Wednesday, May 11, 2016

चिहानबाट आवाज आउँछ: म ज्यूँदै छु, बाहिर निकाल

सुन्दा कुनै भुताहा फिल्मको काल्पनिक कथा जस्तो लाग्नसक्छ । तर यो सत्य घटना हो, भारतको । भारतको मेरठस्थित जलालपुर गाउँमा एक डरलाग्दो घटना भएको छ । त्यहाँ एकजना युवकको शव गाडेको चिहानभित्रबाट आवाज निस्कने गरेको छ । चिहानभित्रबाट म ज्यूँदै छु, मलाई निकाल भन्ने आवाज निरन्तर आउने गरेको छ र त्यहाँ मानिसहरु गुनगुनाएको आवाज पनि सुनिने गरेको छ । आफ्नो मृतक छोरालाई गाडेको चिहानबाट यस्तो आवाज आउन थालेपछि मृतकका बुवाले चिहान खोतलिदिनका लागि प्रहरीसामु अनुरोध गरेका छन् । चिहानबाट आवाज आउन थालेपछि गाउँलेहरु त्रसित छन् र कुनै प्रलय हुने डरमा छन् । दुइ महिना पहिले मृत्यु भएका इरफाम मोहम्मद नामका युवकलाई उक्त चिहानमा गाडिएको थियो । इरफानका भाइ दीनका अनुसार उनका दाइलाई अन्त्यष्टि गरेको केही दिनसम्म त यसबारेमा केही थाहा थिएन । तर, जब उनी एक दिन उक्त चिहानको नजिक हुँदै हिँड्दै थिए, केही गुनगुनाएको आवाज सुने । जब उनी चिहानको नजिक पुगे उनको होसहवास उड्यो । चिहानभित्र बाट गुहार मागिएको आवाज आइरहेको थियो र आफुलाई बाहिर निकाल्न भनिएको थियो । चिहानबाट यस्तो आवाज आउन थालेपछि मृतकका बुवा तथा परिवारको पीडामा पीडा तथा भय थपिएको छ । प्रहरीले चिहान खोतलोस् र छिटै उक्त आवाजको खास कारण पत्ता लगाइदेओस् भन्ने इच्छा मृतकका बुवाको रहेको छ ।

No comments:

Post a Comment