काठमाडौं – भारतको नाकाबन्दीका कारण नेपालमा ग्याँस नभित्रँदा डेढ महिनादेखि ग्यासको हाहाकार छ । केहीसमय पहिला नेपाल ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले चीनबाट ग्याँस ल्याउन कुरा भैरहेको बताएर चिन्तामा परेका उपभोक्तालाई आशा देखाएका थिए ।
त्यसको केहीदिनपछि उनले परराष्ट्र मन्त्रालयले कागजात नबनाईदिएर आफूहरु ग्याँस ल्याउन चीन जान नसकिएको बताए । तर नेपालमा चीनबाट ग्याँस आउन नसक्ने आयल निगमका अधिकारीहरुले बताएका छन् । ‘मेरो हवला दिएर समाचार लेख्नुभयो भने भारत परस्त भयो भनेर स्पष्टिकरण सोध्छन्’ निगमका एक अधिकारले रातोपाटीसंग भने ‘तर वास्तविक कुरा भन्नैपर्छ, क्लियरकट चाईनाबाट ग्याँस आउँदैन ।’भारतकोनाकाबन्दीपछि नेपालमा इन्धन आपूर्ति सहज बनाउन बेईजिङ्ग पुगेर पेट्रो चाईनासंग सम्झौता गरेको टोली आईतबार नेपाल फर्किसकेको छ । उक्त टोलीले निगमको आन्तरिक बैठकमा गरेको कुरा अनुसार चीनले नेपाललाई ग्याँस उपलब्ध गराउन नसक्ने कुरा भएको ती अधिकारीले बताए । उनले ग्यास उद्योगीले गरेको गरेको सबै कुरा हल्लामात्र भएको पनि बताए । ‘उद्योगीहरुले प्राईभेट कम्पनीसंग कुरा गरेर हल्ला गर्दैमा हुँदैन, चाईनाले ग्याँस एक्सपोर्ट गर्ने अधिकार कसैलाई दिएको छैन ।’ निगमका ति अधिकारीले भने ‘चाईनाको हरेक चिज निर्यातका लागि सरकारले निर्णय गर्नुपर्छ तर अहिलेसम्म चाईना सरकारले ग्यास बेच्ने निर्णय गरेको छैन ।’
चाईना पुगेर फर्केका टोलीका सदस्य निगमका निमित्त नायव कार्यकारी दिर्नेशक सुशिल भट्टराईले ग्याँसको विषयमा कुनै निर्णय नभएको बताए । उनले अहिले भर्खर सम्झौता भएकोले सबै कुरा छलफलकै क्रममा रहेको बताए । ‘ग्याँसको सम्बन्धमा यस्तो उस्तो भन्ने त भैसक्या छैन, फष्ट टाईम हो गएर भेटेर मात्रै आएईको छ, ।’ भट्टराईले भने ‘एउटा एमओयूमा काम गरौँ भन्ने अण्डरस्ट्याण्डिङ्ग हो, ढोका खुल्या छ, विस्तारै गर्दै जाने हो ।’
आयल निगम अधिकारीको यो भनाईसंगै ग्याँस उद्योगीले चीनबाट ग्याँस ल्याउने विषयमा कुरा भैरहेको भन्नु हल्लामात्र भएको पुष्टि भएको छ । चाईनाबाट ग्यास भित्र्याउने भनेर हल्ला चलाएका ग्यास उद्योगी शिव घिमिरिे भने अहिले अर्धभूमिगत जस्तै भएका छन् । चीनको एक तेल कम्पनीसंग कुरा भैरहेको बताएका उनले चाईना सरकारले ग्याँस विक्री गर्ने निर्णय नै नगरेको बुझेपछि परराष्ट्रले चिठी नबनाईदिएको आरोप लगाएर सम्पर्कबिहीन भएको स्रोतले रातोपाटीलाई बतायो । ‘उद्योगीहरुको आग्रहमा हामीले वाणिज्य मन्त्रालयलाई चिठी लेखेपछि र वाणिज्यले परराष्ट्रलाई लेखेको थियो ।’ निगम स्रोतले भन्यने ‘तर अन्तिममा ग्याँसका लागि चिन सरकारले नै निर्णय गर्नुपर्ने थाहा पाएपछि उद्योगीहरु परराष्ट्रले चिठी नबनाईदिएको आरोप लगाएर बेपत्ता भए ।’
प्रायः सबै सञ्चारमाध्यमका पत्रकारले सयौँ पटक घिमीरेलाई सम्पर्क गर्न खोजेपनि उनको ९८५१०९१२७१ नम्बरको मोवाईलमा सम्पर्क हुँदैन । पत्रकारहरुले पठाएको म्यासेज डेलिभर भएपनि त्यसको जवाफ पनि नफर्काउने गरेको सबै पत्रकारको गुनासो छ । आफूहरुले वास्तविक कुरा सञ्चारमाध्यमलाई जानकारी गराउँदा पनि उद्योगीहरु सम्पर्कमा आउन नचाएको ग्याँस विक्रेताले समेत आरोप लगाएका छन् । ‘उपभोक्ता, विक्रेता र उद्योगीलाई एकैठाउँमा राखेर वास्तविक कुरा सार्वजनिक गर्न आयोजना गरीएको छलफलमा समेत उनीहरु आउने भनेर ढाँटे’ ग्याँस विक्रेता संघका महासचिव चन्द्र थापाले भने ‘सञ्चारमाध्यमले पहल गरेर उनीहरुको कुरा सार्वजनिक गर्ने वातावरण गराउनुप¥यो ।’
यसअघि देशमा हुने बन्द हड्तालका बेला ग्याँसको कृत्रिम अभाव सिर्जना गरेर अनुचित लाभ लिईरहेको आरोप लागेका ग्यास उद्योगीहरु यसपटक देशमा संकट पर्दा पनि अनुचित लाभ उठाउन अर्धमूमिगत जस्तै भएर बसेको विक्रेताहरुको आरोप छ । ‘होटललाई नयाँ सिलिण्डर विक्री गर्न र विक्रेताकहाँ पुग्ने ढुवानी भाडासमेत जोडेर उद्योगबाटै महंगोमा ग्याँस बेच्नका लागि उद्योगी लागिरहेका छन् ।’ ग्यास विक्रेता महासंघका कार्यवाहक अध्यक्ष अर्जुन देवकोटाले भने ।
सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रने रक्सौल नाकाबाट ग्याँस आयत गर्न भारतले रोकपछि आयल निगमले री रुट गरेर ग्यास ल्याउन शुरु गरेको छ । सरकारले री रुट गरेर ग्याँस ल्याउन लाग्ने अतिरीक्त ढुवानी शुल्क ब्यहोर्ने भएपछि उद्योगीले अन्य नाका प्रयोग गरेर ग्यास ल्याउन शुरु गरेका छन् । त्यसपछि ११ बुलेट ग्याँस भलवारी नाकाबाट नेपाल भित्रीईसकेको छ । तर कति उपभोक्तालाई दिने भन्ने विषयमा भने निगमको कुनै योजना छैन । ‘भारतले जति दिन्छ, त्यति बिक्री गर्ने हो ।’ निगमका निर्देशक मुकुन्द घिमीरेले भने ‘यस्तो संकटको बेला यति नै विक्री गर्ने भन्ने त कसरी हुनु ।’
यो अवस्थामा ग्यास सहज बनाउन सरकारले आधार सिलिण्डर ग्याँस भरेर विक्रीवितरण गर्ने निर्णय गरेको थियो । तर सरकारले निर्णय गरेपनि ग्यास उद्योगीले सबै विक्रेताकहाँ ग्याँस पठाएका छैनन् । ग्यास उद्योगीले कालोबजारीका लागि डिलरसम्म ग्याँस पठाउन नमानेको विक्रेता संघले आरोप लगाएको छ भने भने उद्योगमै उपभोक्ताको लाईन लागेकोले ग्यास पठाउन नसकिएको भन्दै उद्योगीले आफ्नो बचाउ गरेका छन् । राजधानीका उपभोक्ता ग्याँस अभावमा भोकभोकै बस्नुपरेको छ ।
उद्योगीले उद्योगबाटै ग्याँस विक्री गरेर विक्रेताकहाँ नपठाएका कारण लामो समयदेखि लाईनमा बसेका उपभोक्ताहरु पनि ग्यास पाउन नसके पछि वाणिज्य विभागले भने आएको ग्याँस उपत्यकामा पठाउन उद्योगीहरुलाई निर्देशन दिएको छ । ‘आजदेखि उद्योग परीसरबाट ग्यास विक्री गर्न बन्देज गर्ने तैयारी गरेका छौँ ।’ वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरीनारायण बेल्बासेले भने ।

No comments:
Post a Comment