Thursday, May 19, 2016

अस्पताल हिँडेका क्यान्सर र मुटु रोगीसँग नारायणी यातायात व्यवसायी संघले भाडा नलिने

क्यान्सर रोग लागेर उपचारका लागि भरतपुरमा रहेको बिपी मेरोरियल क्यान्सर अस्पतालमा जाने विरामीहरुसँग लागि देशकै ठूलो यातायात व्यवसायीहरुको संस्था नारायणी यातायात व्यवसायी संघले भाडा नलिने भएको छ। विरामीहरुको ध्यानलाई सुविधामा राखेर यस्तो निर्णय गरिएको संघका अध्यक्ष बद्री चौलागाईंले सेतोपाटीलाई बताए। अस्पतालले उपचारका लागि दिएको कार्ड देखाएपछि भाडा नलिन सबै काउन्टरहरुमा पत्राचार गरिएको उनले बताए। संघका १७ सय भन्दा बढी यात्रुवाहक साधन छन् । यसका साथै ट्रकहरुबाट पनि उनीहरुलाई सित्तैमा भरतपुरसम्म लगिदिने उनले बताए। क्यान्सरको साथसाथै मुटु रोगीका विरामीहरुलाई पनि भाडा नलिने उनले बताए। विरामीहरु धेरै पटक अस्पताल जानुपर्ने भएकाले उनीहरुलाई केही राहत होस भनेर सो निर्णय गरिएको संघका पूर्वअध्यक्ष गोकर्ण पराजुलीले जानकारी दिए।

No comments:

Post a Comment