Thursday, May 21, 2015

आउँदैछ आँखाको इसाराले खुल्ने स्मार्टफोन

पिन कोड अर्थात् पासवर्ड, प्याट्रन तथा आवाजबाट समेत अनलक हुने स्मार्टफोनहरु अब पूराना सावित हुने भएका छन् । किनकी अब छिट्टै एउटा यस्तो स्मार्टफोन आउँदैछ जसलाई तपाइँले आफ्नो आँखाको इसाराले अनलक गर्न सक्नुहुन्छ । जापानको फुजित्सु कम्पनीले आउँदो महिनामा यस्तो स्मार्टफोन बजारमा ल्याउने योजना बनाएको हो । उक्त हाइटेक स्मार्टफोन प्रयोगकर्ताको आँखाको चाललाई पहिचान गरेर अनलक हुनेछ । यो प्रविधिलाई आइरिस टेक्नोलोजी भनिन्छ । यो प्रविधिबाट स्मार्टफोनलाई अनलक्ड गर्नका लागि स्क्रिनमा औँला दौडाइरहनु पर्दैन । केवल एकपटक हेरिदिए पुग्छ । जसले बायोमेट्रिक्सको माध्यमबाट औंठाछापलाई सेक्युरिटी की को रुपमा सुरक्षित गर्ने तथा प्रयोग गर्न सकिन्छ त्यस्तै प्रकारले आँखाको आइरिस रिकग्निसन प्रविधिले मानिसको आँखाको ढाँचालाई खिचेर राख्दछ अनि त्यसलाई स्मार्टफोन खोल्नका लागि पास की को रुपमा प्रयोग गर्दछ । खासमा स्मार्टफोनको अग्रभागमा रहेको इन्फ्रारेड क्यामराका कारण यो सम्भव हुन्छ । इन्फ्रारेड एलइडी प्रकाशले मानिसको आँखामा चमक दिन्छ र त्यसबाट मानिसको आँखाको प्याट्रन रेकर्ड हुन्छ र पछि अनलक गर्दा त्यसरी हेरिने आँखाको प्याट्रन जाँच गरी यदि मिलेमा स्मार्टफोन आफै अनलक्ड हुन्छ ।

No comments:

Post a Comment