Monday, December 14, 2015

टेलिकमको रिचार्जमा बोनस

काठमाडौं– नेपाल टेलिकमले जिएसएम र सिडिएमएको रिचार्जमा १५ प्रतिशतसम्म बोनस दिने भएको छ । कम्पनीले रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जमार्फत रिचार्ज गर्दा उपभोक्तालाई पाँचदेखि १५ प्रतिशतसम्म बोनस दिने जनाएको छ। ग्राहकले मंसिर २७ देखि पुस ३० गतेसम्म यस्तो बोनस पाउने कम्पनीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार एक महिनाभन्दा बढी समयका लागि प्रिपेड मोबाइल रिचार्जमा बोनस दिन लागिएको हो। ग्राहकले एमपिओएसबाट गर्ने रिचार्जमा पनि बोनस पाउँछन्। कम्पनीका अनुसार इलेक्टोनिक रिचार्ज र कार्डबाट दुई सय रुपैयाँको रिचार्ज गर्दा पाँच प्रतिशत, पाँच सयको रिचार्ज गर्दा १० प्रतिशत र एक हजारको रिचार्ज गर्दा १५ प्रतिशत बोनस पाउनेछन् । एमपिओसबाट सय रुपैयाँ वा त्यसभन्दा बढी रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध हुनेछ ।

No comments:

Post a Comment