१६ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा प्रहरी र प्रदर्शनकारी बीचको झडपले स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । स्थानीय प्रशासनले अपरान्ह तीन बजेबाट मितेरी पुलदेखि भारतीय सीमा क्षेत्रसम्म कर्फ्यू लगाएको हो ।
मितेरी पुलमा धर्ना बस्दै आएका प्रदर्शनकारीलाई प्रहरीले हटाउने क्रममा सोमबार विहान झडप भएपछि स्थिति तनावग्रस्त भएको थियो । शंकराचार्य गेट क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक आशिषकुमार रामको मृत्युसमेत भएको छ । प्रहरीले दुई भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment