Friday, May 22, 2015
टिपर दुर्घटनामा दुई जनाको मृत्यु
पाल्पा, जेष्ठ ८ - सिद्धार्थ राजमार्ग अन्तर्गत झुम्सा–बुटवल खण्डको दोभान, ५ नर्सरीमा शुक्रबार भएको टिपर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
बुटवलबाट झुम्सातर्फ आउँदै गरेको बा१क ९१०० नम्बरको टिपर दुर्घटनामा परी चालक २५ वर्षीय बिमल बुढाथोकी र सह-चालक २३ वर्षीय देवेन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक बुढाथोकी र सह-चालक गुरुङको लुम्बिनी अञ्चल अस्पतालमा उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो । बुटवलबाट झुम्सातर्फ आउँदै गर्दा अगाडिको टायर पन्चर भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुघर्टनाग्रस्त टिपर सडकदेखि झण्डै २ सय मिटर तल खसेको स्थानीयले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment