Thursday, May 12, 2016
डस्ने सर्पलाई च्याप्पै समातेर महिला पुगिन् अस्पताल
भनिन्छ मुर्ख मानिसले आफुलाई कुकुरले टोक्यो भने कुकुर धपाउन तिर होइन कुकुरको खुट्टा टोक्नतर्फ लाग्दछ । सर्पले टोक्यो भने सर्प समात्न तर्फ लाग्दा हुन् मुर्खहरु, आफ्नो उपचारमा ध्यानै नदिई । तर यदि कोही मानिस आफैलाई डस्ने सर्पलाई च्याप्पै समातेर उपचारका लागि अस्पताल पुग्छ भने त्यसलाई के भन्ने ?
छिमेकी देश भारतमा भएको छ यस्तै । भारतको कर्नाटक राज्यस्थित अंकेलामा यो घटना भएको हो ।
खेतमा काम गरिरहेको बेला लीलावती गौडा नामकी एक महिलालाई सर्पले डस्यो । सर्पले डेसपछि त्यसको घरेलु उपचार गरी जतिसक्दो छिटो अस्पताल जानुपर्नेमा उनी उल्टै आफुलाई डस्ने सर्पको पछि कुँद्न थालिन् । अनि उनले सर्पलाई पक्रिन सफल भइन् । आफुले पक्रेको उक्त सर्प समातेरै उनी आफ्नो उपचारका लागि अस्पताल गइन् ।
सर्प समातेर अस्पताल जानु कुनै सनकको भरमा गरिएको काम थिएन । वास्तवमा उनी आफुलाई डस्ने सर्प कत्तिको विषालु हा भन्ने कुरा हेर्न चाहन्थिन् । त्यतिमात्र होइन सर्पलाई छाडियो भने त्यसको विष आफ्नो सरीरमा फैलिन्छ भन्ने धारणा पपनि उनमा रहेछ ।
सर्पले डसेसँगै उनको मुख सुन्निन थालेको थियो । त्यसैले उनले तत्कालै आफुलाई डस्ने सर्पको पछि पछि कुँदेर त्यसलाई समाती झोलामा हालेर आफुसँगै अस्पताल लगेकी थिइन् ।
उनले अस्पताल गएपछि समेत सर्पलाई नछाडेपछि अस्पतालका अधिकारीहरुले पुलिस बोलाएर सर्प खोस्न लगाएका थिए । उनलाई डस्ने सर्प निकै विषालु रहेको तथ्य पत्ता लागेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment