Thursday, May 12, 2016
बर्दियामा छोराले आफ्नै आमाको बलात्कार गरेपछि…
काठमाडौँ, ३० बैशाख । बर्दियामा एक व्यक्तिले आफ्नै जन्मदिने आमाको बलात्कार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार श्रीमती माईती गएका बेला मदिरा सेवन गरेर आफ्नै आमाको बलात्कार गरेको अभियोगमा बानियाभार–४ बस्ने ३० बर्षीय मल्ल थरका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
निजले बुधबार ६० बर्षीया आमालाई जवरजस्ती करणी गर्नुका साथै कुटपिट समेत गरी घाइते बनाएका बताइएको छ ।
सो घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले पीडितलाई समेत स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पतालमा पठाएको छ ।
धनुषामा बालिका बलात्कृत
यसैगरी धनुषामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिपुर हडबडा–१ बस्ने १८ बर्षीय राहुल कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले बैशाख २६ गते हरिपुर हडवडा–३ बस्ने १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको खबर बुधबार इलाका प्रहरी कार्यालय यदुकुवामा प्राप्त हुनासाथ खटिएको प्रहरीले मण्डल पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment