Friday, May 22, 2015

भग्नावशेष विसर्जन चोभारमा

चोभार (काठमाडौं), जेष्ठ ८ - सरकारले चोभारस्थितहिमालसिमेन्ट कारखानाको ढुङगा निकालेको खाल्टोमा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष विसर्जनगर्ने तयारी गरेको छ । स्थानीयविकास मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाकाभग्नावशेषलाई संकलन गरेर चोभारमाविर्सजनकोतयारी गरेको हो । भग्नावशेष विर्सजन गर्दा स्थानीयलाई कुनै असर नपर्ने भन्दै मन्त्रालयले स्थान प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव सोमलाल सुवेदीको निर्देशनमा काठमाडौं महानगरपालिका वातावरण विभागको एक टोलीले बिहीबार निरीक्षण गरी स्थानउपयुक्तभएको निष्कर्ष निकाले छ । महानगरअन्तर्गतको वातावरण विभागप्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले भग्नावशेष विर्सजन गर्दा स्थानीयलाई कुनै असर नपर्ने बताए । खाल्टो पुरे स्थानीयक्लवले खेलमैदानको रुपमाप्रयोग गर्नु सक्ने भन्दै उनले भग्नावशेषपुर्दा वातावरणलाई कुनै असर नपर्ने बताए । उपत्यकाबाट नजिक, पुर्दा खासै असर नपर्ने, खाल्डो पुर्दा खेलमैदानको रुपमाप्रयोग गर्न सकिन्छ’ उनले भने, ‘फोहर भएपो गन्ध आउँछ, वातावरण विग्रन्छ भन्ने हुन्थ्यो, कङक्रिटमात्र हो ।’ हटाएका भग्नावेशषलाई विर्सजन गर्न निकै कठिनाई भएको भन्दै उनले चोभार नै उपयुक्त स्थानभएको उनको भनाई छ । हिमालसिमेन्ट कारखानाले उक्त स्थानबाट सिमेन्टका लागि ढुङगा निकाल्ने काम गरेको थियो । सिमेन्ट कारखानाबन्द भएपछि उक्त स्थान खाल्टोरुपमा परिणत भएको छ । महानगरकाअनुसार खाल्टो उचाई २ सय मिटर, चौडाई २ सय मिटर र लम्वाई झण्डै आधाकिलोमिटर भन्दा बढी छ । खाल्टो निकै गहिरो भएकाले भग्नावशेषविर्सजन गर्न सजिलो हुने प्रमुखकार्कीले बताए । निरीक्षण टोलीअर्का सहभागिमहानगर वातावरण शाखाप्रमुखइन्जिनियर रविनमानश्रेष्ठले वातावरणीय दृष्टिकोणले उक्त स्थानउपयुक्तभएको बताए । ‘महानगरले भग्नावशेष हटाउन थालेको छ, तर विर्सजन गर्न निकै समस्याभएको छ,’ उनले भने । केही समयकालागिउक्त स्थानमाभग्नावशेष जम्मा गरेर पछि सडकको ग्रावेलको रुपमाप्रयोग गर्न सकिने उनले बताए । ‘परीक्षण गरेर प्रयोग गर्न सकिन्छ,भूगर्भविद्धसँग छलफल गरेर, भग्नावशेषलाई कालोपत्रेमाउपयोग गर्न सकिन्छ’उनले भने, ‘हाललाई खाल्टोमाभग्नावशेष जम्मागर्दा हुन्छ’उनले भने । बैशाख १२ को विनाशकारी र २९ को शक्तसालीभूकम्पले गर्दा उपत्यकामा करीव १ लाखभन्दा बढी भौतिक संरचनाध्वस्तभएका छन् । जिल्लाप्रशासनकार्यालय काठमााडौंकाअनुसार काठमाडौंमाकरिव ६० हजार, ललितपुरमा ४० हजार र भक्तपुरमाकरिव ५० भन्दा बढी घर ध्वस्तभएका छन् । ति घरकाभग्नावशेष विर्सजन गर्न निकै कठिनाई भएको सम्बन्धितअधिकारी बताउंछन् । ललितपुर उपमहानगर पालिकाकावरिष्ठ इन्जिनियर रुद्र गौतमले भग्नावशेष विर्सजन गर्न निकै कठिनाई भएको बताए । ‘स्काभेटर र दोजर लगाएर हटाउउँदैछौं, कङक्रिटलाई कता राख्ने ?निकै समस्याभएको छ’ उनले भने ,‘ चोभार उत्तमविकल्पहुन सक्छ, तर जताभएपनि समस्या परेको छ, समाधनागर्न नै पर्छ, नत्रभग्नावशेष विर्सजन गर्ने स्थान नै हुदैन’उनले भने, ‘वातावरणीय दृष्टिकोणले पनि राम्रो हुन्छ, अन्यविकल्पपनि हुनसक्छन् ।’

No comments:

Post a Comment