Sunday, May 17, 2015

अश्लिलता फैलाएको भन्दै सनी लिओनलाई देश निकाला गर्न माग

पोर्नस्टारबाट बलिउड प्रवेश गरेर सफलताको श्रेणी चढ्दै गरेकी अभिनेत्री सनी लिओनविरुद्ध अश्लिलता फैलाएको भन्दै उजुरी परेको छ । सनीको विरुद्ध इन्टरनेटमार्फत मानिसको भावनालाई भड्काउने किसिमका फोटो तथा भिडियो अपलोड गरेको अभियोग लगाइएको छ । भारतीय संचारमाध्यमका अनुसार महिला हिन्दु जनजागृति समिति (एचजेएस) ले उनी विरुद्ध उजुरी दर्ता गराएको हो । ‘कुछ कुछ लोचा है’ फिल्मलाई लिएर यतिबेला सनी सेन्सर बोर्डको निसानामा समेत परेकी छिन् । यो भन्दा पहिला समाजमा अश्लिलता फैलाएको भन्दै सुरतमा सनी विरुद्ध उजुरी परिसकेको छ । एचजेएसले आइटी एक्टको धारा ६७ र ६७–अ अनुसार उजुरी दर्ता गरेको संचारमाध्यमहरुले जनाएका छन् । यो धारामार्फत सनी लियोनक पक्राउ पर्न सक्ने बताइएको छ । (एचजेएस)ले शुक्रबार बलिउड अभिनेत्री तथा पोर्न स्टार सन्नी लियोनीलाई देश निकाला गर्ने र भविष्यमा भारत प्रवेशमा रोक लगाउनुपर्ने माग गरेको हाे । समितिले आफ्नो वेबसाइटमा अश्लिलता फैलाउने र महिलाहरूको गरिमाको अपमान गर्ने सामग्री राखेको भन्दै उक्त माग गरेको हो । एचजेएसका प्रवक्ता उदय धुरीले एचजेएसले डोन्बीवलीस्थित रामनगर प्रहरी चौकीका प्रमुख सुनिल शिवड्करसामू एफआईआर दर्ता गरेको बताएका छन् । धुरीले एक भारतीय सञ्चारमाध्महरुका अनसार एफआईआर स्थानीय प्रतिनिधि अंजली पालन र अन्यद्वारा दर्ता गरिएको हो । यसका साथै पछिल्लो सातामा हामीले यसै खालका दर्जनभन्दा बढि उजुरीहरू महाराष्ट्र र गोवाका विभिनन्न जिल्लामा दर्ता गराएका छौ, तर प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन् ।' सन्नी लियोनीमाथि आफ्नो वेबसाइटमा न्युड तस्विरको राखेर अश्लिलता फेलाएको आरोप लगाउँदै उनले यसले भारतीय युवा बिग्रिदै गएको र भारतीय महिलाहरूको अपमान भइरहेको बताएका छन् ।

No comments:

Post a Comment