Monday, November 2, 2015

मोर्चाका कार्यकर्ताद्वारा ८५ लिटर पेट्रोल नियन्त्रण

१७ कात्तिक, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला चोकमा मंगलबार बिहान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ८५ लिटर पेट्रोल नियन्त्रणमा लिएका छन् । अनिश्चितकालीन मधेस बन्द चलिरहेका बेला आज बिहान महोत्तरीको सम्सी नाका हुँदै भारतबाट तस्करी गरी ल्याइएको पेट्रोल मोर्चाका कार्यकर्ताले गौशाला नगरपालिका– ६ स्थित चोकमा नियन्त्रणमा लिएका हुन् । मोर्चाले नियन्त्रणमा लिएको पेट्रोल भुइँमा खन्याएर आगजनी गरी नष्ट गरेका छन् भने पेट्रोल ल्याउने व्यक्तिलाई चेतावनी दिँदै उनको गाडीसहित उनलाई मुक्त गरेका छन् । मोर्चाका कार्यकर्ताले सोही नाकाबाट दुई दिनअघि पेट्रोल बोकी आएका एक भारतीय र चार दिनअघि एक नेपाली नम्बरको मोटरसाइकल र करिब ४०० लिटर पेट्रोल सोनमा बजारमा आगजनी गरी नष्ट गरेका थिए । रासस

No comments:

Post a Comment