Sunday, May 17, 2015
कलाकार पल्लवीले गरिन् भूकम्प पीडितलाई १ लाख नगद सहयोग
कुनै समयकी चलेकी कलाकार पल्लवी भट्टले भूकम्पबाट प्रभावितहरुलाई नगद १ लाख सहयोग गरेकी छिन् । उनले भूकम्प प्रभावितहरु भएको स्थानमा पुगेर प्रत्यक्ष रुपमा उनीहरुलाई नै नगद सहयोग गरेकी हुन् ।
काठमाण्डौ छेउको तारकेश्वर नगरपालिका स्थित साङ्ले गाविसमा भूकम्पबाट ज्यान गुमाउने १९ व्यक्तिका १५ परिवारलाई उनले प्रत्यक्ष रुपमा नगद सहयोग गरेकी हुन् ।
उक्त गाविसका १, २ र ३ वडाका १५ परिवारलाई प्रत्यक्ष भेटेर आफूले सकेको सहयोग गरेको जानकारी उनले दिएकी छिन् । प्रत्येक परिवारले नगद ५ हजारदेखि ७ हजारसम्म प्राप्त गरेका छन् ।
पल्लवीले भनिन्-‘अहिले म व्यक्तिगत सिलसिलामा नेपाल आएकाले ठूलो सहयोग गर्न पाइन । अब फेरि सिंगापुर पुगेर दोश्रो चरणको राहतका सामाग्री लिएर आउनेछु ।’
भूकम्प प्रभावितहरुले आफ्नो आवश्यकता अनुसारका सामान किन्न सक्ने भएकाले नगद दिएको उनले जानकारी गराइन् । पल्लवीले ६ महिना अगाडि नेपाल आएको समयमा चलचित्र ‘अलबिदा’मा एक आइटम नृत्य गरेकी थिइन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment