वीरगञ्ज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्ज नाका फेरि ठप्प पारेका छन् । आज बिहान वीरगन्ज नाकामा धर्नामा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो भने सो लगत्तै सीमानाका सञ्चालनमा आएको थियो । तर, मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गर्दै फेरि नाका कब्जामा लिएर धर्ना सुरु गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशीमोर्चाको आयोजनामा पछिलो ८० दिनदखि मधेशमा जारी आन्दोलनको अवधिमा हिजो पहिलोपटक सरकारसँग मधेसी मोर्चाले सकारात्मक वार्ता गरको १२ घन्टा नबित्दै प्रहरीले नाकामा सुतिरहेका आन्दोलनकारीलाई धर्नास्थलबाट लखेटेको थियो ।
सीमानाकाको मितेरी पुलमा पहिलेको जस्तै अहिले फेरि धर्ना सुरु भएपछि सीमानाका पहिलेको जस्तै ठप्प छ । यसअघि बिहान प्रहरीले आन्दोलनकारीलाई हटाएपछि प्रदर्शनकारीहरुले वीरगञ्जका प्रर्दशन समेत गरेका थिए ।
सीमानाकाको मितेरी पुलमा पहिलेको जस्तै अहिले फेरि धर्ना सुरु भएपछि सीमानाका पहिलेको जस्तै ठप्प छ । यसअघि बिहान प्रहरीले आन्दोलनकारीलाई हटाएपछि प्रदर्शनकारीहरुले वीरगञ्जका प्रर्दशन समेत गरेका थिए ।
यसैबीच बिहान प्रहरीले प्रहरीले आन्दोलनकारी सीमानाकामा बस्नको लागि लगाएको टेन्ट, पाल तथा बन्दोबस्तीका सामानहरुका जलाइदिएको आन्दोलनकारी रामबाबु यादवले बताए ।
सैयौंको संख्यामा मितेरीपुल पुगेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पुलमा सुतिरहेका आन्दालनकारी माथि लाठी चार्ज गरी तितरबितर बनाएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले बताए ।
। वीरगञ्ज नाका पछिलो डेढमहिना देखी आन्दोलनकारीको नियन्त्रणमा रहेको थियो ।

No comments:
Post a Comment