Tuesday, May 19, 2015

नानो जेनएक्स सार्वजनिक, कस्ता छन् फिचर?

नयाँ दिल्ली- रतन टाटाको ड्रिम प्रोजेक्ट 'आम मान्छेनका लागि गाडी' पूरा गर्न २००९ मा टाटा मोटर्सले नानो कार ल्याएको थियो। त्यसले सर्वसाधारणबीच स्थान जमाउन सकेन। सो ट्याग हटाउन टाटाले मंगलबार नानोको अर्को भर्सन 'जेनएक्स नानो' बजारमा ल्याएको छ। भारतमा मंगलबार सार्वजनिक गरिएको जेनएक्स नानोको मूल्य २ लाख २५ हजार देखि २ लाख ९९ हजार रुपैयाँ भारुसम्म हुनेछ। जेनएक्स नानोमा कम्पनीले अघिल्लो नानोका धेरै कमजोरीलाई हटाएको छ भने ग्राहकको मन जित्न अरु फिचर्स थपेको छ। यो सस्तो कारमा अटोमेटिक मेन्युअल ट्रान्समिसनसँग खुल्ने बूटस्पेस पनि छ। यसअघिको नानोमा ग्राहकले बुटस्पेसको कमी महसुस गरेका थिए। यसबाहेक नयाँ नानोमा पावर स्टेरिङको सुविधा पनि दिएको छ। फ्युल ट्याङ्की बढाएर २४ लिटर पुर्‍याइएको छ। जबकि पुरानो नानोको फ्युल ट्याङ्की १५ लिटरको थियो। टाटा मोटर्सले जेनएक्स नानोलाई सर्वसाधारणको पहिलो कार बनाउन ग्राहकका रुचिमाथि विशेष ध्यान दिएको जनाएको छ। कारमा ब्लुटुथ सिङ्कका साथै कम्पनीबाट फिट गरिएको अडियो सिस्टम पनि छ। सेन्ट्रल लकिङ सिस्टम रहने जेनएक्स नानोमा ६२२ सीसी, २ सिलिन्डर पेट्रोल इन्जिनको छ। यो कारले २१.९ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ। नयाँ नानो बजारमा आएसँगै पुरानो नानोको उत्पादन बन्द गरिनेछ। तर सिएनजी बर्जनको नानोको उत्पादन जारी रहने जनाइएको छ।

No comments:

Post a Comment