Sunday, May 17, 2015

समयमै राहत नआएमा १६६०–०१–२२३४४ फोन गर्नुस्

काठमाडौं– समयमा नै राहत आएन अथवा कर्मचारी तथा सरकारले भूकम्प पीडितका लागि कुनै काम नगरेको गुनासो छ भने तपाईले पैसा नलाग्ने टेलिफोनमा सम्पर्क गर्न सक्नु हुनेछ त्यसका लागि व्यवस्थापिका संसदले १६६०–०१–२२३४४ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ । २४ सै घन्टा खुल्ला रहने सो नम्बरमा फोन गरेर आफ्नो र आफूँ निकट उत्पन्न समस्याका बारेमा जानकारी गराउन सकिनेछ । 'सरकारले भूकम्प पीडितका लागि कुनै काम गरेन, भेदभाव गर्यो अथवा राहत अझै नपु¥याएको जस्ता भूकम्प पीडितले यसमा फोन गरेर गुनासो टिपाउन सक्नु हुन्छ,' सभामुख सुवासचन्द्र नेम्वाङले भने, 'भूकम्प पीडितले टिपाएको गुनासोलाई तत्कालै सम्वोधन गर्न र सरकारलाई खबरदारी गर्न व्यवस्थापिका संसदले निर्देशन गर्ने काम गर्छ ।' राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन बिशेष समितिको बैठकले सो टोल फ्रि नम्बरमार्फत गुनासो सुन्न लागेको हो । यसैगरी, सो समितिले जिल्लाका अनुगमनमा गएका टोलीलाई हेलिकोप्टर चढन रोक लगाएको छ भने आजै नेपाली सेनाको मुख्यालय, जंगी अडडा तथा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा जम्मा भएका राहत सामग्रीका बारेमा जानकारी लिने काम पनि गरिरहेको छ । त्यसो त भूकम्प पीडितका गुनासो सुन्नका लागि सरकारले १२३४ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराइरहेको छ । २४ सै घन्टा सञ्चालनमा रहेको सो नम्बरमा ५१ ह्जार ३ सय ७६ जनाले फोन गरेर आफनो गुनासो टिपाइसकेका छन् । पीडितले सुनाएको गुनासो र मागका आधारमा सरकारले राहत बितरणसहित खोज र उद्धारको कार्य गरिरहेको छ। - See more at:

No comments:

Post a Comment