Monday, November 2, 2015

भारतीय नाकाबन्दीको बिरोधमा ट्वीटरमा भाइरल भयो #ModiHimalayanBlunder

१६ कात्तिक, काठमाण्डौ ।भारतीय नाकाबन्दीको बिरोधमा सामाजिक संजाल ट्वीटरमा नेपालीहरुले शसक्त बिरोध गरिरहेका छन् । बिभिन्न ह्यासट्यागको प्रयोग गरेर उनीहरुले भारतीय अपराधलाई अन्तराष्ट्रियकरण गर्न र भारतीय दादागिरीप्रति अन्तराष्ट्रिय मित्रहरु समर्थन जुटाउनसमेत सफल भएका छन् । मोदी सरकारको यो कदमप्रति भारतभित्रै पनि बिरोध भइरहेको छ । यतिबेला भारतीय नागरिकहरुले नेपालमा भएको नाकाबन्दीको बिरोधमा ट्वीटर अभियान थालेका छन् । #ModiHimalayanBlunder नामक ह्यासट्यागको प्रयोग गरि यतिबेला भारतीयहरु नै मोदीको असफल नेपाल नीतिको बिरोध गरिरहेका छन् । भारतको असल मित्र नेपाललाई मोदीको नीतिकै कारण पेलेर चीनतिर पुर्‍याएको भन्दै ट्वीटर चिन्ता ब्यक्त गर्न थालिएको छ । भारतीयहरुको यो ट्वीटर अभियानमा नेपाली प्रयोगकर्ताहरु पनि मिसिएका छन् । जसले गर्दा मोदी सरकारले नेपालमा देखाएको दादागिरीको बिरोधमा नयाँ ह्यासट्याग भाइरल भएको छ ।

No comments:

Post a Comment