Wednesday, May 11, 2016
साओमीले ल्यायो धातुबाट बनेको स्मार्टफोन
एजेन्सी: मोबाइलको दुनियामा प्रतिस्पर्धी बनेर आएको मोबाइल कम्पनी साओमीले आफ्नो नयाँ फ्याबलेट एमआइ म्याक्स सार्वजनिक गरेको छ।
चीनमा सार्वजनिक गरिएको यो स्मार्टफोनमा ६.४४ इन्चको डिस्प्ले रहेको छ। यस स्मार्टफोनको बडी धातुबाट बनेको छ भने हेडसे पनिधातुबाटै बनेको कम्पनीले जनाएको छ। तर हेडसेटमा बडीभन्दा कम धातु प्रयोग गरिएको छ।
कम्पनीले साओमी स्मार्टफोनलाई सिल्भर, गोल्ड र डार्क ग्रे रङगमा उपलब्ध गराएको छ। यो स्मार्टफोनमा फिंगरप्रिन्टको सेन्सर राखिएको छ।
यो स्मार्टफोनमा ३ जीबी र्याम, ३२ जीबी स्टोरेज तथा ६५० स्न्यापड्रेगन प्रोसेरमा कम्पानीले वारेन्टी दिएको छ। यसको बजार मुल्य १हजार ४ सय ९९ चीनिया युआन राखिएको छ।
यस्तै ३ जीबी र्याम, ६४ जीबी स्टोरेज तथा ६५२ स्न्यापड्रेगन प्रोसेरको मोबाइलको मुल्य १ हजार ६ सय ९९ चीनिया युआन राखिएको छ।
यस्तै ४ जीबी र्याम, १२८ जिबी स्टोरेज तथा ६५२ स्न्यापड्रेगन प्रोसेर भएको मोबाइलको १ हजार ९ सय ९९ चीनिया युआन राखिएको छ।
यो स्मार्टफोनमा १६ मेगापिक्सेलको क्यामरा राखिएको छ भने ५ मेगापिक्सेल राखिएको छ। यो स्मार्टफोनमा ४हजार ८ सय ५० एमएएचको ब्याट्री राखिएको छ। यसमा फोरजीबी सपोर्ट गर्नेछ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment