Sunday, May 17, 2015

एकता कपूरको फिल्ममा 'बिना कपडा'मा अभिनेत्री

मुम्बई–२०१४ मा निर्माण गरिएको फिल्म 'रागिनी एमएमएस–२' को सफलताबाट उत्साहित भएर एकता कपुरले सनी लियोनलाई लिएर बोल्ड फिल्म बनाउने घोषणा गरेकी थिइन्। उनको फिल्मको नाम पनि बोल्ड छ- 'एक्स एक्स एक्स'। तर उनले फिल्मको शुटिङ सुरु भएपछि त्यस्तो दृष्य अस्विकार गरिन जहाँ बिना कपडा शुटिङ गर्नुपर्ने थियो। एकताले सनी लियोनका लागि बिना कपडा शुटिङ गर्नु समान्य भएको अनुमान गरेकी थिइन्। तर त्यस्तो सिन दिन सनीले अस्विकार गरेपछि एकताले सनीलाई आफ्नो फिल्मबाट निकाल्नु पर्‍यो। भारतीय स‌चारमाध्यमका अनुसार सनी लियोनबाट एकता कपूरले ठुलो पाठ सिकेकी छिन्। साथै उनले आफ्नो फिल्ममा काम गर्ने कलाकारलाई हस्ताक्षर गर्नु पहिले उसलाई 'न्यूडिटी शर्त' अर्थात 'विना कपडा' काम गर्न हस्ताक्षर गराउने भएकी छिन्। एकताको यस्तो शर्तमा कुनै कलाकारले हस्ताक्षर गरे पनि फिल्म उद्योगमा अधिकांशले यस विषयमा मिश्रित प्रतिक्रिया दिएका छन्। एकता कपूरको यो शर्तको समर्थन गर्ने मानिसको संख्या पनि कम छैन। त्यतिमात्र होइन यो शर्तको समर्थन गर्नेसँग तर्क पनि बलियो छ। यो फिल्ममा काम गरिरहेकी कायरा दत्त, जसले सबैभन्दा पहिला एकता कपूरको शर्तलाई स्विकार गर्दै हस्ताक्षर गरेर सनसनी मच्चाएकी थिइन्। 'म आफ्नो शरीरलाई लिएर कन्फर्टेवल छु र मलाई यस्तो सिन दिन कुनै आपत्ति छैन,' उनले भनिन,'म बोल्ड सिन दिन मंजुर छु किनभने मलाई म आफैंमाथि र मेरो निर्देशकमाथि पुरा विश्वास छ ।'

No comments:

Post a Comment