Friday, May 15, 2015

‘कट्रिनाले मलाई जिम्मेवार बनाइन्’ : रणवीर कपुर

कट्रिना कैफसँगको सम्बन्धलाई गुपचुपमै राख्दै आएका बलिउड नायक रणवीर कपुर अचेल उनकै प्रसंसामा रमाउन थालेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै रणवीरले भनेका छन्- ‘कट्रिनाको संगत गरेपछि म आफैं पनि जिम्मेवार हुँदै गएको छु ।’ परिवारसँग छुटि्टएर अलग्गै बसेका रणवीरले बुबा आमासँग बस्दा घरको काम आमाले मात्रै गरेको देखेका थिए । घरमा कुन-कुन सामग्री चाहिन्छ र के काममा पैसा चाहिन्छ, उनलाई केही थाह थिएन । रणवीर भन्छन्-‘मेरो बुबालाई जस्तै मलाई पनि यस बिषयमा केही पनि थाह थिएन । तर, कट्रिनाले धेरै कुरा सिकाइन् ।’ कट्रिनाकै कारण घरमा आवश्यक पर्ने दाल, चामल, तरकारी लगायतका बस्तुका उनी जानकार हुन थालेका छन् । यो वर्षको अन्त्यमा बिबाह गर्ने योजनामा रहेका यो जोडी अहिले सुटिङमा ब्यस्त छन् । आ-आफ्नै चलचित्रको काममा ब्यस्त भएकाले भेटघाट कम भएको बताउने रणवीरले कट्रिना सहयोगी भएको बताए ।

No comments:

Post a Comment