काठमाडौं : सभामुख ओन्सारी घर्तीमगरले निरन्तर अवरुद्ध संसद् खुलाउनका लागि सोमबार अपरान्ह मुख्य दलका शीर्ष नेताहरुसँग परामर्श गरेकी छिन्।
सभामुख ओन्सारीले सहमतिका आधारमा निकास खोज्न र दलहरुबीचको मतभेदको सिकार संसद्लाई नबनाउन आग्रह गरेकी छिन्। तीनै दलका शीर्ष नेताहरुले आपसमा छलफल छिटै एउटा निश्कर्षमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले संसद् खुलाउँदा निकास सहज हुने सुझाव दलहरुलाई दिएकी छिन्।
संसद्मा उत्पन्न गतिरोध हटाउने सम्बन्धमा छलफल गर्न सरकारी पक्षसहित संसद्मा प्रतिनिधित्व मुख्य दलका नेताहरुलाई बैठकमा बोलाइएको थियो। मधेसी मोर्चाले झन्डै एक महिनादेखि संसद्मा अवरुद्ध गर्दै आएको छ।
अवरोधका कारण संसद्को बैठक बस्न पाएको छैन भने संसद्मा कुनै विधेयक तथा प्रस्ताव पनि पेस हुन सकेको छैन । संविधान जारी नहुँदै तत्कालिन संविधानसभा छोडेर बाहिरिएका आन्दोलनरत मधेसी मोर्चा कात्तिक २२ गतेदेखि संसद्मा फर्किएर घेराउ तथा नाराबाजी सुरु गरेका थिए।
मधेस आन्दोलनलाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक पेस गर्न वर्तमान सरकार सहमत भएर कार्यसूचीमा राखे पनि मोर्चाले त्यो विधेयकलाई पेस गर्न दिएको छैन।
पछिल्लोपटक संसद् अवरुद्ध गर्ने अभियानमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि सहभागी भएको छ । भूकम्पपछिको पुननिर्माण विधेयक पारित गराउनका लागि संसद् खुलाउन मधेसी मोर्चा सहमत भए पनि कांग्रेसले संविधान संशोधन र पुननिर्माण विधेयक एकसाथ अघि बढाउने अडान लिएका कारण पुननिर्माण विधेयक पनि संसद्मा पेस हुन सकेको छैन।
Monday, December 14, 2015
सभामुखले दलहरुसँग भनिन्, संसद खुलाउनुस्, निकास अझ् सहज हुन्छ

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment