२८ मंसिर, काठमाडौं । सुनसरीको एकाम्बामा इँटा भट्टा भत्किदा ६ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
सोमबार न्यू नेपाल इँटा भट्टा भत्किएको हो । दुर्घटनामा ६ जना मजदुरको मृत्यु भएको छ । मृतक मध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा इन्जाम हुसेन, सलु मिया र राहुल मिया छन् ।
घाइतेहरुलाई धरान लगिएको छ । चिम्नीमा दाउरा राक्ने क्रममा एक्कासी भत्किएको बताइएको छ । भट्टामा अरु मजदुर पुरिएको आशंकामा प्रहरीसहितको टोलीले इँटा हटाउने काम गरिरहेको छ ।
No comments:
Post a Comment