Sunday, November 29, 2015

छोरीको ब्वाइफ्रेन्डलाई आमाले उछिट्याएपछि…

म्यारी समर्स यस्ती आमा हुन् जसले आफ्नी छोरीको ब्वाइफ्रेन्ड खोसिन् र विवाह गर्न ठिक्क परेकी छिन् । यद्यपि, छोरीलाई देखाई-देखाई विहे गर्ने उनको इच्छा भने उनको पूरा हुने छैन । म्यारीकी छोरी डान्नीले आमाको विहेमा नजाने घोषणा गरिसकेकी छिन् । आफ्नो पूर्वप्रेमी एन्टोनी किलाई आमाले उछिट्याएको उनलाई कम्ति चित्त दुखेको छैन । यद्यपि, आमा र प्रेमी दुवैबाट प्राप्त यो धोकालाई उनले माफी गरिसकेकी छिन् । उनी भन्छिन्-‘मैले छातिमा ढुंगा राखेर उहाँहरु दुवैलाई माफी दिएकी छु । तर, म बिहेमा जान्न । किनकी हामी तीनै जनालाई अप्ठेरो हुन्छ ।’ आमा र प्रेमीबीच अफेयर सुरु भएको थाहा पाउँदा डान्नीलाई निकै ठूलो आघात परेको थियो । एन्टोनी आफैंले एक दिन उनकी आमासित सेक्स गरेको बताइदिएका थिए । उनले आमा र प्रेमी दुवैलाई सम्झाइन् । तर, दुवैजना टसमस भएनन् । अन्ततः उनले आफैं आमाबाट टाढिने विचार गरिन् र शहर छाडेर हिँडिन् । एक वर्षपछि फेरि मन बुझाएर घर फर्किन् र आमासँगै बस्न थालिन् । ‘मलाई पहिले त उनीहरुले अपर्झट सेक्स गरेका होलान् वा हल्काफुल्का अफेयर होला झैं लागेको थियो । तर, बुझ्दै जाँदा उनीहरु गहिरो प्रेममा परिसकेका रहेछन् । मेरी आमा मेरो प्रेमीलाई छाड्नै नसक्ने भइसकेकी रहिछन् ।’ ‘आमा सबैको एकजना मात्र हुन्छ । आमाले नै यस्तो चोट देलिन् भन्ने कल्पना पनि थिएन । तर यसैको निहुँमा म आफ्नी आमालाई सँधैको लागि गुमाउन चाहन्न । त्यसैले सम्झौता गरेकी हुँ ।’ डान्नी र एन्टोनीबीच सन् २०११ को अक्टोबरमा प्रेम सुरु भएको थियो । त्यतिबेला उनी १७ वर्षकी थिइन् । एन्टोनीले उनलाई बच्चाजस्तो व्यवहार गर्थे । सिनेमा हेर्न लैजान्थे, गिफ्टहरु ल्याएर दिन्थे । औधी माया गरेझैं लाग्थ्यो डान्नीलाई । आमाले पनि एन्टोनीको खुब प्रशंसा गर्थिन् । पहिले सेक्स, पछि प्रेम
डान्नीकी आमा म्यारीले छोरीको प्रेमीसित पहिले सेक्स र त्यसपछि प्रेम भएको बताएकी छिन् । डान्नीसित प्रेम सुरु भएको करिब ६ महिना पछि एन्टोनीलाई खुट्टामा चोट लागेर बेड रेस्ट गर्नुपर्ने भयो । त्यतिबेला उनी आफ्नी दिदीसित बस्दै आएका थिए । दिदीले स्याहार्न नभ्याउने भएपछि उनी डान्नीको घरमा बस्न आए । डान्नीको आमा छोरी तथा उनका दुई बहिनीहरु बस्थे । डान्नी आफ्नी बहिनीसित सुत्ने गर्थिन् भने म्यारी एक्लै सुत्थिन् । म्यारीका श्रीमान भने अर्की श्रीमती बिहे गरेर छुट्टै बस्दै आएका छन् । पहिलो रात एन्टोनी सोफामा सुतेका थिए । दोस्रो रात भने म्यारीले एन्टोनीलाई आफूसँगै सुत्न डाकेकी थिइन् जसलाई एन्टोनीले सजिलै स्वीकारे । ‘मैले उनीसित सेक्स गर्ने नियतले बोलाएकी थिइनँ,’ म्यारी दावी गर्छिन्, ‘अर्को खाट नभएकाले वाध्य भएर बोलाएकी थिएँ ।’ त्यहि रात उनीहरुबीच सबथोक भएको थियो । त्यसपछिका हरेक रातहरुमा उनीहरुले सँगै सुत्थे । तर डान्नीले यसबारे कुने छनक पाइनन् किनकी बिहान हुने बेला एन्टोनी सोफामै आएर पसारिन्थे । सेक्ससँगै उनीहरुबीच प्रेम बढ्न थाल्यो । डान्नी नभएका बेला उनी लामो समय रोमान्समा लिप्त रहन थाले । यो सबै कुरा डान्नीलाई कसरी सुनाउने भन्ने सल्लाह भयो । र एकदिन रोएको अभिनय गर्दै एन्टोनीले डान्नीलाई सबै कुरा सुनाए । डान्नी स्तब्ध भइन् र तत्कालै आमालाई फोन गरिन् । आमाले पनि स्वीकार गरेपछि उनलाई खपिसक्नु भएन । त्यहि दिन उनी पोकापन्तुरा बाँधेर घर छाडेर हिँडिन् र बाबुसँग बस्न थालिन् । यद्यपि बाबुलाई यसबारे केहि जानकारी नदिएको उनी बताउछिन् । एक वर्षसम्म उनी आमासित सम्पर्कबिहिन रहिन् । बहिनीहरुसँग पनि । डान्नी हिँडेपछि उनीहरु झनै फुक्काफाल भए । अर्को प्रेम पनि असफल बुवाको परिवारसित बस्ने क्रममा डान्नीको एक युवक ड्यामियोन अर्थ सित अफेयर सुरु भयो । उनी ड्यामियोनबाट गर्भवती समेत बनिन् । गर्भवती बनेको ६ महिनापछि ड्यामियोनसित उनको झगडा भयो र दुवै जना छुट्टएि । त्यसपछि उनले आफ्नी आमालाई सम्भिmन् र फोन गरिन् । आमाले उनलाई घर फर्किन आग्रह गरिन् र डान्नी पनि तयार भइन् । ‘भेटमा हामी दुवैले विगतलाई विर्सेर एक अर्कालाई अंगाल्यौं र खुबै रोयौं,’ डान्नी भन्छिन् । अहिले आमा-छोरीबीच अहिले सुमधुर सम्वन्ध छ । एन्टोनीका विषयमा उनीहरुबीच ठट्टा पनि चल्छ । ‘तिमी यस्ती तरुनी हुँदाहुँदै मलाई रोज्ने कस्तो मुर्ख है’ भन्दै खित्खिताउछिन् म्यारी । म्यारी चाहिन्छन् आफूहरुको विहेमा छोरी पनि उपस्थित भएको हेर्न । तर डान्नी यसका लागि तयार छैनन् । ड्यामियोनसित प्रेम टुटेपछि उनलाई अर्को केटा साथी चाहिएको छ यति बेला । यद्यपी अहिले उनको प्राथमिकता भने पेटको बच्चालाई सुरक्षित जन्म दिनु हो । (मिररबाट अनुवादित)

दुनियाका अनौठा कर नियमः बच्चाको न्वारान देखि पाइखाना सम्म

कर अर्थात् सरकारलाई तिर्न करै लाग्ने रकम । कर तिर्न मन नलागोस् त के भो आखिर तिर्न करै लाग्छ । विश्वमा कर असूली सबैभन्दा विवादको विषय बन्ने गर्दछ । दुनियाका विभिन्न देशमा विभिन्न खालका कर असूली सम्बन्धी नियम कानून रहेका छन् । कतिपय नियम त निकै अनौठा तथा पत्याउने नसकिने खालका पनि छन् । मध्यकालीन युरोपमा साबुनको प्रयोग गर्दा पनि कर तिर्नुपथ्र्यो । त्यस्तै रोमन सम्राट भेस्पासियनले पिसाब गर्दा समेत कर तिर्नुपर्ने नियम लादेका थिए, ता की शौचालयको राम्रोसँग सफाइ हुन सकोस् । सन् १६६० मा बेलायतमा आगो बाल्ने ठाउँका लागि समेत कर तिर्नुपथ्र्यो । प्राचीन रोममा दासहरुको मुक्तिका लागि उनीहरुले कर तिर्नुपथ्र्यो । बेलायतका राजा हेनरी प्रथमले कायर मानिसहरुमाथि समेत कर लगाएका थिए । अर्थात् जो डराउँथ्यो, उसले कर तिर्नुपथ्र्यो ।आवश्यक पर्दाका बखत सबै देशवासीहरु हतियार उठाएर लड्न तयार होउन् भन्ने उनको मनसुवा थियो । अमेरिकाको न्युयोर्कमा तयारी खाना खाँदा पनि कर तिर्नुपर्ने नियम थियो । रुसको पिट्सबर्गमा चिसो तथा बरफको आनन्द लिने मानिसमाथि ५ प्रतिशत मनोरन्जन कर लगाइएको थियो । त्यस्तै अमेरिकाको शिकागोमा चकलेट खाँदा ६ प्रतिशत सम्म कर तिर्नुपथ्र्यो । डेनमार्कमा गाइको प्रजनन गराउँदा ११० डलर कर तिर्नुपर्ने नियम थियो कुनैबेला । गाइको संख्या बढि भएर प्रदुषण फैलिएपछि यस्तो नियम लगाइएको थियो । अझ अनौठो कुरा त के भने स्विडेनमा आफ्ना बच्चाबच्चीको नामाकरण गर्नका लागि समेत आमाबाउले राष्ट्रिय कर विभागबाट अनुमति लिनुपथ्र्यो र त्यसक्रममा केही कर तिर्नुपथ्र्यो । – एजेन्सीको सहयोगमा

दिमाग तेजिलो बनाउनुछ ? ८ घण्टा मज्जाले सुत्नुस्

जो मानिस नयाँ कुरा थाहा पाएसँगै वा सम्झिएसँगै ८ घण्टासम्म पर्याप्त सुत्दछन् उनीहरुले उक्त नयाँ कुरालाई धेरै समयसम्म स्मरण गर्न सक्छन् । यसका साथै उनीहरुको स्मरण शक्ति पनि राम्रो हुन्छ । रातको गहिरो तथा पर्याप्त निद्राले सरीरमा विभिन्न खाले लाभ प्रदान गर्दछ । यसले सरीरको उर्जाको मात्रालाई बढाउनुका साथै मूडलाई पनि फ्रेस बनाउँदछ । साथै यसले मुटु स्वस्थ राख्नुका साथै, मस्तिष्क तथा वजनलाई समेत सन्तुलित बनाउँदछ । अमेरिकाको बि्रघम एण्ड वुमन्स हस्पिटलका स्नायु वैज्ञानिक जेन एफ डफी सहितका शोधकर्ताहरुको टोलीले ८ घण्टाको निद्राले व्यक्तिको स्मरण शक्तिलाई तेजिलो बनाउन सहयोग गर्ने तथ्य पत्ता लगाएको हो । शोधकर्ताका अनुसार पर्याप्त निद्रा लिने व्यक्तिको स्मरण शक्ति बढि हुनुका साथै त्यस्ता व्यक्तिको आत्मविश्वास पनि बढि हुन्छ । शोधकर्ताहरुले अस्पतालको नियन्त्रिण वातावरणमा मानिसहरुमा परीक्षण गरेका थिए । उनीहरुलाई वयस्क मानिसका अनुहारवाला ६ सयवटा रंगीन चित्र देखाइएको थियो र त्यसमध्ये २० अनुहारलाई नाम सहित सम्झिनका लागि भनिएका थियो । त्यसको १२ घण्टापछि उनै चित्रहरुलाई सही तथा गलत नामका साथ देखाइयो । त्यसपछि उनीहरुलाई ८ घण्टासम्म सुत्न भनियो । ८ घण्टाको निद्रापछि सहभागीहरुलाई पूर्ववत रुपमा अनुहार चित्रको पहिचान गर्न लगाउँदा पहिले भन्दा १२ प्रतिशत बढि सही पहिचान गर्न सके । यो शोधबाट पत्ता लागे अनुसार नयाँ कुराहरु याद गरेपछि पर्याप्त निद्रा लिइएमा त्यसको स्मरणमा निकै सुधार आउँदछ । नयाँ जानकारीको स्मरणका लागि पर्याप्त निद्रा अत्यावश्यक रहेको शोधकर्ता बताउँछन्। व्यस्तताका कारण अक्सर मानिसहरु राम्रोसँग सुत्न नपाउने र सोही कारण उनीहरुमा स्मरण सम्बन्धी विभिन्न समस्याहरु पैदा हुने गरेको पाइएको शोधकर्ताहरुले बताएका छन् ।

माकुरो काण्डमा यसरी फस्यो पुलिस

एउटा घरभित्रबाट आवाज आइरहेको थियोः मैले तँलाई मार्छु, मैले तँलाई मार्दैछु । निरन्तर यस्तो आवाज आएपछि रक्तपातको डरले स्थानीय बासिन्दाले पुलिसलाई खबर गरे । पुलिस तत्कालै आयो । मर्ने मानिसलाई जोगाउनु तथा मार्न खोज्नेलाई पक्रिनु पुलिसको काम जो थियो । तर मामिला रहेछ अर्कै । जब पुलिस पूरै ज्यान मार्ने उद्योग गरिरहेको व्यक्तिलाई पक्रिन भनेर पूरै एक्सनका साथ घरभित्र छिर्यो तब लाजले भुतुक्कै हुनुको विकल्प रहेन । किनकी पुलिसले घरभित्रको मानिससँग सोधपुछ गर्दा पो थाहा भयो मामिला माकुरो हत्याको रहेछ ।
Makurako-jaloअस्ट्रेलियाको न्यु साउथवेल्समा यो घटना भएको हो । पुलिसका अनुसार घरेलु हिंसाको उजुरीका आधारमा एक घरमा पुग्दा त्यहाँको यथार्थ अवस्था अर्कै रहेको थाहा भयो । एएफपीका अनुसार चिच्याउने, फर्निचरहरु फ्याँक्ने तथा तँलाई मार्छु भन्ने लगायतका आवाजहरु आएपछि घरमा लोग्नेले स्वास्नीलाई मार्न पो आँटेको हो की भनेर छिमेकीहरुले पुलिसलाई खबर गरेछन् ।
तत्कालै पुलिस आयो । घरको ढोका ढकढकायो । भित्रबाट ढोका खोल्न एक ३० वर्षको युवक आयो र ढोका खोल्यो । पुरुषसँग सोधियो की उसकी श्रीमती कहाँ छिन् ? उसले जवाफ दियो, मेरी श्रीमती नै छैनिन् ।
पुलिसले थप अनुसन्धानपछि पत्ता लगायो की त्यो युवक अविवाहित नै रहेछ । अनि पुलिसले सोध्यो ः कसलाई मार्छु भनेको त ?
युवकले सविस्तार बतायो । उसको कोठाभित्र एउटा ठूलो माकुरोले लामो समयदेखि दुख दिइरहेको रहेछ । कहिले कता लुक्ने त कहिले कता लुक्ने गरेर त्यो माकुरोलाई उसले मार्नै सकेको रहेनछ । त्यहीँ कारण रिसको पारो तातेपछि त्यो युवक चिच्याउँदै, टेबुल फ्याँक्दै माकुरोको हत्या अभियानमा सरीक भएको रहेछ ।
एकजना महिला रोएको जस्तो आवाज पनि आएको थियो रे नि त ? पुलिसले सोध्यो । होइन सर, त्यो म नै हुँ । महिला रोएजस्तो आवाज निकालेको मात्र हुँ । मैले माकुरालाई निकै घृणा गर्छु । उसले जवाफ दियो ।

उत्तर कोरियामा नयाँ कपाल कानूनस: किम दम्पतीको जस्तै कपाल जनताले बनाउनुपर्ने

निरंकुशताको पनि एउटा हद हुन्छ । हुँदाहुँदा शासकले जनतालाई कपाल कस्तो बनाउने भन्ने कुरामा पनि निरंकुशता लादेका छन् । उत्तर कोरियामा जनतालाई आफ्ना नेताको जस्तै कपाल बनाउन निर्देशन जारी गरिएको छ । जस अनुसार उत्तर कोरियाली हरेक पुरुषले आफ्ना सर्वोच्च नेता किम जोंग अनको जस्तै स्टाइलको कपाल बनाउनुपर्नेछ । जस अनुसार दुर्इ सेन्टिमिटर भन्दा लामो कपाल पाल्न पाइनेछैन र हेयर स्टाइल पनि ठ्याक्कै किमको जस्तै हुनुपर्नेछ । पुरुषलाई मात्र कहाँ हो र ? महिलाका लागि पनि नयाँ निर्देशन छ । उत्तर कोरियाली महिलाहरुले अब हेयर स्टाइलमा मनमौजी गर्न पाउनेछैनन् । उनीहरुले किम जोंग अन पत्नी रि सो जु को जस्तै हेयरस्टाइल बनाउनुपर्नेछ । केवल कलाकारहरुलाई मात्र लामो कपाल बनाउन छुट दिइएको छ । सरकारले कपाल कानूनमा कडाइ गर्दै गस्तीलाई तिव्र बनाएको छ । नियम नमान्नेलाई ठाउँका ठाउँ छोप्ने र जबरजस्ती कपाल काटिदिने गरिएको छ । कानको छउँछेउँ तथा पछाडिपटि्ट खौरिएको किमको हेयर स्टाइललाई पश्चिमाहरुले निकै खिल्ली उडाउने गरेका छन् । तर यस्तो स्टाइललाई उत्तर कोरियामा भने महत्वाकांक्षाको प्रतिक मानिन्छ र जनतालाई त्यस्तै स्टाइलको कपाल बनाएर आफ्ना महत्वाकांक्षी नेताप्रति सम्मान प्रकट गर्न निर्देशन दिइएको छ ।

लौ आयो वाइफाइ भन्दा १०० गुणा छिटो चल्ने ‘लाइफाइ’

प्रकाशको किरणको प्रयोग गरेर डाटा ट्रान्सफर गर्ने प्रविधि (लाइ फाइ) को इस्टोनियामा सफल परिक्षण भएको छ । लाइ फाइले अहिले प्रयोगमा आइरहेको वाइ फाइ प्रविधिले भन्दा १०० गुणा सम्म छिटो डाटा ट्रान्सफर गर्न सक्ने देखिएको छ । यो प्रविधिको प्रयोग गर्न चाहिन्छ एउटा बत्ति र एउटा ‘फोटो डिटेक्टर’ । प्रविधिको प्रिक्षण गर्ने कम्पनी भ्लेमेन्नीले लाइ फाइको प्रयोग गरेर १ जिबि पिएस सम्मको गतिमा इन्टरनेट प्रयोग गरेको जनाएको छ । प्रयोगशालामा भएका परिक्षणहरुले यो गति २२४ जिबि पिएस सम्म पुर्याउन सक्ने देखाएको छ । कम्पनीका सिइओ दिपक सोलङ्कीले भने, ‘यो प्रविधि ३-४ वर्षमा सामान्य प्रयोगकर्ता माझ आउने छ । वाइ फाइको तुलनामा लाइ फाइले रेडियो वेभहरुसँग अन्तरक्रिया गर्दैन र यसको गति लाइटको गति बराबरको हुन्छ । तर यसलाई घर बाहिर भने प्रयोग गर्न सकिने छैन किन भने त्यहाँ सूर्यको अत्याधिक प्रकाश हुन्छ । लाइ फाइको अर्को बेफाइदा भनेको यसका तरङ्गले भित्ता वार पार गर्न सक्दैनन् । तर पनि धेरै भिडभाड हुने स्थानहरुमा वाइ फाइको ब्याकअपका रूपमा यसलाई प्रयोग गर्न सकिने देखिन्छ ।

आफ्नो जिमेललाई यसरी बनाउनुस् सुपरकूल

ह्वाट्सएपको प्रयोग गर्दा देख्नुभएको हेला की जब तपाइँको मेसेज डेलिभर हुन्छ तब त्यहाँ दुइ साना साना मार्क देखापर्छन् । जब प्रापकले तपाइँको मेसेज पढ्दछ तब ती मार्कको रंग बदलिन्छ र निलो बन्दछ । यदि यो फिचर जिमेलमा पनि भयो भने कति राम्रो होला ? के तपाइँले यस्तो फिचरको प्रयोग जिमेलमा गर्नुभएको छ ? छैन भने अब गर्नुहोस् । क्रोम ब्राउजरको फ्रि एक्स्टेन्सन मेलट्रयाकको माध्यमबाट ह्वाट्सएपको जस्तै यो फिचर जिमेलमा पनि जोड्न सक्नुहुन्छ । तपाइँ जब यसलाई डेक्स्टपमा इन्स्टल गर्नुहुन्छ तब फ्रि इमेल ट्रयाकिंग तथा इमेल नोटिफिकेसनको सुविधा मिल्नेछ । त्यसमा उक्त डाटा ६ महिनाका लागि स्टोर हुन्छ । जब तपाइँ यसको माध्यमबाट कसैलाई जिमेल पठाउनुहुन्छ भने सबै मेलमा मेलट्रयाक फिचर देखिनेछ । सेल्फ डिस्ट्रक्टिंग मेल यसको अर्थ यो हो की जब तपाइँले कसैलाई इमेल पठाउनुहुन्छ भने तपाइँसँग यो अधिकार सुरक्षित रहन्छ की कहिले उक्त मेल प्रापकको इनबक्सबाट आफसेआफ डिलिट होस् । एक पटक उक्त मेल डिलिट भएसँगै प्रापकले उक्त इमेललाई पढ्न पाउँदैन । क्रोमको फ्रि एक्स्टेन्सन डिमेलको माध्यमबाट तपाइँले यो फिचरको उपयोग गर्न सक्नुहुन्छ । यसको आधारभुत सर्भिस निशुल्क रहेपनि थप अतिरिक्त फिचर प्राप्त गर्नका लागि भने पैसा तिर्नुपर्ने हुन्छ । शेड्युल मेल क्रोमको निशुल्क मेल टू क्लाउड एक्सटेनसनको माध्यमबाट तपाइँ आफ्ना जिमेलको मेललाई समयतालिकामा हाल्न सक्नुहुन्छ । तपाइँले यसको माध्यमबाट इमेल पठाउने तिथिमिति तथा समय पहिले नै तय गर्न सक्नुहुन्छ । मेलको सेभ तथा शेयर फिचर्स आफै पिडिएफ फाइलमा क्लाउड स्टोरेज बक्समा सेभ हुन्छ । यसका साथै तपाइँले यसमा इमेल ट्रयाकिंग तथा सेल्फ डिस्ट्रक्ट जस्ता सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ । स्पामबाट छुटकारा जिमेलमा स्पाम मेलहरुले पनि दिक्क पारिरहन्छन् । अनरोल डट मीको माध्यमबाट अवान्छित मेलहरुबाट छुटकारा पाउन सकिन्छ । यसले तपाइँको इनबक्सलाई स्क्यान गर्नेमात्र होइन तपाइँले सब्सक्राइब गरेका सर्भिसको सूचि तयार गरिदिन्छ । उक्त सूचिबाट तपाइँले नचाहिने सर्भिसलाई हटाउन सक्नुहुन्छ ।

काठमाडाैं केन्द्र बनाई ४.१ को पराकम्प

१४ मंसिर, काठमाडौं । सोमबार बिहानै राजधानी बासीलाई भूकम्पले धक्का दिएको छ । बिहान ६ बजेर १० मीनेट जाँदा ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्र विन्दु बनाएर गएको पराकम्पलाई राजधानीबासीले महसुस गरेका थिए । गत वैशाख १२ गते गएको भूकम्पका पराकम्पन अझै गइरहेका छन् । यसअघि शुक्रबार काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो । वैशाख १२ गते पछि अहिले सम्म ४ रेक्टर स्केल भन्दा माथिका चारसय १४ वटा पराकम्पन गइसकेको मापन केन्द्रले जनाएको छ ।

परराष्ट्रमन्त्री कमल थापा आज दिल्ली जाँदै

१४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुई दिने भारत भ्रमणका क्रममा सोमबार चार बजे त्यसतर्फ प्रस्थान गर्दैछन् । थापा दिल्ली हुँदै बैंग्लोर पुग्ने र त्यहाँ एक अध्यात्मिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । बैंग्लोरबाट मंगलबार दिल्ली फर्केर मन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग छलफल गर्ने कार्यक्रम रहेको छ । यसअघि कात्तिक एक गते भारत भ्रमणमा गएका थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपालको सीमानामा जारी अवरोध हटाएर आपूर्ति सहज बनाउन आग्रह गरेका थिए । मंगलबार हुने स्वराजसँगको भेटमा पनि थापाले त्यही आग्रहलाई दोहोर्‍याउने बुझिएको छ । यता राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले भने थापाको भारत भ्रमण निजी भ्रमण रहेको बताएका छन् ।

'सेनाको सहयोग लिन' सरकार असफल

काठमाडौं- सरकार तराई–मधेसका राजमार्ग र सीमानाकाको अवरोध खुलाउनलाई सेनाको सहयोग लिन असफल भएको छ। मंसिर ६ को केन्द्रीय सुरक्षा समिति बैठकले गृह मातहतका सुरक्षा संगठन परिचालित भएको तीन दिनभित्र नाका र राजमार्गको अवरोध नहटे सेनाको सहयोग लिने रणनीति बनाएको थियो। एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आएको एक साता बित्दासमेत राजमार्ग र नाकाको अवस्था उस्तै छ। वार्तामार्फत मधेसको समस्या समाधान गर्नुपर्ने सैनिक नेतृत्वको धारणा, सेना परिचालन प्रक्रियामा मतान्तर, सेना परिचालन भए वार्ता भंग गर्ने आन्दोलनरत मधेसी मोर्चाको चेतावनी, सेना परिचालन भए अवस्था थप बिग्रने भारतीय राजदूत रन्जित रेको सार्वजनिक टिप्पणी र विपक्षी दल नेपाली कांग्रेसको असहमतिका कारण सरकारले आफैंले पारित गरेको रणनीति कार्यान्वयन गर्न सकेको छैन। सरकारले तराई–मधेसका जिल्लामा प्रहरी जनशक्ति बढाउन प्रहरी र सशस्त्र खटिएका कारागार, सरकारी भवन, विमानस्थल लगायतको सुरक्षामा सेनाको सहयोग लिने निर्णयसमेत गरेको थियो। सरकारी योजना सार्वजनिक भएपछि राजनीतिक दल पक्ष–विपक्षमा उभिएर राजनीतिक मुद्दा बनाएपछि सोसमेत पूर्ण रूपमा कार्यान्वयन भएको छैन। पहिलो चरणमा गृहले तीन सुरक्षा संगठनलाई एकीकृत रूपमा परिचालन गर्ने, यसरी परिचालन गरिएको तीन दिनभित्र नाका र राजमार्गको अवरोध नहटे सेनाको सहयोग लिने सुरक्षा रणनीति बनाएको थियो। पहिलो चरणको सुरक्षा योजना कार्यान्वयनमा आएको एक साता कट्दासमेत नाका र राजमार्गको अवस्था उस्तै भए पनि सरकार दोस्रो चरणको रणनीतिमा प्रवेश गर्न सकेको छैन। पहिलो चरणमा गृह मातहतका सुरक्षा संगठन परिचालन गर्ने योजनाअनुसार गत आइतबारबाट मधेसका १८ जिल्लामा एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको थियो। तर, राजमार्ग र नाकाको अवस्थामा सुधार देखिएको छैन। सार्वजनिक कार्यक्रममा रक्षामन्त्री भीम रावलले आवश्यक परे 'सेना परिचालन' गर्न सक्ने बताउनुबाहेक सरकारले राजमार्गको अवरोध हटाउन र नाकाको अवस्थामा सुधार्न सेना परिचालनबारे केही गर्न सकेको छैन। सुरक्षा समितिले गत आइतबार राजमार्गको अवरोध हटाई आवागमन सहज बनाउने, नेपाल–भारत नाकामा जारी अवरोध हटाउने, कालोबजारी र घरेलु हतियार नियन्त्रणका लागि पहिलो चरणमा गृह मन्त्रालयअन्तर्गतका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गर्ने र त्यसबाट सुरक्षा अवस्थामा सुधार नआए सेनाको सहयोग लिने सुझावसहित विभागका एआइजी देवराज भट्टले बुझाएको प्रतिवेदन पारित गरेको थियो। समितिले पारित गरेको 'मधेस आन्दोलनबाट उत्पन्न समस्या र आपूर्ति सहज गराउने' सुरक्षा प्रतिवेदनमा मधेसका १८ जिल्लालाई अति संवेदनशील, बढी संवेदनशील र संवेदनशील गरी तीन भागमा विभाजन गरी सोहीअनुसारको सुरक्षा रणनीति प्रस्ताव गरिएको थियो। सरकार स्थानीय प्रशासन ऐनमा टेकेर राजमार्गलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी स्थानीय प्रशासनलाई सघाउने गरी सेना ब्यारेकबाट बाहिर निकाल्ने पक्षमा छ। तर, सैनिक नेतृत्व प्रमुख जिल्ला अधिकारीको निर्णयका आधारमा ब्यारेकबाट बाहिर निस्कने पक्षमा देखिएको छैन। एक साता अगाडि नागरिकसँग कुरा गर्दै सैनिक प्रवक्ता तारा कार्कीले संवैधानिक व्यवस्थाअनुसार हुने निर्णय नेपाली सेनाले पालना गर्ने बताएका थिए। संवैधानिक प्रावधानअनुसार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताका कारण गम्भीर संकट उत्पन्न भए सेना परिचालन गर्न सक्ने उल्लेख छ। राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुन सक्ने संवैधानिक प्रावधान छ। स्रोतका अनुसार भारतीय पक्षले आफूले नाकाबन्दी नगरेको दाबी गर्दै नेपालको नाका र राजमार्गमा भएको अवरोधका कारण आपूर्तिमा प्रभाव परेको बताएपछि र अन्तर्राष्ट्रिय समुदायले समेत भारतकै तर्कमा सहमत देखाएपछि कात्तिक २४ मा बसेको राष्ट्रिय सुरक्षा परिषद बैठकमा नाका, राजमार्ग र सहायक मार्गलाई अवरोधविहीन बनाउँदै आपूर्ति सहज बनाउन भारतलाई दबाब दिने नीतिमा छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंसिर ३ मा बसेको परिषदको दोस्रो बैठकले प्रारम्भमा गृह मातहतका सुरक्षा संगठनलाई एकीकृत रूपमा खटाउने र त्यसबाट सुधार नआए सेना परिचालन गर्ने रणनीति बनाएपछि मंसिर ६ मा केन्द्रीय सुरक्षा समितिको बैठक बसेर एकीकृत सुरक्षा योजना ल्याएको थियो। गृहले अति संवेदनशीलमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सुनसरी, बढी संवेदनशीलमा कैलाली, रुपन्देही, बाँके, झापा लगायतका पाँच र संवेदनशीलमा चार जिल्लालाई राखेर सुरक्षा योजना कार्यान्वयनमा ल्यायो। योजनाअनुसार कालोबजारी र घरेलु हतियार नियन्त्रणमा केही सक्रियता देखिए पनि राजमार्ग र नाकाको अवस्था उस्तै छ। आन्दोलन भइरहेका मुख्य ८ जिल्लाका राजमार्ग दिनभर सुनसान छन्। राजमार्गमा चल्ने सवारीसाधनमाथि आगजनीका घटना उस्तै छन्। बेलुकासमेत सुरक्षाकर्मीको विशेष सुरक्षा घेरा नभई सवारीसाधन चल्न सम्भव छैन। आइतबार सुनसरी पुगेर क्षेत्रीय सुुरक्षा बैठक गरेका गृहमन्त्री शक्ति बस्नेतले अवरोध भइरहेको राजमार्गमा दिउँसै पनि सवारी चल्ने दाबी गरेका थिए। राजमार्गको अवरोध खुलाउने रणनीति बनाउन राखिएको बैठकमा सहभागी भएर काठमाडौं फर्किएका गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले एकीकृत सुरक्षा योजना कार्यान्वयनपछि राजमार्गको अवस्थामा सुधार आएको दाबी गर्दै नाकाको अवस्था भने उस्तै रहेको बताए। नाका र राजमार्गको अवरोध हटाउन सेनाको सहयोग लिने मन्त्रालयको रणनीतिबारे जिज्ञासा राख्दा उनले गृह सेनाबारे निर्णय गर्ने निकाय नभएको बताए। कारागार र एयरपोर्टमा सेना मधेसका जिल्लामा प्रहरीको जनशक्ति बढाउन कारागार, सरकारी भवन, विमानस्थललगायत क्षेत्रको सुरक्षामा खटिएका प्रहरी हटाएर सेनालाई जिम्मा दिँदा २ हजार जनशक्ति बढ्ने भएपछि गृहले त्यस्ता स्थानमा सेनाको सहयोग लिने निर्णय गरेको थियो। त्यो निर्णय अझै पूर्ण कार्यान्वयन भएको छैन। कैलाली, टीकापुरमा प्रदर्शनकारीबाट ८ सुरक्षाकर्मी मारिएसँगै मधेसमा प्रहरी जनशक्ति बढाउन सरकारले सरकारी आवास, जेल लगायतको सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। सैनिक मुख्यालयका अनुसार अहिलेसम्म ५ विमानस्थल र १८ वटा कारागारमा मात्रै सेना खटिएको छ। सैनिक प्रवक्ता कार्कीका अनुसार मोरङ, चन्द्रगढी, रुपन्देही, कास्की र बाँकेको विमानस्थलको सुरक्षामा सेना खटिएको छ। यस्तै, ७४ वटा कारागारमध्ये मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, झापा, पर्सा, महोत्तरी, भीमफेदी, चितवन, रौतहट, कपिलवस्तु, नवलपरासी, रुपन्देही, कार्की, बर्दिया, बाँके र दाङसहित १८ वटा कारागारको सुरक्षामा सेना खटिएका छन्। दोस्रो चरणमा थप एक हजार प्रहरी जनशक्ति निकाल्न गृहले अन्य कारागार र विमानस्थलमा समेत सेना खटाउने रणनीति बनाए पनि यो बीचमा नयाँ कारागार वा विमानस्थलको सुरक्षा जिम्मा सेनाले नलिँदा प्रहरी जनशक्ति बढाउने गृहको योजना कार्यान्वयन हुन सकेको छैन। गृह प्रवक्ता ढकालले यो निर्णय पूर्ण कार्यान्वयनमा नआएको स्विकार गर्दै भने, 'पूरै कार्यान्वयन भएको छैन, विस्तारै हुँदैछ।'

संविधानले मुलुकलाई स्थायित्व दिँदैन : महामन्त्री सिटौला

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको संविधानबाट मुलुकले स्थायित्व नपाउने बताएका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेता सिटौलाले संसद्को तल्लो सदनमा पनि मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएकाले मुलुकले स्थायित्व नपाउने बताएका हुन् । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पस इकाइ समितिले आयोजना गरेको अन्तरक्रियामा महामन्त्री सिटौलाले तल्लो सदनमा सबै प्रत्यक्ष र माथिल्लो सदनमा समानुपातिक व्यवस्था गर्नुपर्ने काँग्रेसको प्रस्तावलाई अस्वीकार गरिएकाले मुलुक अस्थिरताको सिकार हुन लागेको तर्क गरे । तत्कालीन संविधानसभाअन्तर्गतको संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका सिटौलाले तल्लो सदनमा पनि समानुपातिकको व्यवस्था गरिएको प्रति आफूलाई अहिलेसम्म पनि चित्त नबुझेको उल्लेख गरे। उनले सबैलाई समेटेर लैजाने नाममा चित्त नबुझ्दानबुझ्दै पनि कतिपय गलत विषय र व्यवस्थाहरु नयाँ संविधानमा परेको बताए। उनले भने, “नयाँ संविधान बनेपछि नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने थियो, आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व अनिवार्य हुन्छ, तर राजनीतिक स्थायित्व दिन नसक्ने संविधान बनेकाले आर्थिक समृद्धि पनि पछाडि धकेलिएको छ ।” महामन्त्री सिटौलाले मानिसको गरिबी, रोग, भोक, अशिक्षा नहटेसम्म मानिसको दिमागमा विद्रोहको भावना रहिरहन्छ र मौका पाउना साथ विद्रोह प्रकट हुन्छ भन्दै मुलुकलाई फेरि पनि अस्थिरतामै रुमल्याउने फोहोरी खेलमा पुग्ने अवस्था देखापरेको बताए।

प्रधानमन्त्रीले बोलाए काँग्रेस र मधेसी मोर्चासहितको वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश समस्या समाधान गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित मधेसमा आन्दोलनरत दलहरुसँग वार्ता आव्हान गरेका छन्। सोमबार दिउँसो बालुवाटारमा बस्नेगरी वार्तामा बोलाइएको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले सेतोपाटीलाई जानकारी दिए। मधेसवादी दलसँग सरकारी वार्ता टोलिले पटकपटक गरेको यसअघिको वार्ता असफल भएको सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षीसहितको वार्ता बोलाएका हुन्। यसअघिको वार्तामा काँग्रेस सहभागि नभए पनि काँग्रेसबिना समस्या समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले आफ्नै अग्रसरतामा काँग्रेससहितको वार्ता आव्हान गरेका हुन्।

आदेश नपाउदा नौ घण्टादेखि बम निस्क्रिय भएन

मंसिर १३, २०७२- सदरमुकाम गुलरिया तुलापुरस्थितमा बिहान ७ बजे फेला परेको बम ९ घण्टा बितीसक्दा पनि सेनाले निस्क्रिय पार्न सकेको छैन । माथिको आदेशको पर्खाइमा रहेका सेनाले बम निस्क्रिय पार्न समय लागेको निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । आईतबार बालकले खेलाएको प्लाष्टिक ग्रिनेट बम स्थानीयले फेला परोका थिए । बिहानदेखि प्रहरीले त्यस ठाउँमा सुरक्षा दिइको छ । सेनाको बम निस्क्रिय पार्ने टोली माथिको आदेश भन्दै कुर्दे बसेको छ । जिल्ला कारागारदेखि करिब तीन सय मिटर पूर्वमा अरहर बारीमा बम फेला परेको हो । बम कसले राखेको हो यसबारे अनुसन्धान भइरहेको निमित्त प्रजिअ पौडेलले जनाए ।

भूकम्प पीडितकाे राहत रकममा भ्रष्ट्राचार

काठमाडौं— भूकम्प पीडितहरुका लागि शहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालको भ्रष्टाचारकाण्ड सेलाउन नपाउँदै अन्य निकायहरुले पनि त्यही रुपमा अपरादर्शी काम गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानले भूकम्प पीडितलाई वितरण भएको राहत र त्रिपाल खरिदमा अनियमिततै अनियमिततै भएकाले देखिएको हो। भुकम्पपछि आयोगले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आइतवार राहतमा करोडौं भ्रष्टाचार देखिएको जानकारी दिएको हो। शहरी विकासका सह सचिव सहित अन्य पदाधिकारी विशेष अदलतमा तारेख धाउँदै भएपनि दिल्ली स्थित नेपाली दुतावास, काठमाडौं महानगरपालिका, काठमाडौ जिविस लगायतले अनियमितता गरेको देखिएको आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। अख्तियारले प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायको नेतृत्वमा छानविन टोली बनाएको थियो। टोलीले झण्डै साढे दुई महिना लगाएर तयार पारेको प्रतिवेदनलाई अख्तियारले अयोगबट छानवीन हुनुपर्ने विषयमा रुपमा राखेको छ। अख्तियारका अनुसार पीडितका लागि भदौ मसान्तसम्ममा झण्डै १५ अर्ब खर्च भएको छ । आर्थिक सहायतादेखि त्रिपाल खरिदसम्मका लागि भएको खर्चमा अनियमिताको आशंका गरिएको छ। अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले भने 'राहत वितरणमा धेरै अनियमिता भएको छ, सयौं बदमासी भएको प्रारम्भिक अध्ययनमा देखिएको बताए। 'भुकम्प पीडितका नाममा खरिद भएका सम्पूर्ण वस्तुहरुमा ब्रम्हलुट भएको देखिन्छ' अयोगका प्रवक्ता पुस्करले भने 'यो शुरु अध्ययन प्रतिवेदन हो यसमा विस्तृत अध्ययन गरि मुद्दा दायर गर्छौं।' अध्ययन टोलीका प्रमुख प्रहरी नायब महानिरीक्षक उपाध्यायले करौडौंको अनियमिता भएको बताए। नेपली राजदुतावास नयाँ दिल्ली, जिविस कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका, जिल्ला दैविप्रकोप समिति मकवानपुर र गोरखा नगरपालिकले खरिद गरेको त्रिपालमा विश्वास योग्य विवरण नदेखिएको प्रवक्ता पुस्करले बताए। यसमा थप अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारीमा अख्तियार रहेको उनले बताए। शहरी विकास अन्तर्गत खानेपानी तथा ढल निकास विभागबाट प्रभावित १४ जिल्लामा खर्च भएको ७ करोड बढी रकममा पनि अनियमिता देखिएको बताएको छ। अयोगले भुकम्प प्रभाविक जिल्लाका लागि विभिन्न जिल्लामा सिंचाई कार्यालय जिल्ला खानेपानी कार्यालयहरुले पाइप खरिद गरेको तर, वितरण नगरी मौज्दात राखिएको, केही जिल्लामा लागत अनुमानमा उल्लेख भएको र विभिन्न फर्मले पेश गरेको दरभाउ हुबहु पाइएको वताएको छ। ओखलढुङगामा ७२ लाख ५० हजार,काभ्रेमा एक करोड र रसुवामा ५५ लाख ८९ हजार ७ सय १२ रुपैयाँको खर्च पारदर्शी नदेखिएको अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। दिल्ली दुतावासको ७ करोड ९१ लाख ५२ हजार ७ सय ३९ रकममाथि आयोगले छानवीन गर्ने भएको छ। काठमाडौ जिविसको ७५ लाख ४७ हजार महानगरपालिकाको ५५ लाख ४१ हजार मकवानपुरको १ करोड ४४लाख ९४ हजार र गोरखा नगरपालिकाको त्रिपाल खरिदमा अनियमितता देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

‘वंश विनास गर्छु’ भन्दै नन्दबहादुरले गरे ४ छोरा-छोरीको हत्या

१३ मंसिर, गमगढी । मुगुको ह्याङ्लु ७ रिगा गाउँका नन्दबहादुर रोकायाले आफ्ना चार छोरा-छोरीको हत्या गरेको खुलासा भएको छ । यही मंसिर ९ गतेदेखि ९ वर्षीया छोरी सुन्तली, ४ वर्षीया विपना, ६ वर्षीय छोरा युवराज र २ वर्षीय छोरा दिपबहादुर रोकाया वेपत्ता थिए । प्रहरी र स्थानीयले खोजी गर्दै जाँदा आइतबार पाँचौ दिन घरभन्दा करिब १ सय मिटर टाढा बारीमा खाल्डो खनेर गाडेको अवस्थामा उनीहरु चारैजनाको शव फेला परेको हो । श्रीमती बाँचु रोकाया घाँस काट्न गएकाबेला छोरा-छोरीको हत्या गरी गाडेको नन्दबहादुरले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रमुख लोकबहादुर जिसीका अनुसार नन्दबहादुरले ‘मेरो वंश बिनास गर्छु’ भन्दै छोरा-छोरीको हत्या गरेको साविति वयान प्रहरीलाई दिएका छन् । नन्दबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ । बच्चाहरु हराएको खबर पाउनासथ प्रहरी चौकी सुकाढीक र ईलाका प्रहरी कार्यालय रातापानीका सुरक्षाकर्मी तथा स्थानीय खोजीमा खटिएका थिए ।

आफ्नो विमानस्थल र बन्दरगाह प्रयोग गर्न नेपाललार्इ बंगलादेशी प्रधानमन्त्रीको प्रस्ताव

१३ मंसिर, काठमाडौं । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपाललाई आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न नेपालसित प्रस्ताव गरेकी छिन् । Shekh-Hasina-Wajedप्रधानमन्त्री हसिनाकी प्रेस सेक्रेटरी इन्सानुल करिमका अनुसार बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको विदाइ भेटमा उनले यस्तो प्रस्ताव गरेकी हुन् । ढाकास्थित प्रधानमन्त्री निवासमा भएको भेटमा हसिनाले नेपाली जनताले भोग्नुपरेको समस्यामा सहयोग गर्न बंगलादेशको सरकार तयार रहेको बताएकी थिइन् । उनले संकटबाट नेपाल छिटो बाहिर निस्कने आशा समेत व्यक्त गरिन् ।

पूर्व जर्नेलहरुले सेनापतिलाई भने-सेना तैनाथीका लागि तयार रहनुपर्छ

१३ मंसिर, काठमाडौं । पूर्वसेनापति एवं अवकासप्राप्त रथीहरुले नेपाली सेनाले देशमा उत्पन्न वर्तमान असहज परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । सेनाले आइतबार पूर्व प्रधानसेनापति तथा अवकाश प्राप्त रथीहरुसँग आफूसँग सम्बन्धीत समसामयिक बिषयवस्तुहरुमा अन्तरक्रिया गरेको थियो । कार्यक्रममा पूर्व प्रधानसेनापति तथा रथीहरुले तराईमा उत्पन्न भएको समस्या राजनीतिक भएको बताएका छन् । साथै यथाशिघ्र राजनीतिक तवरबाटै समस्याको समाधान हुनेमा आशावादी रहेको धारणा राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेना संविधानसम्मत् विधी र प्रक्रिया पुर्‍याई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाएवं आमजनताको जीउधन सुरक्षाको लागि अवस्था, परिस्थिति र आवश्यकता अनुरुप तैनाथीको लागि तयार रहनु पर्ने पूर्व अधिकारीहरुको सुझाव छ ।

जोगवनी नाकाबाट आयात सहज हुँदै

विराटनगर–जोगवनी नाकाबाट हुने आयातमा भारतीय पक्षले गर्दै आएको अबरोध खुकुलो पारेको छ। जोगवनी नाकामा हाल कुनै अबरोध नभएको र आयात नियमित भइसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानका अनुसार एक साता यता नाकामा भारतीय पक्षले इन्धन र अन्य मालबाहक सवारीको आवागमनमा अबरोध गरेको छैन। नाका खुकुलो भएसँगै आयात पनि सहज भएको छ। नाकाबाट विना अबरोध मालबाहकसवारी आउन थालेको ढुङ्गेलले जानकारी दिए। उनले भने, 'अवरोध नभएकाले आयात नियमित भइसकेको छ।' इन्धन आयातमा पनि भारतीय पक्षबाट हुँदै आएको अबरोध हटेको छ। तेल लिएर आएका ट्याङकरलाई नाकामा कष्टमले जाँचपास नदिने, जाँचपास भएका ट्याङकरहरूलाई पनि प्रहरीले लाइन लगाउने निहुमा अबरोध गर्ने जस्ता समस्या पनि हटेको छ। शुक्रबार जोगवनी नाकाबाट ६९ ट्याङकर इन्धन भित्रिएको थियो। जसमा २३ बुलेट ग्यास भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। जोगवनी नाकाबाट नाकाबन्दी यताकै ठूलो परिमाणमा शुक्रबार ग्यास भित्रिएको हो। शुक्रबार भित्रिएको ग्यास ५७ हजार परिवारलाई बितरण गर्न पुग्छ । एक बुलेट ग्यासमा सामान्य अवस्थामा १ हजार २ सय ५० सिलिण्डर ग्यास हुन्छ। इन्धन संकटको कारण देखाउँदै यतिवेला सरकारले आधा सिलिण्डर मात्रै ग्यास दिन थालेको छ। अहिलेको बितरण प्रणाली अनुसार २३ बुलेट ग्या"सले ५७ हजार ५०० वटा सिलिण्डर निस्कन्छ। शुक्रबार १४ ट्याङ्कर पेट्रोल र ३२ ट्याङकर डिजेल पनि भित्रिएको थियो । शनिबार पनि जोगवनी नाकाबाट १५ ट्याङकर डिजेल र ५ ट्याङकर पेट्रोल भित्रिएको छ। आइतबार दिउँसो सम्ममा इन्धनका ट्याङकर नआए पनि अन्य मालबाहक सवारी आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

दुर्घटना भएको बसमा १२ हजार लिटर इन्धन भेटियो

लहान—सिरहाको पूर्वपश्चिम सडक अन्तर्गत कर्जनहा गाविसको बगाहामा शनिबार बिहान दुर्घटनामा परेको बसबाट ठूलो परिमाणमा इन्धन बरामद भएको छ। झापाको बिर्तामोडबाट प्रहरीको सुरक्षा घेरामा काठमाडौँ जाँदै गरेको ना ४ ख ३७८८ नंको बस बिहान करिब ३ बजेतिर बगहामा दुर्घटनामा परेपछि करिब १२ हजार लि पेट्रोल र डिजल बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए। चौधरीका अनुसार उक्त बस पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ख ६५९४ नंको बससँग ठोक्किँदा केही यात्रु सामान्य घाइते भएका थिए। ठोक्किएको बसलाई प्रहरी निगरानीमा राखेर बिहान खानतलासी गर्दा काठमाडौँ लैजान ग्यालेनमा राखिएको पेट्रोल र डिजल बरामद गरिएको प्रहरी नायब उपरीक्षक चौधरीले उल्लेख गरे। प्रहरीले इन्धन र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नाकाबन्दीका कारण राजधानीमा इन्धन अभाव भएपछि सर्वसाधारणले सार्वजनिक सवारी साधनमा सुरक्षाको जोखिम मोलेरै पनि पेट्रोल र डिजललगायत इन्धन राजधानी लाने गरेका हुन्। रासस

कालोबजारी नियन्त्रण नगरे कारवाही गर्ने अख्तियारको चेतावनी

काठमाडौं–सर्वसाधारणले सहज रुपमा इन्धन तथा ग्यास नपाउने तर कालोबजारीमा जतिपनि पाउने अवस्थाको अन्त्य गर्न अख्तियारले सम्बन्धित निकायलाई चेतावनी दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भूकम्प पीडितलाई वितरण गरेको राहतमा भएको अनियमितता र नाकाबन्दीपछि भएको कालोबजारीको प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेकाे कार्यक्रममा अकालोबजारी तत्काल नरोके सम्बन्धित निकायलाई नै कारवाही गर्ने चेतावनी दिएको हो। कार्यक्रममा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सम्बन्धित सरकारी निकायका अधिकारीलाई बोलाएर तत्काल कालोबजारी रोक्न निर्देशन दिएको छ। कालोबजारी नियन्त्रण गर्न नसके कारवाही भोग्न तयार रहनसमेत अख्तियारले चेतावनी दिएको छ। अख्तियारका प्रवक्त कृष्णहरि पुष्करले सरकारले अहिले गरिरहेको अनुगमन नाममात्रको भएको भन्दै त्यसलाई कडाइ गर्न निर्देशन दिएको हुन्। सर्वसाधारणले लामोसमयसम्म लाइन बस्दासमेत ग्यास तथा इन्धन नपाउने तर पहुँचवालाले तत्काल पाउने अवस्था रहेको भन्दै तत्काल बेथिति रोक्न अख्तियारले चेतावनी दिएको हो। 'सर्वसाधारण एकसातासम्म लाइनमा बस्दासमेत ग्यास तथा इन्धन नपाउने तर, पहुँचवालाले जतिपनि पाइने अवस्थाको तत्काल अन्त्य गर्नुस नत्र कारवाही भोग्न तयार रहनुस,' प्रवक्ता पुष्करले भने,'जनताले अनुभूति हुनेगरी काम गर्नुस नत्र कारवाही भोग्न तयार हुुनुस।' अख्तियारले पहुँचवालाले जतिपनि इन्धन तथा ग्यास पाउने तर सर्वसाधारण हप्तौंसम्म लाइन बस्दासमेत नपाउने अवस्थाको अन्त्य गर्न वा कारवाही भोग्न तयार हुन चेतावनी दिएको हो।

मोर्चाको धर्ना छल्दै मध्यरातमा २६ ट्यांकर इन्धन भित्रियो

नेपालगन्ज : नेपालगन्ज नाकाबाट मध्यराति २६ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाँकेले दसगजामा धर्ना दिएकाले रुपेडियामा रोकिएका इन्धनका गाडीलाई बाँके प्रशासनले मध्यरातमा भित्र्याएको हो । मोर्चाका कार्यकर्ताले रातको ११ बजेसम्म धर्ना दिएका थिए । धर्ना सकिएपछि मध्यरात १२ बजेदेखि १ बजेसम्म २५ ट्यांकर डिजल, एक ट्यांकर पेट्रोल र २२ वटा मालवाहक गाडी नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज सई विष्णु गिरीले जानकारी दिए । भन्सार गरेर आइतबार दिउसो सबै राति भित्रिएका इन्धन ट्यांकर नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगिसेकेको निगमले जनाएको छ । नेपालगन्ज रुपेडिया नाकामा शुक्रबारदेखि मोर्चा कार्याकर्ता निरन्तर धर्ना बसिरहेका छन् । धर्नाका कारण एक दर्जन बढी इन्धनका गाडीसहित १ सयबढी मालवाहक गाडी भारतको रुपेडियामा रोकिएर रहेका छन । फाटो क्याप्सन ः नेपालगन्ज भित्रिएका इन्धनका गाडिहरु

नाकाबन्दी खुलाउन भारतसँग कूटनीतिक वार्ता : अर्थमन्त्री

रामपुर (पाल्पा) : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाकाबन्दीको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग आन्तरिक रुपमा वार्ता भइरहेकाले छिट्टै समस्या समाधान हुने बताएका छन् । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा जाने पहिराको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री पौडेलले भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा देखापरेको समस्या हटाउन भारतसँग कूटनीतिक वार्ता भइरहेको जानकारी पनि दिए । सिद्धबाबामा सुरुङमार्ग बनाइने सोही अवसरमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सिद्धबाबा क्षेत्रमा केही वर्षयता भएका दुर्घटना र पहिराका कारण ९५० जनाले ज्यान गुमाइसकेको बताउँदै दीर्घकालीन समस्या समाधान गर्नका लागि यस क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारले विस्तृत अध्ययन अगाडि बढाएको बताए । मन्त्री पाण्डेयका अनुसार अल्पकालीन समस्या समाधानका लागि पहिरोग्रस्त क्षेत्रमा अस्ट्रियाको युटर्मर कम्पनीले नेटिङ प्रविधि अघि बढाएको छ । पश्चिमाञ्चल क्षेत्रका अधिकाश जिल्ला जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा बर्सेनि पहिरो खसेर ठूलो धनजनको क्षति हुँदै आएको छ । यस क्षेत्रमा वैकल्पिक सडक बनाउन विगतका सरकारले प्रयास गरे तापनि कार्यान्वयन नहुँदा यस क्षेत्रका जनताले मानवीय तथा भौतिक क्षति व्यहोर्दै आएका छन् । यस वर्ष सरकारको नीति तथा कार्यक्रममा सिद्धबाबा क्षेत्रमा सुरङमार्ग बारेमा सम्बोधन भइसकेको छ । रासस

पानीमुनी आलु फलाउन व्यस्त रामभरोष (फाेटाेफिचर)

ललितपुर-पानीमुनि आलु खेती गर्न सकिन्छभन्दा सायद कसैलाई विश्वास नलाग्न सक्छ । तर गोदावरी नगरपालिका टौखेलस्थित नेपाल बीउबिजन उत्पादन केन्द्रको फार्म हाउसमा पुगेर अवलोकन गर्ने हो भने त्यहाँ माटोमुनि होइन पानीमुनि आलु फलाएको दृश्य सहजै देख्न सकिन्छ। नेपाल कृषि अनुसन्धान परिषद्मा तीसवर्षे नोकरी गरेर घरमै बसेका रामभरोष नेपालले सुरु गरेको यस प्रविधिप्रति सबै छक्क छन् । उक्त फार्म हाउस अवलोकन गर्न दिनदिनै यसप्रति चासो राख्ने व्यक्तिको लर्को नै लाग्ने गरेको स्थानीय बताउँछन् । परिषद्मा वरिष्ठ प्राविधिक अधिकृतका रुपमा आलु महाशाखामा ३० वर्ष काम गरेको अनुभवको आधारमा यस पेसामा लागेको नेपालले बताए। फार्म हाउस सञ्चालनका लागि प्रतिवर्ष रु एक लाख ५० हजार भाडा तिर्ने गरी १० रोपनी जग्गा भाडामा लिएको उनले बताए । "मागबमोजिम उत्पादन गर्न सकेको छैन" नेपालले भने। उक्त आलुको बीउ उत्पादनका लागि १२ आना मात्र जग्गा प्रयोग गरिएको छ । वर्षको दुई पटक मात्र बीउ उत्पादन गर्न सकिने आलुको पाँचवटा जात रहेको जनाइएको छ । विशेष गरी यसरी उत्पादन हुने आलुमा खुमल उज्वल, जनकदेव, कार्डिनल, कुप्रेज्योति र डिजिरे कार्डिनल रहेको उनले बताए। यसरी उत्पादनका भएका आलुको बीउ कृषि विकास कार्यालय तथा कृषक समूहले खरिद गर्ने गरेको बताइएको छ । वार्षिक रुपमा एक लाख आलुको दाना उत्पादन हुने गरेकामा खरिदकर्ताको माग भने त्यसको छ गुणा बढी रहेको नेपालको दाबी रहेको छ । उत्पादन भएका बीउ प्रतिकिलोमा नभई प्रतिदानामा बिक्री हुने गरेको छ । सानो दाना आलुको मूल्य रु १० र ठूलो दानाको मूल्य रु १५ का दरले बिक्री गर्ने गरेको उनले बताए। सानो दाना करिब १० ग्राम र ठूलो २५ ग्रामसम्म बीउ रहने गरेको छ । उक्त व्यवसाय सुरु गर्न रु ८७ लाख लगानी भएको उनको भनाइ छ । कृषि व्यावसायिक परियोजना सरकारको तर्फबाट रु ३५ लाख अनुदान तथा आव २०७०/७१ मा जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख अनुदान उपलब्ध गराएको कार्यालयका अधिकृत हरिप्रसाद पण्डितले जानकारी दिए। रासस

कालोबजारीको तेलले धान्दैछ राजधानीको यातायात

काठमाडौं: भारतीय नाकाबन्दीको फाईदा उठाएर काठमाडौंमा पेट्रोलियम पदार्थको तस्करी र कालोबजारी मौलाएको छ । प्रहरीले पछिल्ला साता दैनिक जसो त्यस्ता कालोबजारी र तस्करलाई नियन्त्रणमा लिए पनि यो क्रम भने रोकिएको छैन । खासगरी यात्रुबाहक तथा मालबहाक गाडीमै तस्करले तेल ल्याउन थालेपछि गृह मन्त्रालयले कालोबजारी नियन्त्रण गर्न प्रहरीले परिमाणमुखी काम गर्न भन्दै प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ । सरकारले दशैंपछि नियमित पेट्रोलियम पदार्थ नबाँड्दा पनि राजधानीमा सवारीसाधनको चाप बढ्दै गएको छ । ‘सुरुमा जति हाहाकार भयो अहिले देखिंदैन, गाडीको भीडभाडले अहिले त सडक नै जाम हुन थालिसक्यो, त्रिपुरेश्वरमा खटिएकी एक ट्राफिक प्रहरीले भनिन्, ‘कसरी धानिरहेका छन्, सवारी चालकले ? ’ अहिले प्रहरी एवं स्थानीय प्रशासनलाई जानकारी नदिई पेट्रोलियम पदार्थ ओसारपसार गर्ने मात्रै पक्राउ परेका छन् । प्रहरीको कार्यशैली भन्दा गोप्य ढंगले अझै पनि काठमाडौंमा पेट्रोलियम पदार्थको कालोबजारी भईरहेको छ । सुरुमा खुलेयाम कालोबजारी र तस्करी भएपछि आलोचित बनेको सरकारले कालोबजारी नियन्त्रण गर्न अग्रसर भएको हो । राजधानीमा विराटनगर, भैरहवा, नेपालगञ्ज, झापादेखि गाडीमा गोप्य रुपमा तेलको तस्कर हुने गरेको छ । गाडीमा ठूला ड्रममा ल्याएको तेल समात्न थालेपछि वसका चालकहरुले यात्रुलाई प्रयोग गरेर तेल ल्याउन थालेको सूचना प्रहरीले पाएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याईएको तेल सरकारले नै छाड्न निर्देशन दिएपछि प्रहरीले कम्तिमा ६० देखि सय लिटर पेट्रोल र डिजेल ल्याउन छुट दिएको छ । अहिले सार्वजनिक सवारीसाधनले मनपरि भाडा उठाउँदै आएका छन् । विद्यार्थीलाई परिचय पत्र छुट समेत नदिने वसका चालक र सहचालकहरु भन्छन्, ‘ब्ल्याकमा तेल किनेर गाडी चलाउनु छ, अझ छुट, हामीले तोकेको भाडा दिनोस बरु चढे चढ्नोस नचढे नचढ्नोस ।’ कलंकी देखि रत्नपार्क झरेको वसको भाडा अहिले २० रुपैंया देखि २५ रुपैंया सम्म लिंदै आएका छन्, गाडी चालकहरुले । रत्नपार्कमा भेटिएकी सरगर शर्माले भनिन्,‘ बालाजु बाईपासबाट अरु समयमा १७ रुपैंया लिंदै आएका माईक्रोले अहिले २५ रुपैंया लिए, मैले किन भाडा धेरै लिएको भनेर प्रश्नगर्दा ब्ल्याकमा तेल किनेर गाडी चलाएको जफाव दिए ।’ उनले जताबाट पनि सर्वसाधरण नै मारमा परेको भन्दै सरकारले गाडीभाडा र बजारभाउको अनुगमन गर्न चुकेको बताईन् । अहिले सरकारले पेट्रोलियम पदार्थ वितरण गर्ने पम्पहरुमा सवारीसाधनको धेरै लाम देखिंदैन । यस पछाडीको रहस्य भने कालोबजारीको तेल नै रहेको बारे जानकार छ सरकार । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विक्रम सिंह थापा भन्छन्,‘ जहिले सम्म कालोबजारी रोकिंदैन तब सम्म प्रहरीले सुराकी लगाएर भएपनि पेट्रोलियम पदार्थको तस्करी तथा कालोबजारी गर्नेलाई पक्राउ गरेरै छाड्छौं ।’ एसएसपी थापाका अनुसार कालोबजारीले प्रहरीको आँखा छलेर आफू अनुकुल अझै पनि तेल बिक्री गर्दै आएको सूचना अनुसार प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । उनले अहिले राजधानीमा सवारीसाधनको भीड देखिनुमा केही हदसम्म कालोबजारीको तेलकै कारण भएको जानकारी दिंदै प्रहरीले थाहापाएसम्मका कालोबजारी गर्नेलाई पक्राउ गर्दै आएको बताए । काठमाडौं प्रहरीले मात्रै एक महिनाको अवधिमा १६ हजार ३० लिटर पेट्रोल, २५ हजार पाँच सय २० लिटर डिजेल, तीन हजार दुई सय २० लिटर मट्टितेल र ५९ वटा कालोबजारीका ग्यास सहित त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकेको छ । यद्यपी पछिल्लो सातामात्रै प्रहरीले अभियानका रुपमा कालोबजारी र तस्करीमा प्रयोग हुने गाडी तथा व्यक्ति नियन्त्रणमा लिंदै आएको हो । त्यस अघि प्रहरीले केही नगर्दाको अवस्थमा उपत्यकामा ठूलो मात्रामा कालोबजारीका पेट्रोलियम पदार्थ स्टोर भएको अनुमान प्रहरीको छ । बरामद भएका सबै बस्तु कालोबजारी अन्तर्गत अदालतमा मुद्दा चलाएर समान पनि उतै जिम्मा लगाईदिने जानकारी परिसरका मुद्दा शाखाका डिएसपी दिनेश आचार्यले दिए । ‘यस अघि कालोबजारीका समान अदालत बुझाएछि अदालतले नै जफत गरी लिलामीमा बिक्री गरेर पैसा राजश्वमा दाखिला हुँदै आएको थियो, अहिले के गर्छन थाहाछैन, उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी पोषराज पोखरेलका अनुसार अहिले दैनिक जसो उपत्यका भित्रिने लामा रुटका सवारीसाधनमा यात्रुहरुले व्यक्तिगत प्रयोजनका लागि भन्दै पेट्रोल तथा डिजेल ल्याउँदै आएका छन् । तिनै कालोबजारीमा बिक्री हुँदै आएको प्रहरी दावी भएपनि प्रमाण फेला नपरेपछि प्रहरीले छाड्दै आएको छ । पोखरेलका अनुसार उपत्यकामा अहिले नीजि ६० प्रतिशत र सार्वजनिक ३५ प्रतिशत सवारीसाधन सञ्चालनमा छन् । समान्य अवस्थामा उपत्यकामा दैनिक करिब ६ लाखका हाराहारीमा सवारीसाधन सञ्चालन हुँदै आएको जानकारी एसपी पोखरेलले दिए ।

भारत घोषित नाकाबन्दीकै तयारीमा

वीरगन्ज १३ मसिर दुई महिनादेखि अघोषित रुपमा नाकाबन्दी गरेर आपूर्ति रोकेको छिमेकी भारतले नेपालमाथि घोषित रुपमै नाकाबन्दी लगाउने तयारी गरेको छ । यस विषयमा हिजो भारतीय विदेश मन्त्रालयको साउथ ब्लकमा भारतीय विदेश सचिव एस जयशंकर, नेपाल डेस्क प्रमुख अभय ठाकुरसहितका अधिकारीहरुवीच यस विषयमा छलफल भएको छ । छलफलमा नेपालमा आपूर्ति नरोक्दा समेत नेपालले अघोषित नाकाबन्दी भनेर अन्तर्राष्ट्रिय जगतमा भारतको साख र प्रतिष्ठामा हानी पुर्याएको निष्कर्स निकालिएको थियो । यस्तो अवस्थामा यसै भएन त्यसै भएन जस्तै एक पटक घोषित रुपमै नाकाबन्दी लगाएर के हुँदो रहेछ हेर्नु पर्नेमा अधिकारीहरुले धारणा राखेका थिए । नेपालमा नाकाबन्दीको विरोधमा भारतसँगै विश्वभरी जनमत बन्दै गएको बेला भारतको विदेश मन्त्रालयमा यस्तो छलफल सुरु भएको हो । ब्यूरोक्रेसी तहमा घोषित नाकाबन्दीको विषयमा छलफल भए पनि यो प्रस्ताव अहिलेसम्म राजनीतिक तहमा भने पुगेको छैन ।

Saturday, November 28, 2015

मधेसी मोर्चासँग निर्णायक बैठक छिटै

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले एक दुई दिनमा नै सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच एक दुई दिनमा नै त्रिपक्षीय बैठक बोलाउने भएका छन् । 
 
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको एमाओवादी अध्यक्ष पुस्पकमल दाहालले मुलुक अत्यन्त गंभिर र संकटपूर्ण अवस्थामा पुगेकोले एक दुई दिनत भित्रमै त्रि पक्षीय बैठक बोलाउन प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए । 
 
दहालले यस्तो प्रस्ताव राखेको जानकारी उनका स्वकीय सचिव चुडामणि खडकाले अन्नपूर्णलाई दिएको हो । उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष समेत रहेका दाहालले अहिलेको संकट समाधानका लागि सत्ता पक्ष , प्रमुख प्रतिपक्ष र मधेशमा आन्दोलनरत दलहरुबीच बैठक अपरिहार्य रहेकोमा जोड दिएका थिए । 
 
एकसाता लामो छलफल र भेटघाट नभएका प्रमुख दलका शिर्ष नेताहरुले शनिबारबाट छलफललाई तिब्र बनाएका छन् । शनिबार साँझ प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाबीच अलग अलग छलफल भएको छ। । गत साता मात्र सर्बदलीय बैठक राखेका प्रधानमन्त्री ओलीले त्यपछि भने भेटघाट र औपचारिक कार्यक्रममा ब्यस्त भएका थिए । 
 
गत साता प्रधानमन्त्रीको पहलमा सत्तासिन दलहरुबीच छलफल भएको थियो । छलफलमा संसदमा दर्ता भएको संविधान संशोधनका बिषयमा पहिले मधेशी मोर्चासग कुरा भएपछि त्यसलाई अगाडि बढाउने सहमति भएको थियो । 
 
तर मधेशी मोर्चासगको छलफलमा पनि सहमति हुन नसकेपछि अहिले कुनै छलफल भएको छैन । उपचारका लागि बिदेश गएका प्रमुख प्रतिपक्षदलका नेता नेपाली कांग्रेसका सभापति शुशिल कोइराला स्वदेश फर्केपछि भएको छलफलमा जुटेका छन् । कोइरालासग पनि प्रधानमन्त्रीको संवाद भएको छैन । 
 
नेपाली कांग्रेसले संसदमा आफुले राखेको संशोधनको प्रस्ताव अगाडि बढाउनु पर्ने अडान राख्दै आएको छ । तर त्यसलाई मोर्चा सग छलफल नगरी अगाडि बढाउदा निरर्थक हुने भन्दै नेताहरु मोर्चासग छलफल पछि मात्र त्यसलाई अगाडि बढाउनेमा सहमत भएका थिए । 
 
तराईबाट प्रतिनिधित्व गर्ने एमालेका सांसदले समेत मधेशी मोर्चासग वार्ता थाल्न र समस्याको समाधान खोज्न माग गर्दै यसै साता प्रधानमन्त्रीलाई दवाव दिएका छन। 
 
उनीहरुले मेधशी आन्दोलनका कारण आफुहरु निर्वाचन क्षेत्र र घर जान समेत कठिन भएको भन्दै लिखित रुमा नै यस्तो दवाव दिएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लहकार प्रमोद दाहालले प्रधानमन्त्रीले अनौपचारिक रुपमा बिभिन्न दलका नेताहरुसग छलफल अगाडि बढाई रहेको जानकारी दिए । उनले भने‘ सबै छलफल औपचारिक हुदैनन, केही न केही कुरा अगाडि बढिरहेको छ’।
 
। प्रधानमन्त्री निवास बालुवाटारमा करिव तीन घण्टा लामो छलफलमा मधेश आन्दोलन लगायतका बिषयमा छलफल भएकोछ। दुई नेताहरुबीच हाल भारतको अघोषित नाकावन्दी र त्यसले नेपालमा पारेको असरका बिषयमा छलफल भएको थियो । त्यसैगरी नाकावन्दीबाट उपत्यका लगायत देशका बिभिन्न भागमा भएको भएको उपभोग्य सामग्रीको अभावका बिषयमा पनि छलफल भएको थियो । 
 
उनीहरुबीच मधेश आन्दोलनका माग संवोधन गर्ने बिषयमा पनि छलफल भएको थियो । उपभोग्य सामग्रीको बैकल्पिक आपुर्तिका बिषयमा पनि छलफल भएको थियो । प्रेस सल्लहाकार दाहालले मधेशी मोर्चाले अगाडि सारेका माग र उनीहरुसग गर्ने वार्ताका बिषयमा छलफल भएको जानकारी दिए ।
 
यस अघि नेपाली कांग्रेसका सभापति शुशिल कोइरालालाई भेटन एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल कोइराला निवास महाराजगन्ज पुगेका थिए । कोइराला र दाहालबीच पनि मधेशमा जारी आन्दोलन, नाकावन्दी र मधेशी मोर्चाले अगाडि सारेका मागका बिषयमा छलफल भएको थियो। 
 
कोरालोले संसदमा आफुले राखेका दुई बूँदे संसोधन प्रस्तावलाई अगाडि बढाउन जोड दिएका थिए । दाहालले त्यो कुनै ठुलो बिषय नभएकोले यसबेला संसदमा भएका दलहरुबीच राष्ट्रिय एकता कायम गरेर अगाडि बढनुपर्नेमा जोड दिएका थिए ।
 
शनिबारै सभापति कोइरालाले प्रधानमन्त्री ओलीलाई शनिवारै टेलिफोन वार्ता गरेका छन । कोइरालाले यस अघि नेपाली कांग्रेसले संसदमा दर्ता गरेको २ बूँदे संविधान शंसोधन प्रस्तावलाई तत्काल अगाडि बढाउन आग्रह गरेको कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जाकनारी दिए।

ठोरीबाट भाँडाभरी तेल (फाेटाेफिचर)

ठोरीबाट भाँडाभरी तेल (फाेटाेफिचर)
चितवन–पर्सा जिल्लामा पर्ने ठोरी पुग्न चितवन हुँदै लगभग ८५ किलो मिटर सडक यात्रा गनु पर्छ। ठोरी भरतपुर सडकमा भारतसँग जोडिएको ठोरी पुगेपछि डिजेल, पेट्रोल र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको भरीको सिलिन्डर पाउने लगभग पक्का हुन्छ। त्यसैले भरतपुर हुँदै ठोरी जाने आउने गाडीहरुको संख्या अहिले गनेर सकिँदैन।
Indhan Thori 8
मधेस क्षेत्रको पर्सा जिल्लामा परे पनि ठोरीमा पहाडी समुदायको बसोबास छ। त्यसैले यहाँ मधेस आन्दोलनको कुनै प्रभाव छैन। रोकतोक नहुने हुँदा काठमाडौं, पोखराका बासिन्दासमेत गाडी लिएर इन्धन लिन ठोरी पुगेका भेटिन्छन्। ठोरीबाट वैधानिक रुपमा आउने होइन इन्धन। भारतीय क्षेत्रबाट नेपालसम्म ल्याइ दिने स्थानीय व्यापारीमार्फत अवैधानिक रुपमा किन्ने गरिन्छ पेट्रोल, डिजेल र ग्यास ।
Indhan Thori 5
साना पिकअप भ्यान, ठुला ट्रक, जीप र यात्रु बसलेसमेत ओसार्छन् इन्धन । मोटरसाइकलको ताँती लागेको हुन्छ। एउटा मोटरसाइकलले चारवटा जर्मिनमा तेल बोकेको देखिन्छ। गाडीहरुले प्लाष्टिकका ठूला ड्रममा इन्धन ओसार्ने गर्छन्। एउटा ड्रममा दुई सय लिटर अट्छ। एउटा सानो पिकअप भ्यानले कम्तिमा पाँच वटासम्म ड्रम बोक्छ।
Indhan Thoti 1
साना पिकअप भ्यान मात्रै होइन ठुला ट्रक र ट्रिपरसमेत इन्धन लिन ठोरीमा पुगेका देखिन्छन्। पाँचवटा ड्रम बोक्ने पिकअप भ्यान दिनमा सयवटा मात्रै गए पनि किम्तमा एक लाख लिटर इन्धन ठोरी नाकाबाट आउने अनुमान छ। अरु ठुला ट्रक, यात्रु बस र मोटरसाइकलमा आउने इन्धनको समेत हिसाब लगाउने हो भने यो नाकाबाट दैनिक दुई लाख लिटरसम्म इन्धन आउने अनुमान छ।

ठोरी भरतपुर सडक निकै पुरानो हुलाकी मार्ग हो। ठोरी हुँदै भारत कलकत्तासम्म पुगेर व्यपार गर्ने क्रम विरगञ्जमा नाका खुलेपछि रोकिएको हो। ठोरीमा अहिले दुई कोठे छोटी भन्सार कार्यालय रहे पनि कुनै राम्रो पुर्वाधार छैन । ठोरीसम्म पुग्ने बाटो पनि साह्रै अफ्ठेयारो छ। चितवन निकुञ्जको ३० किलो मिटर जंगल छिचोल्नु पर्छ। बगइदेखि अमुवासम्मको २० किलोे मिटर बाटो निकै कष्टकर छ।
Indhan Thori 6
खोलै खोला र जंगली जनावरको त्रास रहेने बाटोमा पनि इन्धनका लागि मान्छेहरु ह्वारह्वारती ठोरी जाने गरेका छन्। मोटरसाइकल पल्टेर इनधन पोखिने घटनाहरु पनि हुने गरेका छन्। माडी वसन्तपुरमा केही दिनअघि एउटा मोटरसाइकल पल्टदा आगो सल्केको थियो। नजिकै पोखरी भएका कारण तत्कालै आगो नियन्त्रणमा लिन सम्भव भएको स्थानीयले बताए ।
Indhan Thori 4
केही ठूला ट्रकहरुले त्रिपालले ढाकेर इन्धका ड्रम लुकाएको पनि देखिन्छ। नभए खुलम खुल्ला आउने गर्छ इन्धन। ठोरी पुग्नुअघि कसरा र बनकट्टामा चितवन निकुञ्जको सुरक्षाका लागि बसेको नेपाली सेनाको चेक पोष्ट पनि छ। बनकट्टा चेकपोष्ट कटेपछि करिब २५ किलो मिटर माडी पार भएसँगै जंगल सुरु हुन्छ । माडीपछि बगइ र अमुवामा पनि चेक पोष्ट छ । तर सेनाले देख नदेखे झै गरेका छन्।

टर्कीस नागरिकले अब रुसी कम्पनीमा काम गर्न नपाउने

१३ मंसिर, काठमाडौं । आफ्नो विमान खसालेको जवाफमा रुसले टर्कीमाथि केही प्रतिवन्धको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही आदेशमा हस्ताक्षर गरेका हुन् । जस अनुसार टर्कीमाथि सबै आयातमा प्रतिवन्ध लागेको छ । साथै रुसमा रहेका सबै टर्कीको कम्पनीमाथि प्रतिवन्ध लागेको छ र भने रुसी कम्पनीमा टर्कीका नागरिकले काम गर्न समेत रोक लगाइएको छ । पुटिनका प्रवक्ता दिमित्री पेस्कोफले जारी गरेको वक्तव्यमा जनाइए अनुसार रुसमा ९० हजार टर्कीका नागरिक काम गरिरहेका छन् । यदि उनीहरुको परिवारका सदस्यहरुलाई जोड्ने हो भने यो संख्या २ लाख पुग्छ । दुई देशबीच चार्टर फ्लाइटमा समेत रुसले प्रतिवन्ध लगाएको छ । यसअघि शुक्रबार टर्कीसँगको भिसामुक्त व्यवस्था रद्द गरिएको थियो । टर्कीले रुसी लडाकू विमान खसालेपछि दुई देशको विवाद चुलिएको छ । टर्कीका राष्ट्रपति तायीप एर्दोगानले रुससाग यस विषयमा माफी माग्न अस्वीकार गर्दै आएका छन् । तर, शनिबार उनले यो घटनाप्रति दुःख व्यक्त गर्दै भविश्यमा यस्तो नहुने विश्वास दिलाएका छन् ।

बन्द गर्दै हिँडेका २७ जना पक्राउ

पोखरा—नाकाबन्दीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादी(चन्द समुह)ले आह्वान गरेको नेपाल बन्दका कारण कास्कीको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार क्षेत्रमा पसल फाट्टफुट्ट खुलेका छन्। बिहानको समयमा सञ्चालन हुने शैक्षिक संस्थाको पठनपाठन पनि प्रभावित भएको छ। बिहान कास्कीका विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने २७ जनालाई लेखनाथ र पोखराका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता कृष्णबहादुर बल्लीले बताए। उनका अनुसार लेखनाथ नगरपालिका क्षेत्रबाट सातजना र पोखरा उपमहानगर क्षेत्रबाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। रासस

रसुवाका सबै आयोजनाको काम ठप्प

रसुवा- भुइँचालोपछि रोकिएको काम पुनः सुरु गरेका जिल्लाका जलविद्युत आयोजनाको काम अहिले इन्धन अभावले रोकिएको छ। कतिपय आयोजनाको बाटो पहिरोले भत्काएको छ। इन्धन नहुँदा अवरोध पन्छाउन समेत नसकेको सम्बद्ध अधिकारी बताउँछन्। काम कहिलेबाट सुरु हुन्छ भन्न सक्ने अवस्थामा उनीहरु छैनन्। भूकम्पपछि पनि तीव्र गतिमा काम सुरु गरिसकेको ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेनले इन्धन नपाएर काम रोक्नुपरेको बताएका छन्। प्रवर्द्धक कम्पनी चिलिमेले निर्धारित समयमै सक्ने गरी काम अघि बढाए पनि इन्धन अभावले रोकिएको साञ्जेन आयोजनाका प्रमुख गिरिराज अधिकारीले बताए। 'असोज २६ गतेसम्म जेनतेन काम गरिरहेका थियौं, त्यसपछि सकिएन,' अधिकारीले भने, 'नजिकैको चीनबाट किन्ने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरे पनि सुनुवाइ भएन।' अयोजनाको काम रोकिँदा मजदुर भारत पलायन हुने चिन्ता बढेको उनले सुनाए। 'ठेकेदार कम्पनीले ल्याएको अधिकांश मजदुर तराई क्षेत्र र भारतका छन्। काम नभए उनीहरु नबस्न सक्छन्,' अधिकारीले भने। अधिकारीका अनुसार आयोजनालाई दैनिक हजार लिटर इन्धन आवश्यक पर्छ। नाकाबन्दीले आयोजना निर्माणका लागि चाहिने सिमेन्ट, रड लगायत सामग्रीसमेत रोकिएको उनले बताए। मनसुन सकिएपछि काम सुरु गर्ने त्रिशूली ३ एको योजना पनि इन्धन अभावले रोकिएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए। 'इन्धन अभावकै कारण ठेकेदारलाई सुरु गर भन्न सक्ने अवस्था छैन,' उनले भने। दसैंलगत्तै काम थाल्ने योजना रहेकोमा सडक निर्माण नै रोकिएको छ। ६० मेगावाट क्षमताको त्रिशूली ३ एको काम ७० प्रतिशत सकिइसकेको छ। एक सय ११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाले निर्माण सामग्री र इन्धन अभावले सुरु भएको काम पनि रोकिएको बताए। भूकम्पले क्षति पुर्या एको ठाउँमा चिनियाँ ठेकेदारले २० चिनियाँ र ६० नेपाली कामदार खटाएर काम गरिरहेको तर इन्धन अभावले अघि बढ्न नसकेको उनले बताए। दुई सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली १ को काम पनि रोकिएको छ।

अवैध रूपमा नेपाल प्रवेश गरेका १३ भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा— बिहारसँग सीमा जाेडिएकाे केचना गाविसको सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ६ः३० बजेतिर नेपाली भूभाग प्रवेश गरेका उनीहरुलाई केचना स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टाेलीले नियन्त्रणमा लिएको हाे। झापाका प्रजिअ तेजप्रसाद पौडेलले आज बिहान नेपाली बस्तीमा भारतीय सुरक्षाकर्मी पसेको जानकारी गाउँलेले दिएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको बताए। प्रजिअ पौडेलले सदरमुकाम चन्द्रगढीबाट घटनाको स्थलगत विवरण लिन सहायक प्रजिअ डम्बरुप्रसाद निरौलालाई केचना पठाइएको जानकारी दिँदै भने, ,'एसएसबीको टोली किन नेपाल प्रवेश गरेका हो भनेर हामी छानवीन गरिरहेका छौं', प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नागरिकन्युजसँग भने। भारतीय सुरक्षाकर्मीलाई केचना–४ बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए। पक्राउ परेकामध्ये चार जनासँग अत्याधुनिक राइफल समेत रहेकाे छ। केही दिन अघि सो नाकाबाट तस्करहरूले ४० बोरा सुपारी भारततर्फ लैजाने क्रममा भएकाे झडपमा प्रहरीले १३ राउन्ड फायरिङ गरेको थियो। यसअघि हतियारधारी एसएसबी टाेली सुनसरीकाे हरिपुर-७ प्रवेश गरी गोली चलाउँदा ४ नेपाली घाइते भएका थिए। पक्राउ भारतीय सुरक्षाकर्मीलाई केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएको छ ।

राजमार्गमा सिलिण्डर बम भेटियो

१३ मंसिर, सप्तरी । सप्तरीको पोर्ताहा गाविसस्थित पूर्व पश्चिम राजमार्गमा आईतबार बिहान सिलिण्डर बम फेला परेको छ । पोर्ताहा गाविस ८ स्थित महुली पुलको तल बालुवामा फेला परेको सिलिण्ड बम कसले र किन राखेको भन्ने खुल्न नसकेको सप्तरी प्रहरीले जनाएको छ । दुईवटा ग्यासलाई पड्काउने नियतले तार तथा सुतरीमा पेट्रोल हालेर जडान गरिएको थियो । बम फेला परेको स्थानमा सुरक्षा दिइरहेको र निष्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली आउँदै गरेको इलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज सुरेन्द्र खेरबार यावदले जानकारी दिए ।

Wednesday, November 25, 2015

प्रहरी र गुन्डाले कब्जा गर्छन ग्यास

१० मंसिर, काठमाडौं । भक्तपुर, कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर (भरि) ग्यास आइपुग्यो। ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण ‘अब ग्यास पाइने भो’ भन्दै दंग भए। तर, लगत्तै एउटा हुल आयो। त्यो हुलमा ‘स्थानीय गुन्डा’ र प्रहरी थिए। उनीहरूले ‘हाम्रो भाग’ भन्दै आ–आफ्नो गाडीमा ग्यास सिलिन्डर लोड गरे र फर्किए। सर्वसाधारण हेरेको हेर्याै भए। ‘एक सिलिन्डर ग्यास पाउने आसमा लाम लागेको डेढ महिना भएको थियो, ग्यास पनि आयो, तर हामीले हेर्न मात्र पायौं,’ कौशलटारकी गृहिणी सम्झना प्रधानाङ्गले नागरिकसँग दुखेसो पोखिन्, ‘प्रहरी र गुन्डाले नै आएजति ग्यास कब्जा गरेपछि हामी गरिबको के लाग्छ ?’ उनका अनुसार ग्यास वितरण पारदर्शी बनाउने भन्दै खटिएको प्रहरीले ‘हाम्रो भागमा १५ सिलिन्डर’ भन्दै सुरुमै छुट्ट्याएर राखे। त्यसपछि स्थानीय क्लबको हवाला दिँदै स्थानीय गुन्डाले ‘यहाँ आएको ग्यास हाम्रो क्लबले मिलाएर बाँड्छ, तर हामीलाई १० सिलिन्डर चाहिन्छ’ भन्दै ग्यास लिएर गए। प्रहरीले मूकदर्शक बनेर हेरिरह्यो। त्यतिबेला त्यहाँ दुई सयवटा खाली सिलिन्डर लाइनमा थिए। ‘तपाईंहरू यसरी जबर्जस्ती ग्यास नलानुस्, हामीलाई पनि चाहिन्छ, हाम्रो घरमा पनि बालबच्चा छन्, भात पकाउनुपर्छ भनेर बिन्ती गर्यौंर, तर केही सीप लागेन,’ प्रधानाङ्गले भनिन्, ‘राज्य (प्रहरी) र गुन्डा नै मिलेपछि निमुखा त यसै मर्ने भइहाले।’ त्यस्तै, सल्लाधारीस्थित एक डिपोमा बाँड्न ल्याइएको ७० सिलिन्डर ग्यासमध्ये ३० सिलिन्डर स्थानीय गुन्डा र प्रहरीले जबर्जस्ती लगेका थिए । त्यहाँ चार सयभन्दा बढी खाली सिलिन्डर लाइनमा राखिएको नागरिकमा खबर छ । भारतले नाकाबन्दी लगाएपछि फाट्टफुट्ट भित्रिएको ग्यास पनि सर्वसाधारणले पाउँदैनन्। काठमाडौं उपत्यकामा रहेका सर्वसाधारणलाई ग्यास पाउन महाभारत लडाइँ जितेबराबर हुन्छ। यस्ता घटना बढ्न थालेपछि डिपोहरूले समेत उद्योगबाट ग्यास ल्याउन कम गर्न थालेका छन्। ‘उद्योगबाट ग्यास आएको थाहा पाउनेबित्तिकै स्थानीय गुन्डा घर घेरेर बस्छन्,’ एक डिपो सञ्चालकले नागरिकसँग भने, ‘उनीहरू (गुन्डा) लाई नदिँऊ ज्यानको खतरा छ, दिऊँ लाइन बसेका सर्वसाधारणलाई पुग्दैन। उद्योगबाट ग्यास ल्याउन छाड्यौं।’ सरकारले सुरक्षा प्रबन्ध मिलाउन खटाएकै प्रहरीबाट सर्वसाधारण ठगीमा पर्छन्। ग्यास आउन नपाउँदै प्रहरीले डिपो सञ्चालकलाई ‘हामीलाई १५ ग्यास चाहिन्छ’ भनेर थर्काउछन् । डिपोमा जम्माजम्मी ५० देखि ७० सिलिन्डर ग्यास आउँछ । ‘एक महिनादेखि लाइनमा बसेका सर्वसाधारणलाई दिने कि गुन्डाराज सञ्चालन गर्नेलाई ?’ ग्यास बिक्रेता महासंघका एक उच्च अधिकारीले भने, ‘गुन्डाराजलाई न्यूनीकरण गर्न आएको प्रहरीले नै यस्तो धन्दा चलाएपछि कसको के लाग्छ।’

Tuesday, November 24, 2015

१० वर्षीया सालीलाई बलात्कार पछि हत्या गर्ने पक्राऊ सामुहिक बलात्कारका ३ आरोपी सार्वजनिक

८ मंसिर, सुर्खेत । दश वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई सुर्खेत प्रहरीले सार्वजनिक गरेको छ । नेटा गाविस ७ कल्लेरीका ३२ वर्षीय खडकबहादुर गाहामगर, ३८ वर्षीय यामबहादुर रास्कोटी मगर र कल्याण-१ का पूर्णबहादुर ठाडामगरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको हो । पूर्णबहादुर सीमाका भिनाजु हुन् भने खड्कबहादुर सशस्त्र प्रहरीका भगौडा प्रहरी हुन् । गत कात्तिक ३० गते छिन्चुस्थित घरबाट दशरथपुर बजारमा सामान किन्न भनेर हिँडेकी १० वर्षीया एक बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेर हत्या गरेका थिए । नेटा ७ को पहिरो खोलामा बलात्कार गरिसकेपछि ढुंगाले हानेर उनीहरुले बालिकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वीरेन्द्र श्रेष्ठले जानकारी दिए । बजार जान भनेर हिँडेकी छोरी अबेरसम्म पनि घर नफर्किएपछि घरका सदस्यले छोरी हराएको सूचना इलाका प्रहरी कार्यालय छिन्चुलाई दिएका थिए । छिन्चुका प्रहरी निरिक्षक भरत चौधरीको टोलीले घटनाबारे अनुसन्धान थालेको थियो । ३० गते नै राती १० बजे बालिकाको शव भेटिएको थियो । जवरजस्ती करणी गरी कर्तब्य ज्यान शीर्षकमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । यस्तो कार्य गर्नेलाई मुलुकी ऐन ज्यान सम्वन्धि महलको १३ (३) नं. बमोजिम सर्बस्वसहित जन्मकैद, १० वर्षकी नावालिकालाई सामूहिक जवरजस्तीकरणी गरेकोमा मुलुकी ऐन जवरजस्तीकरणी महलको ३ (२) बमोजिम ८ देखि १० वर्ष कैद र सोही महलको ३ (क) अनुसार सामूहिक रुपमा जवरजस्ती करणी गर्नेलाई थप ५ वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ ।

तत्काल सेना परिचालन हुँदैन : सञ्चारमन्त्री राई आर्थिक संकटबारे श्वेत पत्र जारी गर्ने तयारी

८ मंसिर, काठमाडौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि सेना परिचालन नगर्ने स्पष्ट पारेका छन् । सेना परिचालन र प्रशासनिक दवाब दिएर तराईको आन्दोलन नियन्त्रण नहुने उनले बताए । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले देशमा विषम परिस्थिति सिर्जना नभएसम्म सरकारले सेना परिचालन नगर्ने स्पष्ट पारे । तर, देशको शान्ति सु-व्यवस्थामा खलल पर्ने अवस्था आए संविधान अनुसार सेना परिचालन गर्न सकिने मन्त्री राईले बताए । देश संकटकाल तर्फ गईसकेको भन्ने निष्कर्ष सरकारले ननिकालेको तर अर्थतन्त्रमा उत्पन्न समस्याबारे श्वेतपत्र जारी गर्ने तयारी भने भईरहेको उनले जानकारी दिए ।

सप्तरीको कर्फ्यू हट्यो

८ मंसिर, काठमाडौं । सप्तरीको विभिन्न स्थानमा शनिबार मध्यरातबाट जारी भएको कर्फ्यू हटेको छ । मंगलबार दिउँसो ३ बजेबाट कफ्र्यू हटाइएको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले जानकारी दिएका छन् । शनिबार मध्यरातबाट तनावग्रस्त बनेको सप्तरीमा स्थानीय प्रशासनले भारदह, रुपनी र राजविराजमा कर्फ्यू लगाएको थियो । तर, मंगलबार भने केही शान्त छ । शनिबार मध्यराति र आइतबार भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

रौतहटको गरुडामा ग्यास सिलिण्डर विष्फोट, ६ घाइते

८ मंसिर, गौर । रौतहटको गरुडामा मंगलबार लागेको हाट बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा गरुडा २ की ४५ वर्षीया सुगान्थी देवी छन् । उनलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको रौतहट प्रहरीले जनाएको छ । सुगान्थी देबीले हाट बजारमा पकौडा बनाएर बेचिरहेकाबेला सानो आकारको ग्यास सिलिण्डर विष्फोट भएको हो ।

एनआरएनद्वारा सरकारलाई अत्यावश्यक औषधी हस्तान्तरण

८ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई अत्यावश्यक औषधी हस्तान्तरण गरेको छ । भारतीय नाकाबन्दीका कारण सिर्जित मानवीय संकट समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघले औषधि दिने घोषणा गरेअनुरुप पहिलो चरणमा मंगलबार औषधी हस्तान्तरण गरेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई औषधी हस्तान्तरण गरे ।’हामीले पहिलो चरणमा तीन करोड रुपैयाँको औषधि दिने तयारी गरेका थियौं’ अध्यक्ष घलेले भने-हामीले बंगलादेश, चीन र भारतमा खरिद गरेको सवै औषधी नेपाल आइपुग्न ढिला हुने भएकाले अहिलेसम्म प्राप्त औषधी मात्र हस्तान्तरण गर्नुपरेको हो ।’ आफूहरु बिमान नै चार्टर गरेर बंगलादेशबाट औषधी ल्याउने तयारीमा लागेको भएपनि औषधीको संवेदनशीलता, नेपाल सरकारका नीति नियमका कारण त्यो सम्भव हुन नसकेको उनले बताए । इन्धन अभावका कारण बिमानले कार्गो बोक्न अस्वीकार गरेपछि तीनवटै देशमा एनआरएनले ल्याउन लागेका औषधीहरु अडकिएको उनले जानकारी दिए । ‘एकैचोटी दिउँला भनेर कुर्ने बेला छैन, हामीले १६ दिनसम्म अथक कोसिस गरेर जम्मा गरेको औषधि दिइहालौं, जतिबेला अरु आइपुग्छ त्यही बेला दिउँला भनेर पहिलो चरणमा ३८ लाखको औषधी हस्तान्तरण गरेका हौं’ उनले भने । नेपालको मानवीय संकटमा सहयोग गर्न गैरआवासीय नेपाली संघले खुला दिलले काम गर्ने भन्दै उनले संकटको अबस्था हेरेर सहयोग गर्ने औषधिको मात्रा थप्दै जाने बताए । स्वास्थ्यमन्त्री रामजनम चौधरीले गैरआवासीय नेपालीको मातृभूमीको उत्तरदायित्व देखेर आफु प्रभावित भएको बताए । ‘मैले नै उहाँहरुलाई यी-यी औषधी दिनुस् भनेर सूची दिएको थिएँ, यति छिटै लाइफ सेभिङ औषधीहरु सहयोग गर्नुभएको म खुसी छु, नेपाली जनताका तर्फबाट एनआरएनलाई धन्यबाद दिन चाहन्छु ।’ औषधी ब्यबस्थापन टीममा बसेर काम गरेका नेपालका चर्चित चिकित्सक डा. भगवान कोइरालाले एनआरएनले दिएका औषधिले एक महिनासम्मका लागि काठमाण्डौ र काठमाण्डौ बाहिरका सरकारी अस्पतालले सेवा सुचारु गर्न सक्ने जानकारी दिए । ‘यतिले मात्रै पुग्दैन । तर, एक महिनाका लागि लाइफ सेभिङ औषधी पाउनु निकै ठूलो कुरा हो, अब अपरेसन थिएटर र अस्पताल चार हप्ता चल्न सक्छन्’ डा. कोइरालाले भने । गैरआवासीय नेपाली संघले नेपालमा मानवीय संकटमा सहयोग गर्ने र नाकाबन्दी खुलाउन अन्तराष्ट्रिय दबाब सिर्जना गर्ने काम सँगसँगै गरिरहेको छ । बिश्वका बिभिन्न मुलुकामा एनआरएनको अगुवाईमा नाकाबन्दीको बिरोधमा प्रर्दशनसमेत भइरहेको छ ।

मधेसी मोर्चा र एमाओवादीवीच आकस्मिक वार्ता अब नेपाली कांग्रेससँग छलफल गरिने

८ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी र तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका शीर्षनेताहरु बीच मंगलबार दिउँसो अकस्मात वार्ता भएको छ । राजधानीको एक निजी घरमा झण्डै दुई घण्टासम्म भएको वार्तामा मोर्चाले उठाएका मागहरुमा ठोस सहमति नभए पनि मुलुकको परिस्थितिबारे गम्भीर छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले एकमहिना समय दिएर राजनीतिक समिति बनाउने र सीमांकन मिलाउने प्रस्ताव गरेका थिए । तर, मधेसी मोर्चाका नेताहरुले सीमांकन हेरफेर नगरी सहमति हुन नसक्ने बताएका थिए । स्रोतले भन्यो-‘राजनीतिक मुद्दामा कुनै ठोस सहमति भएको छैन, मधेसी मोर्चा आफ्नो अडानमा कायमै छ ।’ बैठकमा तराई मधेसमा भइरहेको आन्दोलनको समीक्षा समेत भएको छ । एमाओवादी नेताहरुले मुलुकको अवस्था निकै जटिल भएको र तत्काल समस्या समाधान नगर्ने हो भने भौगोलिक अखण्डता र प्राप्त उपलब्धिहरु नै खतरामा पर्न सक्नेतर्फ मोर्चाको ध्यानाकर्षण गराएका छन् । स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरु चाँडो सहमति खोज्ने पक्षमा देखिएका छन् । यसका लागि मोर्चा र एमाओवादी नेताहरुले प्रमुख विपक्षी दल कांग्रेससँग छलफलको तयारी गरेका छन् । प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने-‘वार्ता सहमति नजिक-नजिक पुगेको छ र निकै सकारात्मक छ । सीमांकनसहितका विषयमा प्याकेजमा समाधान खोज्ने सहमति भएको छ ।’ खड्काका अनुसार अब कांग्रेस र एमालेसहितको बैठक बसेर सहमतिको प्रयास गर्ने समझदारी भएको छ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने अनौपचारिक सम्वाद भएको बताए पनि थप खुलाउन चाहेनन् ।

भारतीय राजदूतले भने- मधेश आन्दोलन सम्बोधनको एक मात्र विकल्प संविधान संशोधन

सम्बोधनको एक मात्र विकल्प संविधान संशोधन भएको बताएको छ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले तीन महिनाभन्दा लामो समयदेखि आन्दोलन हुनु र आन्दोलनमा दिनैपिच्छे सहभागीता बढ्नुलाई हल्का रुपमा लिन नहुने भन्दै आन्दोलन सम्बोधनका लागि संविधान संशोधनको अर्को विकल्प नरहेको बताएका छन्।
नेपाल भारत मैत्री समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा भारतीय राजदूत रेले संविधानमा पनि संशोधनको व्यवस्था रहेको र विभिन्न दलका नेताहरुले पनि संशोधनबाट समस्या समाधान गर्न सकिने अभिव्यक्ति दिइरहेकाले सरकार र आन्दोलनरत पक्ष तत्काल वार्तामा वस्नुपर्ने बताए।
भारतीय राजदूत रेले संविधानमा आफ्ना भावना नसमेटिएका कारण मधेशवादी दल र थारु समुदायले आन्दोलन गरेको भन्दै आन्दोलन अन्त्यका लागि सहयोग गर्न भारत तयार रहेको पनि बताए।
कार्यक्रममा नागरिक समाजका अगुवाहरुले मधेश आन्दोलन नेपालको आन्तरिक समस्या भएकाले आन्तरिक समस्या समाधानप्रति गम्भीर हुन प्रमुख दलहरुलाई आग्रह गरे। लोकराज बराल, दमननाथ ढुंगाना र डा. सुन्दरमणी दीक्षितले भारतको नाकाबन्दीका कारण नभइ मधेशवादी दलले सीमा क्षेत्रमा आन्दोलन गरेका कारण आयात ठप्प भएको भन्दै आयात सुचारु गर्नका लागि मधेशवादी दलका माग सम्बोधन गरिनुपर्नेमा जोड दिए।
कार्यक्रममा अर्थशास्त्री प्रा. डा. मदनकुमार दाहालले भने मधेशवादी दलहरुको अवरोध नरहेका नाकाबाट पनि सामान्य अवस्थामा जसरी इन्धन नभित्रिनु नेपालको पारवहन अधिकारमाथि भारतको हस्तक्षेप भएको भन्दै नाकाबन्दी तत्काल फिर्ता लिन भारत सरकारसँग आग्रह गरे।
अर्थशास्त्री प्रा. डा. दाहालले आन्तरिक समस्या समाधान नगर्नु राजनीतिक दल र सरकारको कमजोरी भएको तर त्यो कमजोरीमा खेल्न भारतजस्तो मुलुकलाई नसुहाउने बताए।

यी हुन् मिटर बिगारेर उपभोक्ता ठग्ने राजधानीका पेट्रोल पम्प (नामसहित)



पेट्रोल पम्पको नोजलमा रिमोट, रिसिभर र चिप्स जडान गरी सर्वसाधारण ठग्दै आएका १६ वटा पेट्रोल पम्पमा महानगरीय प्रहरी अपराध महाशाखाले छापा मारेको छ। २ वटा पेट्रोल पम्पका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। अन्य भने फरार छन्।
क्रिष्टल पेट्रोल पम्प बालाजुका सञ्चालक कल्याण खड्का र बंगलामुखीका सिताराम तिमल्सिनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पम्पमा चिप्स जोड्ने ५ मिस्त्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ। म्यानुअल र डिजीटल दुवै पेट्रोलपम्प सञ्चालकहरुले उपभोक्ता ठग्दै आएको प्रहरीले दाबी गरेको छ।
१२ हजार लिटर पेट्रोल बिक्री गर्दा पम्प सञ्चालकले कम्तिमा ५० हजार रूपैयाँ ठगी गर्ने गरेको एसएसपी सर्वेन्द्र खनालले सेतोपाटीलाई बताए। उपभोक्ताले १ सय लिटर पेट्रोल हाल्दा ४ लिटर पेट्रोल गायब हुने, १ हजार लिटर हाल्दा ४० लिटर र १२ हजार लिटर पेट्रोल भर्दा ४ सय ८० लिटर पेट्रोलपम्प सञ्चालकले नै राख्ने गरेको पाइएको खनालले बताए।
पम्पहरूले उपत्यकामा ३ प्रतिशत तेल गायव बनाउन मिल्ने गरी मेसिन जडान गर्ने गरेको खनालले दाबी गरेका छन्। उपभोक्ताले पेट्रोलपम्पले मिटर बिगारेको कुनैपनि हालतमा पत्ता लगाउन नसक्ने प्रहरीले जनाएको छ। चिप्स जडान गर्न सजिलो हुने र रिमोर्टबाट तेल गायव बनाउन मिल्ने उपकरण भएकाले उपभोक्ताले त्यो पत्ता लगाउन नसक्ने प्रहरीले बताएको छ।
यी हुन् बर्षौदेखि उपभोक्ता ठग्दै आएका पेट्रोल पम्पहरू
  • विद्या आयल, सामाखुसी
  • डिएम पेट्रोल पम्प, सतुंगल
  • युनिक पम्प, बालकुमारी
  • भक्तपुर फ्युल सेन्टर, जगाते
  • क्रिष्टल फ्युल सप्लायर, बालाजु
  • न्यु बंगलामुखी आयल स्टोर, सानो भर्‍याङ
  • त्रिशक्ती आयल स्टोर, सानेपा
  • गायत्रीदेवी आयल स्टोर, एकान्तकुना
  • महालक्ष्मी टेड्रस, सातदोबाटो
  • राजधानी आयल, गोपीकृष्ण चावहिल
  • पूजाकोठी, गोंगबु
  • पुष्पाञ्जली पेट्रोल पम्प, जय बागेश्वरी
  • सीता आयल, कलंकी
  • अम्बे आयल, नैकाप
  • सूर्य आयल, नागढुंगा

भारतले गर्‍यो ७२ प्रतिशत इन्धन कटौति, दिनमा औसत ४७५ मालबाहक गाडी भित्रिदै

८ मंसिर, काठमाडौं । अघोषित रुपमा नाकाबन्दी गरेको भारतले नेपाललाई दिने पेट्रोलियम पदार्थमा झण्डै ७२ प्रतिशत कटौति गरेको पाइएको छ । भन्सार विभागले तयार गरेको असोज र कात्तिक महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । असोज ८ गतेपछि भारत नाकाबन्दी कडा भएसँगै नेपाल आउने इन्धनको परिमाण ७१ दशमलव ८ प्रतिशतले कम भएको छ । अघिल्लो वर्षको तथ्याङ्कसँग तुलना गर्दा भारतले २८ दशमलव २ प्रतिशत मात्र पेट्रोलियम पदार्थ नेपालतर्फ पठाइरहेको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए । वीरगञ्ज नाका ठप्प रहेका बेला भारतले अन्य नाकाबाट पनि पट्रोलियम पदार्थ पठाउन आनाकानी गर्दै आएको छ । भारतले पेट्रोल र ग्यास दिन बढी कडाइ गरेको पाइएको छ भने डिजेल अन्य भन्दा केही बढी दिने गरेको तथ्याङ्कमा उल्लेख छ । भारतले नाकाबन्दी लगाएपछि भारतबाट ५ दिन मात्रै १ सय भन्दा बढी पट्रोलियम ट्यांकर भित्रिएको महानिर्देशक ढुंगानाले जानकारी दिए । मुख्य रुपमा भन्सार नाकाहरुमा पेट्रोलियम पदार्थमा अवरोध हुँदा भन्सार राजश्वको संकलन नराम्रोसँग प्रभावित भएको ढुंगानाले बताए । वीरगञ्ज भन्सारको राजश्वमा २७ प्रतिशत योगदान तेल र ग्यासले गर्ने अवस्थामा छ । तर, वीरगञ्ज नाका ६३ दिनदेखि ठप्प छ । नाकाबन्दीले भन्सार राजश्वमा ठूलो क्षति पुर्‍याएको विभागको निश्कर्ष छ । नाकाबन्दीका कारण मुख्य भन्सार नाका रक्सौलमा मात्रै १० किलोमिटर मालबाहक गाडीको लाइन लागेको महानिर्देशक ढुङ्गानाले जानकारी दिए । यसैगरी सुनौलीमा ३ हजार गाडी भन्सार पासको प्रतिक्षामा छन् । नाकाबन्दी अघि दैनिक २ हजार गाडी नेपाल प्रवेश गर्ने गरेकोमा अहिले औसतमा ४ सय ७५ वटा गाडी नेपाल प्रवेश गरिरहेका छन् ।

इन्धन बोकेको भन्दै तीन मोटरसाइकलमा आगजनी

८ मंसिर, जनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले धनुषाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवरमा तीन वटा मोटरसाईकलमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताहरुले राति १ बजे समयमा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ । फाइल तस्वीर फाइल तस्वीर मोटरसाईकल प्रयोग गरेर इन्धन तथा विभिन्न प्रकारको समानहरु ओसार्दै गरेको आरोप लगाउदै मोटरसाईकलमा आगजनी गरिएको हो । दुई वटा मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा मोटरसाईकमा समान्य क्षति पुगेको छ । मोटरसाईकल कसको हो भन्ने अहिले पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मोर्चाका ६ कार्यकर्ता घाइते धनुषाको ढल्केबरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुंदा मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा रोकिएका गाडी सोमबार राति प्रहरीले स्कर्टिङ गर्न थालेपछि अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपको क्रममा प्रहरीको लाठिचार्जबाट मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राजमार्गमा पर्ने ढल्केवरमा जम्मा भएका मोर्चाका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो । मोर्चाका कार्यकर्ताले केही गाडीमा ढुंगामुडा समेत गरेका छन् । अवरोधकाबिच पनि प्रहरीले सोमबार राति ढल्केवरबाट पांच सय गाडी स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाएको छ ।

अवैध रूपमा बेच्न लागिएको हवाइ इन्धनसहित चार जना पक्राउ

८ मंसिर, नारायणगढ । हवाइ इन्धन अवैधरूपमा बेच्न लागेकाे अवस्थामा चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनको नारायणगढ बेल्चोकबाट ना २ ख ४३६५ नम्बरको ट्यांकरसहित चार जनालाई प्रहरीले पक्रेको हो । पक्राउ पर्नेहरुमा नारायणगढ बेलचोकका विनोद अवस्थी, उनका एकजना कामदार, कालोबजारीको मध्यस्थता गरेका वीरगञ्जका किशोर पटेल र सवारी चालक मकवानपुर काँकडा-४ का सोमलाल ब्लोन रहेका छन् । ५० हजार घुससमेत बरामद वडा प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सत्यनारायण थापा नेतृत्वको टोलीले इन्धनसहित ८ बजेतिर उनीहरुलाई पक्रेको हो । अवस्थीको घरमा इन्धन झार्न लागेको गोप्य सूचनाको आधारमा थापा नेतृत्वको प्रहरी टोली बेलचोक पुगेको थियो । प्रहरी पुगेलगत्तै अवस्थीलगायतले ५० हजार रुपैयाँ घुस दिने तर, घटना सार्बजनिक नगरिदिन आग्रह गरेका थिए । तर, प्रहरी निरीक्षक थापाले घुस वाफत दिन लागेको ५० हजार रुपैयाँसहित चारै जनालाई पक्रेर प्रहरी कार्यालय पुर्‍याएका हुन् । एसपी बसन्त कुँवरले बाँकेको नेपालगन्जबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलका लागि छुटेको ट्यांकर बिच बाटोमा बिभिन्न स्थानमा इन्धन बेच्दै आइरहेको अवस्थामा चितवनमा पक्राउ परेको जानकारी दिए । ट्याङ्करमा ७ हजार लिटर जति हवाई ईन्धन रहेको एसपी कुवरले अनुमान गरे । प्रहरीलाई नगद ५० हजार रुपैयाँ घुस दिन खोजेको तर सो रकमसहित व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको कुवरले बताए । पक्राउ परेकाहरुलाई चितवन प्रहरीले दिउँसो एक बजे पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न लागेको पत्रकार गोविन्द घिमिरेले जानकारी दिए ।

Monday, November 23, 2015

राजस्व लक्ष्यको १ प्रतिशत मात्र

वीरगन्ज- मधेश आन्दोलनले थलिएको आयात–निर्यात असोज ७ देखिको नाकाबन्दीपछि ठप्प भएपछि वीरगन्ज भन्सारको राजस्व असुली लक्ष्यको १ प्रतिशतमा सीमित भएको छ। कात्तिकमा देशकै सबैभन्दा बढी राजस्व उठाउने वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको जम्मा १.०१ प्रतिशत राजस्व असुलेको छ। दुई देशको सीमा छुट्याउने दसगजामा बग्ने सिर्सिया नदीमाथिको मैत्री पुलमा मधेसबादी मोर्चाको धर्ना छ। यसले यातायात ठप्प छ। भारत तथा तेस्रो मुलुकबाट आयातित मालवस्तु भित्रिने मुख्य भन्सार नाकाको प्रवेशमार्गमा जारी धर्ना देखाउँदै भारतीय पक्षले समेत सो नाकामा कागजी प्रक्रिया रोकेको छ। असोज ७ गते सुरु भएको नाकाबन्दीले राजस्व असुलीमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ। कात्तिकको राजस्व असुली लक्ष्य सात अर्ब ३० करोड ५९ लाख रहेकोमा सात करोड ३९ लाख ९३ हजार मात्र संकलन भएको छ। ९९ प्रतिशत राजस्व उठ्न सकेन। पोहोर कात्तिकमा यसले लक्ष्यभन्दा २.८३ प्रतिशत बढीले पौने सात अर्ब रुपैयाँ असुलेको थियो। त्यस्तै असोजमा ७४.२३ प्रतिशत राजस्व गुमेको थियो। पहिलेदेखि भित्रिएको मालसामानबाट उठेको राजस्व बापत असोजमा असुली केही जोगिए पनि २५ प्रतिशत मात्र असुली भएको भन्सारका सूचना अधिकारी सुशील शर्माले बताए। सात अर्ब ७८ करोड ६७ लाख ८९ हजार असुलीको लक्ष्य राखिएको असोजमा दुई अर्ब ६४ लाख ६७ हजार मात्र संकलन गरेको छ। नाकाबन्दी नहुँदै मधेस आन्दोलनको प्रभावले यसलाई भदौमा लक्ष्यको आधा असुली गर्न पनि मुस्किल परेको थियो। भदौको लक्ष्य ८ अर्ब ८२ करोड ५० लाख २८ हजारको ५५.६५ प्रतिशत ४ अर्ब ९१ करोड १३ लाख ३७ हजार असुली भएको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउनबाहेक बाँकी समय बन्दको मारमा परेपछि पहिलो चौमासिकमा लक्ष्यको ४५.८९ प्रतिशत मात्र राजस्व उठेको छ। भन्सार अधिकारीका अनुसार वार्षिक लक्ष्य पूरा गर्न प्रत्येक कार्य दिनमा लक्ष्य हासिल गर्नुपर्ने भएकोले आगामी दिनको असुलीबाट यसको भर्पाइ हुँदैन। यसबीचमा अर्बौ मुल्यको मालवस्तु विराटनगर र भैरहवा नाकातर्फ गएको वीरगन्ज भन्सारका कार्यालय प्रमुख मित्रलाल रेग्मीले बताए। 'अनौपचारिक रुपमा लोकल पैठारीबाट आउने धेरै मालसामान रक्सौल आएर पनि अरु नाकातर्फ गएको जानकारी आएको छ,' रेग्मीले भने, 'औपचारिक आयातबाट आउने मालसामानका 'कन्साइनमेन्ट'को नाका परिर्वतन भए पनि त्यसको यकिन तथ्यांक छैन।' उसै पनि महिनौंसम्म रक्सोलमा घेरिएर विलम्ब शुल्क र जरिवानाको भार बढेको वस्तु भैरहवा वा विराटनगर लैजानु पर्दा लाग्ने अर्को भाडा थपिँदै छ। 'मरता क्या न करता,' औषधि आयातकर्ता प्रकाश खण्डेलवालले भने, 'बाध्य छन्, व्यापारी र कच्चा पदार्थ मगाएका उद्योगी।' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक, चीनसँग जोडिने ९ वटा र भारतबाट जोडिने २० वटा गरी नेपालमा रहेका ३० भन्सार कार्यालयमध्ये वीरगन्ज एक्लैलाई ५१ प्रतिशतभन्दा बढी राजस्व असुलीको लक्ष्य दिइएको छ। चालु आर्थिक वर्षमा भन्सार विभागले लिएको असुलीको लक्ष्य २ खर्ब ५ अर्ब रुपैयाँ छ भने वीरगन्ज भन्सारलाई मात्र १ खर्ब ३ अर्ब रुपैयाँ छ।

सरकारको कमजोरीले संकट गहिरियो

नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतीय नाकाबन्दीका कारण मुलुकको जनजीवन निकै कष्टकर र गम्भीर भएको निष्कर्ष निकालेका छन्। तराई–मधेस आन्दोलन र भारतको नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ। आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण केन्द्रीय बैंकले गरिसकेको छ। तराईमा जारी आन्दोलन र भारतको नाकाबन्दीले इन्धन अभाव गहिरिँदा जनताले सास्ती बेहोर्नु परेको छ। जनताको घरमा चुलो बल्न छाडेेको छ। औषधि नहुँदा बिरामीले अकालमा ज्यान गुमाइरहेका छन्। अझै लामो समय तराई आन्दोलन र भारतीय नाकाबन्दी हट्ने देखिँदैन। देशमा देखिएको बिषम परिस्थिति अन्त्य गर्न सरकारले संवैधानिक प्रक्रियाअनुसार संकटकाल घोषणा गर्नुपर्छ। संकटकाल लगाएर आपूर्ति सहज बनाउनुपर्छ। इन्धन अभाव हुन नदिन वैकल्पिक व्यवस्था गर्नुपर्छ। भारतसँगको सम्बन्ध सुधार गरी अत्यावश्यक वस्तु आयात गर्नुपर्छ। चीनबाट इन्धनलगायत वस्तु आयात गर्न ढिला गर्नु हुँदैन। चीनबाट इन्धन ल्याउन थप नाका खोल्नुपर्छ। भारतको मात्र भर पर्दा हामीले यस्तो दुःख बेहोनुपरेको हो। अत्यावश्यक वस्तुहरु चीनबाट आयात गर्न सके आपूर्ति सहज हुनेछ र भविष्यमा यस्तो समस्या झेल्नु पर्ने छैन। तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण अत्यावश्यक वस्तु अभाव भएको छ। यस्तो परिस्थितिमा मितव्ययिता अपनाउनु पनि आवश्यक छ। सरकारले मितव्ययिताको सिद्धान्त अनुकरण गर्नुपर्छ। मन्त्रीलाई सिंहदरबार र आवास जान–आउन माइक्रोबसको व्यवस्था गर्न सके पनि इन्धन खपत कम हुन्छ। त्यसरी बचत भएको इन्धन नागरिकलाई दिन सके आवतजावत सहज हुन्थ्यो। सरकारी कर्मचारीलाई पनि मन्त्रीलाई जस्तै माइक्रोबसको व्यवस्था गरे उनीहरुले गने इन्धन खपत पनि घट्ने थियो। यसरी बचाएको इन्धन जनतालाई वितरण गर्दा उनीहरुको मनोबल उच्च हुन्थ्यो। अहिले कालोबजारी मौलाएको छ। उपभोक्ता एक सिलिन्डर ग्यासलाई ७ हजार रुपैयाँ तिर्न बाध्य छन्। एक लिटर पेट्रोल किन्न ५ सयसम्म तिर्नुपर्ने स्थिति छ। इन्धनलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। कालोबजारी जताततै व्याप्त छ। सरकारले वितरण प्रणाली व्यवस्थित गर्न नसकेका कारण यस्तो स्थिति देखिएको हो। अनुशासनको अभाव छ। सरकारले अनुशासन पर्व घोषणा गर्नुपर्छ। कर्मचारीमा अनुशासनको कमी छ। सरकारले अनुशासन कायम गरेर नागरिकको मन जित्नुपर्छ। सरकारले ग्यास, इन्धन, औषधि जस्ता अत्यावश्यक वस्तु आपूर्ति सहज बनाउन सक्नुपर्छ। संकटकाल लगाएर भए पनि अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनु पर्छ। यसका लागि अवरोध नभएका भारतीय नाका र चीनका ७ नाका प्रयोगमा ल्याउनुपर्छ। सरकारको हनिमुन अवधि सकिएको छैन, तर उसको अक्षमता देखिइसकेको छ। नेपाली अर्थतन्त्रमा सुशासनको अभाव, कालोबजारी व्याप्त छ। नेपालले यसअघि पनि नाकाबन्दीको सामना गरेको थियो। अहिले जस्तो अस्तव्यस्त कहिले पनि भएको थिएन। नेपालले भोग्नुपरेको नाकाबन्दी यो तेस्रो हो। यसअघि यति अप्ठेरो परिस्थितिको सामना गर्नुपरेको थिएन। नेपालले योजनाबद्ध विकास गर्ने नीति ल्याएको ६ दशकभन्दा बढी भएको छ। यसबीचमा सजिलोसँग बसेर खाने अर्थतन्त्र विकास गरेका रहेछौं। सरकारको एकाधिकार भएको ठाउँमा कहिले पनि विकास हुँदैन। सरकारको एकाधिकार झन्झन् बढेको छ। जनताले तिरेको करबाट एकथरिले मोज गरेका छन्। भ्रष्टाचार व्याप्त छ। गत वर्ष १ खर्ब १० अर्बको पेट्रोलियम आयात भएको छ। निर्यात ८५ अर्बको मात्र भएको छ। एक वस्तु आयात गर्न पनि नपुग्ने वस्तु निर्यात गरेका छौं। यसलाई के निर्यात गरेको भन्ने? आठ वर्षमा सातवटा सरकार परिवर्तन गरिसकेका छौं। तर, आर्थिक उन्नति गर्न सकेका छैनौ। निजी क्षेत्रको सहकार्यविना आर्थिक विकास सम्भव छैन। तर, यहाँ लामो समय निजी क्षेत्रलाई प्रवेश गराइएन। लामो समय पावर र पलिटिक्समा बसेकाले भरपुर आनन्द लिए। नागरिकले यसबीचमा केही सुविधा पाएनन्। तराई–मधेस आन्दोलन र भारतको नाकाबन्दीले अर्थतन्त्रमा ५ खर्ब ४० अर्बको क्षति भएको अनुमान मेलै गरेको छु। कालोबजारीका कारण समानान्तर अर्थतन्त्र विकास भएको छ। इन्धन, ग्यास, औषधि लगायत वस्तुको वितरण प्रणाली सुधार्नुपर्छ। अहिले अवस्थाले नागरिकको आयमा कमी आएको छ। बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ र बेरोजगारी बढेको छ। नेपालको अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन सक्नुपर्छ; आत्मनिर्भरता बढाउनु पर्छ। यी सबै समस्या राजनीतिसँग गाँसिएका छन्। तराई–मधेसका मागलाई सम्बोधन गर्नुपर्छ। भारतसँगको सम्बन्ध सुधार गर्न उच्चस्तरीय वार्ता कमिटी गठन गर्नुपर्छ। समस्या समाधानका लागि तुरुन्तै पहल थाल्नुपर्छ।

१७ पेट्रोल पम्प सिल

काठमाडौं- चिप्स प्रयोग गरी तेल वितरण गर्ने डिजिटल नोजल आफूअनुकूल बनाई उपभोक्ता ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाका १७ पेट्रोल पम्प सिल गरेको छ। काठमाडौं र ललितपुरका पम्पबाट पक्राउ गरिएका आठ सञ्चालक र पाँच प्राविधिकविरुद्ध प्रहरीले ठगी आरोपमा अनुसन्धानसमेत अगाडि बढाएको छ। काठमाडौंका १६ र ललितपुरको एक पम्पमा छापा मारेर प्रहरीले ८ जना पम्प सञ्चालक र ५ जना प्राविधिकलाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरू उपभोक्ता ठगीमा संलग्न रहेको भन्दै अनुसन्धानका लागि काठमाडौं र ललितपुर जिल्ला अदालतबाट सोमबार म्याद लिएको छ। 'तत्काल ठगी मुद्दामा अनुसन्धानका लागि म्याद लिएका छौं,' महानगरीय प्रहरी अपराध महशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, 'यससँगै कालोबजारीमा समेत जोडेर अनुसन्धान अगाडि बढाउँछौं।' भारतबाट प्राविधिक ल्याएर नोजलमा चिप्स जडान गरी रिमोटमार्फत उपभोक्तालाई तोकिएभन्दा कम परिमाणको इन्धन दिएर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार र सोमबार गरी १७ वटा पम्पमा छापा मारी चिप्स र रिमोट कन्ट्रोलसहित सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको थियो। महाशाखाले आइतबार महालक्ष्मी पेट्रोल पम्प, बालकुमारी पम्प, क्रिस्टल पेट्रोल पम्प, युनिक पेट्रोल पम्प र प्रशान्त आयल स्टोरलगायत १६ वटा पम्पमा छापा मारेर चिप्स र रिमोटसहित सञ्चालक र प्राविधिकलाई पक्राउ गरेको थियो। सोमबार चाबहिलको पुष्पाञ्जलि पप्पमा छापा मारेर सिल गरेको थियो। नौवटा पम्पका सञ्चालक पक्राउ परेका छैनन्। नापतौल विभागको अनुमतिमा पम्पहरुको मर्मत जिम्मा पाएका भारतीय नागरिक आयोव आलमको सहयोगमा पम्प सञ्चालकले डिजिटल नोजलको परिमाण आफूअनुकूल बनाएर ठगी गर्न चिप्स जडान गरी रिमोटमार्फत नियन्त्रण गर्ने गरेको खुलेपछि महाशाखाले आयोवसहित ६ प्राविधिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकाले प्रारम्भिक बयानमा उपत्यकाका १७ पम्पमा आफूले यस्तो प्रविधि जडान गरिदिएको र त्यसबापत प्रतिपम्प ३० हजार लिने गरेको स्विकारेपछि प्रहरीले आलमलाई आफूसँगै लिएर उनले चिप्स जडान गरेका पम्पमा छापा मारेको थियो। छापा मार्दा आलमले दाबी गरेअनुसारकै रिमोट र चिप्स फेला परेपछि सञ्चालकलाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा नौ महिनाअगाडि उनीहरुले चिप्स जडान गरेर उपभोक्तालाई ठगी गरिरहेको खुलेको छ। चिप्स जडान गरेपछि नोजललाई रिमोटमार्फत नियन्त्रण गरी १ सय लिटरमा ४ लिटरसम्म कम तेल दिए पनि अंक भने उही देखाउने गरेको जानकारी दिँदै ठगीमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए।

प्रधानमन्त्रीको फोन गाउँकी महिलाले उठाएपछि…

प्रधानमन्त्रीको फोनकल डाइभर्ट भएर एकजना सामान्य महिलाले उठाएपछि के होला ? आइसल्याण्डमा त्यस्तै भएको छ । त्यहाँको ग्रामीण भेग रेक्जाभिककी एक महिलाको फोनमा हालै देशका प्रधानमन्त्रीको फोनको कल डाइभर्ट भएपछि उनले प्रधानमन्त्रीको फोनमा आएका कल उठाइन् । इंगिब्जर्ग सिंगुर्भिन्स्डटरको फोन बिहान साढे ९ बजे बज्यो । तर त्यो फोन उनलाई गरिएको फोन थिएन । कसैले प्रधानमन्त्रीलाई गरेको फोनकल थियो । एक संचारमाध्यम सँगको कुराकानीमा ती महिलाले प्रधानमन्त्रीका लागि आएको फोनकल उठाउन पाउँदा खुसी भएको भन्दै आफु देशको एकजना नागरिक भएको हुँदा देशलाई सहयोग गर्न तयार रहेको बताइन् । समाचार अनुसार प्रधानमन्त्री कार्यालयको सुरक्षा गार्डले रातीको समयमा अफिसको फोनकल आफ्नो मोबाइलमा कल डाइभर्ट गर्ने क्रममा भुलवस अर्कै नम्बर थिचिएपछि प्रधानमन्त्री कार्यालयमा आएका फोनकल सप्पै ती महिलाको मोबाइलमा पुगेका रहेछन् । आफु ड्युटीमा फर्किँदा उनले डाइभर्ट गरिएको कल फर्काउन पनि भुलेछन् । त्यसपछि अर्को दिन बिहान अफिसको ड्युटीमा आएका कर्मचारीले प्रधानमन्त्री कार्यालयको फोनमा कुनै फोनकल नआएको देखेपछि अचम्म माने । पछि पो बल्ल थाहा भयो की कार्यालयको फोनको कल डाइभर्ट गरिएको रहेछ, त्यो पनि कुनै अपरिचित नम्बरमा । प्राविधिकहरुले त्यो समस्या छिनभरमै सुल्झाए । प्रधानमन्त्रीका सहयोगी जोहेन्स थोर क्लसनले घटनाको बारेमा जानकारी दिँदै प्रधानमन्त्री कार्यालयको फोन झर्को नमानिकन उठाइदिएर सहयोग गरेकोमा ती महिलालाई राज्यको तर्फबाट हार्दिक धन्यवाद दिए । हाम्रो कर्मचारी नभएपनि उनले निकै गर्वसाथ काम गरेकी छिन्: उनले भने । उता प्रधानमन्त्री कार्यालयको फोन उठाएर जवाफ दिन पाउँदा ती महिलाको पनि भुइँमा खुट्टा छैन । राज्यले आफ्नो सहयोग चाहिएमा फेरि आग्रह गर्नसक्ने र आफु सहयोगका लागि सधै तयार रहेको उनको भनाइ छ ।

नाकाबन्दीका कारण पहाडी जिल्लामा औषधि रित्तिँदै

भारतको नाकाबन्दीका कारण सुदूरपश्चिम र पूर्वका पहाडी जिल्लामा अत्यावश्यक औषधिको चरम अभाव भएको छ। त्यसले आकस्मिक स्वास्थ्य सेवासमेत प्रभावित भएको छ। अक्सिजनसमेत नहुँदा गम्भीर प्रकृतिका बिरामी ठूलो समस्यामा परेका छन्। ‘औषधि अभावमा बिरामीको ज्यान जोखिममा पर्न थालेको छ,’ उपक्षेत्रीय अस्पताल डडेलधुराका डा. राजेश बाहुनले भने, ‘सुदूरको एकमात्र उपक्षेत्रीय अस्पतालमा समेत औषधि अभाव छ भने अन्य अस्पतालको अवस्था सहजै अनुमान गर्न सकिन्छ।’ उनका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लाबाट दैनिक ३/४ सय बिरामी उपचारका लागि आउने उपक्षेत्रीय अस्पताल मात्र नभई निजी क्लिनिक र औषधि पसलमा समेत अत्यावश्यक औषधिको अभाव भएको छ। ‘छिटोभन्दा छिटो आपूर्ति नहुने हो भने स्थिति गम्भीर हुन सक्छ,’ उनले भने। उक्त अस्पतालस्थित साझा औषधि पसलका प्रमुख टोपबहादुर पौडेलका अनुसार विभिन्न जिल्लाबाट आउने बिरामी औषधि नपाएर रित्तै फर्कन बाध्य छन्। त्यही समयमा चिसोका कारण वृद्धवृद्धामा दम र बालबालिकामा निमोनियाको संक्रमण बढेको छ। यस क्षेत्रमा तराईका विभिन्न सहर र सीमावर्ती भारतीय बजारबाट औषधि आयात हुन्थ्यो। सुदूरपश्चिमका पहाडी क्षेत्रमा औषधि अभाव भएको डेढ महिना बितिसकेको छ। सरोकारवाला निकायले कुनै चासो नदिएको स्वास्थ्यकर्मीको गुनासो छ। सीमावर्ती भारतीय बजारबाट ल्याउनसमेत भारतीय पक्षले अवरोध गरेको सुजंग अस्पताल डोटीका प्रमुख पुष्करराज पनेरूले बताए। ‘पहाडी जिल्लामा औषधि नपाएपछि तराईका कैलाली र कञ्चनपुर पुग्ने बिरामीले समेत अभाव झेल्नुपरेको छ,’ पनेरूले भने, ‘भारतीय बजारमा स्थानीय प्रशासनले थोकमा औषधि नबेच्न निर्देशन दिएका कारण सामान्य आयातसमेत हुन नसकेको हो।’ असोजदेखि नै आपूर्ति ठप्प सुदूरपश्चिम औषधि व्यवसायी संघका अध्यक्ष दुश्यन्त बस्नेतले अस्पताल र औषधि पसलमा असोजदेखि नै आपूर्ति गर्न नसकिएको बताए। उनका अनुसार ९० प्रतिशत औषधि वीरगन्ज नाकाबाट आयात हुन्छ। मधेस आन्दोलन र भारतको नाकाबन्दीले भारतबाट आयात हुने ९० प्रकारका अत्यावश्यक औषधि ल्याउन नसकिएको उनले जनाए। स्वदेशमा उत्पादित औषधिसमेत इन्धन अभावमा ढुवानी हुन नसकेको उनले जानकारी दिए। सरकारले उपलब्ध गराउँदै आएको ४० प्रकारका औषधिसमेत सुदूरपश्चिममा बढीमा एक महिनालाई पुग्ने मौज्दात छ। क्षेत्रीय मेडिकल स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले सरकारले उपलब्ध गराउने सबै प्रकारका औषधि रित्तिँदै गएको जानकारी दिए। ‘पथलैया र काठमाडौंबाट सोमबार औषधि लोड गरेर केन्द्रीय कार्यालयले पठाउँदै छु भनेको छ,’ उनले भने, ‘आउन सकेन भने एक महिनाभन्दा बढी धान्न सकिँदैन।’ क्षेत्रीय मेडिकल स्टोरमा पनि २० भन्दा बढी प्रकारका औषधि सकिएको उनले बताए। अभावकै कारण चिकित्सकहरूले सिफारिस गरेका औषधि बिरामीले पाउन सकेका छैनन्। सेती अञ्चल अस्पतालका डा. शुभेषराज कायस्थले बिरामीलाई वैकल्पिक औषधि लेखेर दिनुपर्ने अवस्था आएको बताए। नाकाबन्दी लम्बियो भने औषधिको चरम अभाव हुने उनले बताए। नि:शुल्क औषधि पनि छैनन् पहाडी जिल्लामा मात्र होइन, तराईको कञ्चनपुरमा पनि सिटामोललगायत अत्यावश्यक औषधि सकिन लागेको स्वास्थ्यकर्मीहरूले जानकारी दिए। उनीहरूका अनुसार सरकारले नि:शुल्क वितरण गर्ने भनेका ३५ प्रकारका औषधिमध्ये अधिकांश उपलब्ध छैनन्। ‘नयाँ आर्थिक वर्ष सुरु भएयता आयात हुनै सकेको छैन,’ जिल्ला जनस्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले भने, ‘पुरानो मौज्दात पनि रित्तिँदै छ।’ औषधि व्यवसायीहरूका अनुसार दीर्घरोगीहरूका लागि आवश्यक औषधि अभाव भइसकेको छ। खासगरी दम, मधुमेहलगायत लामो समयसम्म सेवन गर्न‘पर्ने औषधि पाउन नसकिने अवस्था सिर्जना भएको छ। ‘नियमित रूपमा सेवन गर्नुपर्ने मुटु, रक्तचाप र डाइबिटिजका औषधि अभाव छ,’ कामना मेडिकल महेन्द्रनगरका सञ्चालक गोपाल पन्तले भने, ‘छारे, मानसिक रोग र विषादी प्रयोगजस्तो आकस्मिक उपचारमा प्रयोग हुने औषधिको चरम अभाव छ।’ पन्तका अनुसार प्रयोगशालामा चाहिने रसायनहरूको पनि अभाव भएको छ। कञ्चनपुरमा धनगढीका ६ र महेन्द्रनगरका ५ वितरकसँगै नेपालगन्जबाट पनि औषधि आपूर्ति हुने गरेको थियो। भारतीय औषधि पनि भित्रिने गरेका थिए। ‘व्यवसायीले भारतबाट औषधि आयात गर्न पाएका छैनन्,’ उनले भने, ‘चिकित्सकले लेखेका औषधि छैन भनेर पठाउनुपर्ने अवस्था छ।’ औषधि व्यवसायी संघ कञ्चनपुरका सदस्य गजेन्द्र लेखकका अनुसार भारतीय कम्पनीका औषधि पाइन छाडेको छ। ‘इन्जेक्सनमार्फत प्रयोग हुने औषधिहरू छैनन् भन्दा पनि हुन्छ,’ उनले भने, ‘अधिकांश त्यस्ता औषधि भारतीय कम्पनीकै भएकाले बढी समस्या परेको हो।’ पूर्वी पहाडमा हाहाकार इलाममा औषधिको चरम अभाव सुरु भएको छ। सरकारले नि:शुल्क वितरण गर्ने औषधि नै ९० प्रतिशत सकिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला अस्पतालसहित ४ प्राथमिक स्वास्थ्य केन्द्र र ४४ स्वास्थ्यचौकीमा औषधि रित्तिँदै गएको कार्यालय प्रमुख राजकुमार पोखरेलले बताए। दसैं अघिदेखि नै अभाव सुरु भए पनि त्यसपछि केही मात्रामा आएको औषधिले अहिलेसम्म धानेको थियो। स्वास्थ्य संस्थाले माग गरिरहेका छन्, जिल्लामा मौज्दात नभएकाले पठाउने अवस्था छैन। बिरामीको चाप धेरै हुने चुलाचुली, फिक्कल, मंगलबारेलगायत क्षेत्रमा धेरै औषधि सकिएका छन्। गर्भवतीले प्रयोग गर्ने आइरन चक्की, एन्टिबायोटिक, एन्टिएलर्जिकजस्ता औषधि पाइन छाडेको छ। सदरमुकाममा रहेका आधा दर्जन निजी क्लिनिक सञ्चालकहरूका अनुसार बजारमा पनि अभाव चुलिँदै गएको छ। बिरामीले मागेको औषधि दिन सक्ने अवस्थामा नरहेको ताप्लेजुङका औषधि व्यवसायी सुन्दरमोहन शाक्यले बताए। उनका अनुसार मधुमेह, रक्तचाप, मुटुलगायत बिरामीका औषधि सकिएका छन्। ‘बिरामीले खाँदै आएको औषधि दिन सक्ने अवस्थामा छैनौं, पाएसम्म त्यसैको काम गर्ने अर्को कम्पनीको औषधि दिनुपर्ने अवस्था छ। तर बिरामीले लान मानेका छैनन्,’ स्वास्थ्यकर्मी रमेश आचार्यले भने। आगामी साता दिनसम्म औषधि आयात गर्न नसके रक्तचाप र मधुमेहको वैकल्पिक औषधि पनि दिन नसकिने उनले बताए। चिसोका कारण अस्पतालमा बिरामी तुलनात्मक रूपमा कम छन्। सोही कारण चरम अभाव महसुस नभएको आचार्यले बताए। जिल्ला अस्पतालले सुत्केरी महिलाका लागि आवश्यक औषधि गत कात्तिकमा क्लिनिकबाट खरिद गरेको थियो। जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले भने एक महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ। वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर प्रसाईंका अनुसार केही दिनअघि केन्द्रबाट ल्याइएको औषधि थोरै जगेडा छ। ‘अत्यावश्यक औषधि भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘निजी औषधि पसलहरूमा पनि औषधि छन्।’ सुत्केरी गराउँदा आवश्यक अक्सिटोसिन, ब्रुफिन, ग्यास्ट्रिकका औषधि र सर्जिकल सामान भने अपुग रहेको उनले बताए। तिहारपछि तराईको बन्द केही खुकुलो भएका बेला औषधि ल्याएको उनले जनाए। पूर्वका जोगबनी र काँकडभिट्टा नाकामा औषधि बोकेका सवारीसाधन रोकिएको जानकारी नआएको भन्सार प्रमुखहरूले जनाएका छन्। औषधिका कच्चा पदार्थ पनि निर्वाध आइरहेको उनीहरूको भनाइ छ। तर, ती नाकाबाट छिरेका औषधिले थोरै अंश पनि पुग्दैन। व्यवसायीहरूका अनुसार वीरगन्ज नाका सुचारु नहुन्जेल अभाव हट्न सक्दैन। पूर्वका १६ जिल्लामा औषधि आपूर्ति गर्दै आएको पुर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरले भने अत्यावश्यक औषधिको अभाव सुरु भएको जनाएको छ।