Monday, November 2, 2015

भारतले भन्योः वीरगञ्जमा ‘निर्दोष’ भारतीय मारिए

१६ कात्तिक, काठमाडौं । भारतले सोमबार वीरगञ्जमा प्रहरीसँग भएको झडपमा मारिएका आफ्ना नागरिक ‘निर्दोष’ रहेको दावी गरेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको समस्या राजनीतिक प्रकृतिको भन्दै बल प्रयोग नगर्न घुमाउरो चेतावनी समेत दिएको छ । ‘वीरगञ्जमा आज भएको गोली प्रहारको घटनाबाट हामी गहिरो चिन्तामा छौं,’ विज्ञप्तिमा भनिएको छ- ‘मुठभेडको अवस्था आउनुका कारणहरुलाई नेपालको सरकारले जिम्मेवारीपूर्वक र प्रभावकारी रुपमा सम्वोधन गर्नुपर्छ ।’ परिस्थितिलाई भारतले सावधानीपूर्वक नियालीरहेको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment