Thursday, May 19, 2016

यो हो विश्वकै उत्कृष्ट नोट

काठमाडौं – अमेरिकाको हरियो डलर विश्वमै चलेको पैसा हो । तर वनावटको हिसाबले हेर्ने हो भने न्युजिल्याण्डको पैसा विश्वकै राजा मानिन्छ । इन्टरनेशनल बैँक नोट सोसाइटीले न्युजिल्याण्डका ५ डलरको नोटलाई बौकनोट अफ दि इयर २०१५ को अवार्ड प्रदान गरेको छ । सुरक्षाका लागि नोटमा राखिएका स्टिकरदेखी डिजाईनसम्मलाई आधार मान्दै यस नोटलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो । इन्टरनेशनल बैँक नोट सोसाइटी (आईबिएनएस) ले सुन्तला र खेरौ रंगको नोटलाई आर्कषक र उत्कृष्ट ठहर गरेको हो । यस नोटको अगाडीपट्टीको भागमा सगरमाथाका प्रथम आरोही सर इडमन्ड हिलारी र न्युजिल्याण्डको सर्वोच्च शिखर माउन्ट ककको तस्विर छ । नोटको पछाडीपट्टीको भागमा पहेलोँ आँखा भएको पेन्गुइन छ । यस पेन्गुइनले आँखा फेर्दै गरेको छ । यस अवार्डका लागि २० देशका ४० नोटहरु प्रतिस्पर्धामा थिए । अवार्डमा २०१५ मा जारी गरिएका बैँक नोटहरुले मात्रै सहभागिता जनाउन पाउने प्रावधान छ । सन् २०१५ मा विश्वभर १ सय ५० नयाँ बैँकनोट सार्वजनिक भएका थिए । त्यसमध्ये ४० वटाले प्रतिस्पर्धामा सहभागिता जनाउन पाए । न्युजिल्याण्डपछि स्विडेनको २० क्रोनोरको नोट, रुसको १ सय रुवेलको नोट, काजाकिस्तानको २० हजार टेन्जको नोट र स्कटल्याण्डको क्लाईडेसडेल बैँकको ५ रुपैयाँको नोट क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहे । विजेता बैँकनोटका विषयमा कुरा गर्दै न्युजिल्याण्डको रिजर्भ बैँकका सहायक प्रवक्ता जीअफ बासक्यान्ड भन्छन्–‘यस नोटमा संसारकै सुरक्षित फिचर्सहरु छ । त्यससँगै यसमा न्युजिल्याण्डको इतिहास, संस्कृत र सम्पदा झल्काइएको छ ।

No comments:

Post a Comment