Thursday, October 1, 2015
बारामा निषेधित क्षेत्र हट्यो
आश्विन १४, २०७२- तरमईमधेसमा जारी आन्दोलनले असहज भएको भन्दै स्थानीय प्रशासनले जिल्लाको विभिन्न राजमार्ग र सहायक मार्गमा लगाएको अनिश्चितकालीन कफ्र्यु र घोषणा गरिएको निषेधित क्षेत्र विहिवारदेखि हटेको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु र निषेधित क्षेत्र हटेको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
वातावरण समान्य भएको भन्दै प्रजिअ पन्थीले सुचना प्रकाशित गरी उक्त क्षेत्रहरुबाट कफ्र्यु र निषेधित क्षेत्र हटेको जनाएका हुन् । तर कलैयास्थित जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय अगाडीको कलैया-वीरगन्ज सडक खण्डको २ सय मिटरसम्मको (टेलिकमदेखि बालमन्दिरबाट सिद्धेश्वर विद्यालय जाने चोकसम्म) २४ घण्टाको निषेधित क्षेत्र कायमै रहेको उनले बताए ।
यस बाहेक भदौ १४ देखि कलैयादेखि वीरगन्जको सिमाना हुँदै पथलैयासम्मको त्रिभुवन राजपथ, पूर्वपश्चिम निजगढदेखि अमलेखगञ्जसम्ममा राति ८ बजेदेखि विहान ७ बजेसम्म दायाँबायाँ पाँच सय मिटरसम्म लगाइएको कफ्र्यु हटाइएको हो । यसैसैगरी कलैयास्थित अवधापुरबाट मानमत-मटिअर्वा सडकमा अनिश्चितकालका लागि घोषणा गरिएको निषेधित क्षेत्र हटाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment