुसार सनीको घर साहूनीले बज अचानक अपार्टमेण्टको निरीक्षण भ्रमण गरिन्, तब उनले सनीले आफ्नो घरलाई थोत्रो बनाउने गरी अनेक व्यवहार गरेको देखिन् । बाथरुमा जाँदा कैयाँै दिन देखि सफा नगरिएको, लेउ जमेको देखिन् । भने बालकोनीमा जाँदा साहूनीले फर्निचरहरु सडिरहेको र गन्ध आइरहेको देखिन्।
आफ्नो घरमा यस्तो फोहर देखेर साहूनीको दुःखी भइन्। र, सनीलाई घरबाट निकालेर डेरा खाली गराइन्। तर, सनीलाई आफ्नो घरबाट निकाल्ने अरु कोही नभएर बलिउडकी एक नामी हिरोइन सेलिना जेटली हुन्। जानकारीअनुसार केही साल अघि सेलिना ले सनीको बाध्यता बुझेर आफ्नो फ्ल्याट भाडामा दिएकी थिइन्। तर, राम्ररी रेखदेर नगर्दा उनले बाध्य भएर सनीलाई घरबाट निकाल्नु परेको बताइएको छ। हाल सनी आफैले घर किन्नका लागि पनि घरको खोजी गरिरहेको बताइएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment