Saturday, May 23, 2015
कालिगण्डकीको पहिरोबारे बुझ्न सेनाको प्राविधिक टोली प्रस्थान
पोखरा–म्याग्दीको राम्चे–८, काफलडाँडाँमा पहाड खसेर थुनिएको कालिगण्डकीको अवस्था बुझ्न सेनाको प्राविधिक टोली पहिरोस्थलमातर्फ प्रस्थान गरेकोे छ। सिन्धुपाल्चोकको जुरेमा खसेको पहिरोमा खटिएको सेनाको प्राविधिक टोली कालिगण्डकीमा खटिने सेनाले जनाएको छ।सेनाका पश्चिम पृतनाका पृतनापति ताराबहादुर कार्कीका अनुसार जुरेमा खटिएको सेनाको प्राविधिक र भूगर्वविदको टोली अहिले म्याग्दीका लागि काठमाडौंबाट हेलिकोप्टरमा उडिसकेको छ। पहिरोले अहिले ड्याम १२ सय मिटर लामो बनिसकेको उनले जानकारी दिए। पहिरो झर्ने क्रम अझै रोकिएको छैन। तल्लो क्षेत्रमा सतर्कता अपनाउन भनेको उनले बताए। 'सुरक्षित तरिकाले ड्याममा संकलन भएको पानी तर्काउने तर्फ प्रयास गर्नेछौ' उनले भने।
म्याग्दीस्थित नागरिक सहकर्मी हरिकृष्ण गौतमका अनुसार ड्याम फुट्ने डरले काराकागारका बन्दीलाई जिल्ला विकास समितिको भवनमा सारिएको छ। कालिगण्डकी नदीको पानी करिब सतप्रतिशत सुकेको छ। म्याग्दी सदरमुकाम बेनी बजार उच्च जोखिमा रहेकेाले स्थानीयबासिन्दालाई सुरक्षित स्थानमा पठाइएको छ। बजारमा कोहि पनि छैनन्। डर त्रासका कारण बजार सुनसान बनेको उनले बताए। मान्छे माथिल्लो डाँडामा गएका बसेको छन्।
बेनी नजिकैको गलेश्वर बजार पनि जोखिम परेको छ। पहिरो झर्नेक्रम अहिले पनि जारि छ। बेनीबाट करिब ८ किलोमिटर माथि मुस्ताङ जाने बाटोमा पहिरो झरेको हो। प्रहरी र सेनाको स्थानीय टोली पुगेपनि पहिरो झर्ने क्रम नरोकिएकोले समस्या भएको उनले बताए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment