Thursday, May 12, 2016

१० लिटर लागूअाैषध कोरेक्ससहित २ भारतीय पक्राऊ

३० वैशाख, भैरहवा । लागूऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाले रुपन्देहीको सीमा नाका बेलहिया क्षेत्रमा १० लिटर लागुऔषधसहित २ जना भारतीय नागरिकलाई पक्राऊ गरेको छ । ब्युरोका प्रहरी हवल्दार प्रभु कोहारको नेतृत्वमा खटिएको टोलीले लागूऔषध सहित २ भारतीयलाई पक्राऊ गरेको हो । पक्राऊ पर्नेहरुमा भारर्तीय सिमावर्ती बजार थाना कोतवाली सुनौली ग्राम जुगौलीका २८ वर्षीय सुरेश गौड र सोही स्थानका १२ वर्षीय श्याम शाह रहेको ब्युरो शाखा भैरहवाका हवल्दार कोहार बताए । उनीहरुले लागुऔषध ओसारपसारमा प्रयोग गरेको लु ७ प ५७५८ नम्बर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिट माथि १० लिटर कोरेक्स ग्यालेनमा लुकिछिपी ल्याइरहँदा गौड र शाह पक्राऊ परेका हुन् । उनीहरुले सिमावर्ती भारतीय बजारमा रहेको वर्मा मेडिकलबाट कोरेक्स खरिद गरेको प्रराम्भिक अनुसन्धानमा खुलेको र थप अनुसन्धान भइरहेको ब्युरोका हवल्दार कोहार बताए ।

No comments:

Post a Comment