Saturday, May 23, 2015
राहतको त्रिपाल बोकेको ट्रक त्रिशुलीमा खस्दा दुई घाइते
चितवन–भूकम्प पीडितका लागि काठमाडौं तर्फ त्रिपाल बोकेर जाँदै गरेको ट्रक त्रिशुली नदीमा खस्दा दुई जना घाइते भएका छन्।विराटनगरबाट राहतको त्रिपाल काठमाण्डौ लैजादै गरेको ना४ ख ९७६४ नम्बरको दश चक्के ट्रक पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको हो । शनिबार दिउँसो पौने दुईबजे दारेचोक गाविस २ स्थित घोप्टेभिरबाट ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खसेको मुग्लिन प्रहरीले जनाएको छ ।सो दुर्घटनामा ट्रक चालक नुवाकोट २ पिपल गाविस ८ घर भएका ४२ वर्षीय सानु बहादुर अधिकारी र सहचालक सोही स्थान बस्ने १८ वर्षका बलराम कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई टाउको,ढाडमा चोट लागेको छ । घाइते दुबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।दुर्घटनापछि कुरिनटारको शसस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेको उद्धार गरेको थियो । दुबै प्रहरी टोली मिलेर ट्रक बाट राहत स्वरुप लैजाँदै गरेको त्रिपाल निकालेर सशस्त्रको बेसक्याम्पमा राखेको जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment