Saturday, May 23, 2015
कालिगण्डकी 'ए' को ड्याम खाली गरिँदै
पोखरा–म्याग्दीको राम्चे–८, काफलडाँडाँमा पहाड खसेर कालिगण्डकी नदी थुनिएपछि १ सय ४४ मेगावाट क्षमताको स्याङजास्थित कालिगण्डकी ए जलविद्युत आयोजनको ड्याम खाली गराउन थालिएको छ। कालिगण्डकी आयोजनका निमित्त प्रमुम गिरबहादुर केसीका अनुसार अहिले १ सय ४४ मेगावाट उत्पादन दिनेगरी पूर्ण रुपमा आयोजना संचालन गरिएको छ। पानीको वहाव घटाउनका लागि आयोजना पुरै संचालन गरिएको उनले बताए।
कालिगण्डकीमा १ सय ७० घनमिटर प्रतिसेकेन्डका दरले पानी जम्मा हुन्थ्यो। यो दर अहिले घटिरहेको छ। १ सय ४४ मेटगावाट उत्पादन गर्न १ सय ४१ घनमिटरका दरले पानीको वहाव चाहिन्छ। 'अहिले पनि हामीलाई आवश्यकता भन्दा धेरै पानी आइरहेको छ। त्यसैले पूर्ण रुपमा पानीको वहाव खोलेर सम्भव भएसम्म खालि गराउने प्रयासमा छौ', उनले भने।
कालिगण्डकीको ड्याममा १२ लाख ३५ हजार घनमिटर पानी जम्मा हुन्छ। म्याग्दीमा थुनिएको ठाउँको पानी कालिगण्डकी आयोजनासम्म पुग्न कम्तिमा ४ घण्टा लाग्छ। 'म्याग्दीमा बाँध फुट्ने डर हो। तर, तलसम्म आउन समय लाग्ने भएकोले सतर्कता अपनाएर बाँधको पानी घटाइरहेका छौ' उनले भने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment