काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको असहज अवस्था र यसको निकासबारे छलफल गर्न प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुलाई शितलनिवास बोलाएकी छिन् ।
राष्ट्रपति भण्डारीले पहिलोपटक दलका नेताहरुलाई परामर्शका लागि शितलनिवास बोलाएकी हुन् । शितलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकूरलगायतलाई बोलाइएको छ ।
साँझ छ बजे बोलाइएको बैठकमा मधेस आन्दोलन, नाका aअवरोधका कारण उत्पन्न असहज अवस्था, संविधान संशोधन र जारी वार्ताबारे छलफल हुने बताइएको छ।
Monday, December 14, 2015
राष्ट्रपतिले शीर्ष नेताहरुलाई शितलनिवास डाकिन्
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको असहज अवस्था र यसको निकासबारे छलफल गर्न प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुलाई शितलनिवास बोलाएकी छिन् ।
राष्ट्रपति भण्डारीले पहिलोपटक दलका नेताहरुलाई परामर्शका लागि शितलनिवास बोलाएकी हुन् । शितलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकूरलगायतलाई बोलाइएको छ ।
साँझ छ बजे बोलाइएको बैठकमा मधेस आन्दोलन, नाका aअवरोधका कारण उत्पन्न असहज अवस्था, संविधान संशोधन र जारी वार्ताबारे छलफल हुने बताइएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment