Tuesday, May 19, 2015

अपहरणकारी कै हत्या

गत वैशाख १९ गते रोल्पा ईरिवाङस्थित सुकिदहमा मृत अवस्थामा भेटिएका २ यूवकको हत्या भएको प्रहरीले खुलाएको छ। तालावाङ ६ का १९ वर्षीय दिनेश कुमार घर्ति र सोही ठाउँका २४ वर्षिय दिनेश घर्तिको विभत्स शव भेटिएको थियो। उक्त घटना अलि गम्भीर र रहस्यमय भएकाले सार्वजनिक गर्न ढिलाई गरिएको प्रहरीले जनाएको थियो। २०७२ वैशाख ११ गते दाङ तुलसीपुर घर भई दाङ हापुर वस्ने ३५ वर्षको राजेश खड्का भन्ने राजेश गुप्ता, तालावाङ ६ वस्ने हिमाल भन्ने गणेश कुमार घर्ति, दिनेश कुमार घर्ति र दिनेश घर्तिले वुटवल ६ वस्ने ३५ वर्षको वीरबहादुर सुनारलाई अपहरण गरेका थिए। विरवहादुर सुनार मार्फत रुपन्देहीका रिसीकुमार श्रेष्ठ र गुमान सिंह गुरुङलाई जडिवुटी, पुराना सामान खरिदका लागि वोलाई १४ गते उनीहरूलाई पनि अपहरण गरि जंगलको गोठमा राखेको प्रहरीले जनाएको छ। वैशाख १५ गते राजेश गुप्ता र गणेश कुमार घर्ति फिरौतिको रकम निकाल्न सदरमुकाम लिवाङको बैंकमा आएको तर भनिएको ५ लाख वैङ्कमा नआएपछि उनीहरू भागेर प्यूठानको स्वर्गद्धारी हुँदै नेपालगञ्ज पुगेको प्रहरीको भनाई छ। वैशाख १६ गते बिहान ५ बजे तिर अपहरणमा परेका रिसीकुमार श्रेष्ठ, विरवहादुर सुनार र गुमानसिह गुरुङ आफू अपहरणमा परेको भन्दै ईरिवाङस्थित ईप्रकामा पुगेका थिए। अपहरणमा परि क्रुर तरिकाबाट पिटिएका उनिहरुले आफूहरू भागेर बाँच्न सफल भई प्रहरीकोमा आएको बयान दिएका थिए। घाईते अवस्थामा रहेका उनीहरू गाडी भाडामा लिएर रातारात रोल्पा छोडेको प्रहरीले खुलाएको छ। अपहरणमा परेका उनीहरूले वैशाख १७ गते आफूहरु अपहरणमा परेको लाखौ रकम लुटिएको भनि निवेदन समेत दिएका थिए। पछिल्लो समयमा अनुसन्धान गर्दै जादा अपहरण परेका भनिएका ३ जनाले रोल्पाका २ यूवकको हत्या गरि नाटकीय रुपले प्रहरीकोमा आएको प्रहरीले जनाएको छ। हाल प्रहरीले अपहरण गर्ने राजेश गुप्ता र गणेश घर्तिलाई पक्राउ गरि सकेको छ भने अपहरणमा परेका र पछि अपहरणकारीलाई नै हत्या गरि हिँडेका ३ जनालाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको रोल्पा प्रहरी प्रमुख प्रनाउ रमेश थापाले बताए। थापाका अनुशार हत्याका आरोपीत रुपन्देही तिलोत्तमा न पा १८ का रिसीकुमार श्रेष्ठ, नवलपरासी अमरौड ९ का गुमानसिह गुरुङ र वुटवल उमनपा ६ का विरवहादुर सुनार यस अघि पनि पटक पटक जघन्य अपराधमा संलग्न रहेका थिए।

No comments:

Post a Comment