Sunday, May 17, 2015
अद्भूत बालक आदित्यले भने– 'हजूरका इच्छा पूरा हुनेछन्,पीएम ज्यू '
काठमाडौं–आइतबार बिहान बालुवाटारमा बेग्लै सरगर्मी थियो । मुलुकमा परेको महाविपत्तिमा पीडितहरुलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेहरुको भीडमा एक बालकलाई उनकी आमाले लिएर बसेकी थिइन्। मानिसहरु खासखुस गर्दैथिए, आज अद्भूत बालक आदित्य दाहालले पनि भूकम्प पीडितको लागि कोषमा सहयोग गर्ने रे ।उद्धार कोषमा सहयोग गर्ने संस्था र व्यक्तिहरुलाई भेट्न र सहयोग रकम ग्रहण गर्न प्रधानमन्त्री निवासको निलो बैठक कक्षमा प्रवेश गर्न थाले । सहयोग रकम हस्तान्तरण गर्ने पालो पर्खिरहेका शेर्पा संघका प्रतिनिधि र शहरी विकास मन्त्रालयका प्रतिनिधिले सहयोग रकमको चेक प्रधानमन्त्री सुशील कोइरालाई हस्तान्तरण गरे ।
त्यसपछि काखमा आदित्यलाई बोेकेर उनीकी आमा अगाडि सरिन । प्रधानमन्त्रीलाई आदित्यका बुवा शेषराज दाहालले उनको प्रतिभाको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराए । आदित्यको विषयमा जानकारी पाएपछि प्रधानमन्त्रीले भने,' मैले थाहा पाएको थिए । सरकारले उपचारमा सहयोग पनि दिएको छ तर फुर्सद मिलाउन नसकेर म आउने इच्छा गर्दागर्दै पनि आउन सकिन ।'
यसबीचमा आदित्यका बुवाले आदित्यले विगत केही समययता प्रकट गरेका विचार बारे प्रधानमन्त्रीलाई जानकारी गराए । र उनले प्रधानमन्त्रीलाई 'हजूरलाई पनि केही जान्न इच्छा भए आदित्यले केही क्षणमा बताइदिने' जानकारी गराए ।बोल्न नसक्ने साढे चार बर्षका बालक आदित्यका बारेमा त्यस अगाडि नै खासखुस चलेको थियो । 'मुख सक्दैनन । तर, यो उमेरमा आफ्नो बारेमा जानकारी खोज्ने व्यक्तिलाई उनीहरुकै भाषा लेखेर बताइदिन्छन ।'
त्यसपछि प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास कायम होस भन्ने इच्छा रहेको बताए । प्रधानमन्त्रीले आदित्यसमक्ष सबै नेपाली एक ढिक्का भएर मिलेर जाने र छिटो छिटो संविधान निर्माण गर्न सकियोस् भन्ने चाहना रहेको बताए । त्यसपछि चुनावमा जाने उद्देश्यसहित आफू इमान्दारी पूर्वक लागिरहेको प्रधानमन्त्रीले बताए ।प्रधानमन्त्रीको इच्छा सुने पछि आदित्यकी आमाले आदित्यलाई काखमा राखेर उनले लेख्ने गरेको डायरी र कलम थमाइदिइन् । त्यसपछि आदित्यले बाँया हातले डायरीको पानामा यस्तो लेखे ।
'नआत्तिनू ।
यो अरिष्ट केही समयमा टर्नेछ ।
अनि मुलुकले काँचुली फेर्नेछ ।
हजूरका इच्छा पूरा हुने छ । एः(पीएम) ज्यू ।'
आइतबार नै अद्भूत क्षमताका बालक आदित्य दाहालको संरक्षणको लागि स्थापित आदित्य संरक्षण प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ७ हजार प्रदान गरेको छ । प्रतिष्ठानका तर्फबाट संरक्षक आदित्य दाहाल स्वयंले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment