Thursday, May 19, 2016

तेलखानी चलाउने विषय चाहीँ हावामै दिएछन् प्रधानमन्त्री ओलीले

काठमाण्डु, ७ जेठ– नेपाली प्राविधिकसहितको ६ सदस्यीय चिनियाँ टोलीले मोरङको बाहुनीमा पेट्रोल खानी अन्वेषण सुरु गरेका छ । तर, त्यहाँ तेल छ कि छैन अझै यकिन भइसकेकेका छैन । तीन वर्षभित्र अन्वेषणको काम पूरा हुने चिनियाँ टोलीले जनाएको छ । सकेसम्म छिटो प्रारम्भिक अध्ययन सकेर ब्यावसायिक उत्खनन्को सम्भाव्यता अध्ययन हुने चिनियाँ टोलीले जनाएको छ । यसअघि चिनियाँ टोलीले दैलेख, धनगढी, नेपालगन्ज, लुम्बिनी, चितवन, वीरगन्ज, मलंगवा, जनकपुर, राजविराज र मोरङमा खानी अन्वेषण सम्भाव्यता अध्ययन गरेको थियो । अन्वेषण पूर्ण नहुँदै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र नेपालको आफ्नै तेलखानी हुने अभिव्यक्ति दिए । नयाँ पत्रिकाबाट

No comments:

Post a Comment