Wednesday, May 18, 2016

२५ घण्टामा मुखले कैँची चलाएर काटे ११८ जनाको कपाल !

भारतको उत्तर प्रदेशमा एकजना युवाले अनौठो रेकर्ड कायम गरेका छन् । मोहम्मद अन्सार नामका ती युवाले मुखले कैँची चलाएर २५ घण्टा २० मिनेटमा ११८ जनाको कपाल काटेर विश्वकिर्तिमान कायम गरेका हुन् । मुखले नै कैँची चलाएर कपाल देखि दाह्रीजँगा सम्म मज्जाले काटिदिने अन्सारले गत बुधबार राति यस्तो किर्तिमान राखेका हुन् । उनले २५ घण्टा २० मिनेटमा ११८ जनाको कपाल काट्न सफल भए, जो उनले सोँचेका पनि रहेनछन् । मुखले लगातार ११८ जनाको कपाल काटेपछि उनले मुखबाट कैँची छाडे र मानिसहरुले उनलाई फूलमाला लगाइदिएर बधाइ दिए । युएइमा हुने दुबइ फेस्टिबलका दौरान गिनिज रेकर्डधारी मानिसहरुसँगको भेटघाटपछि आफुलाई कपाल काटेर रेकर्ड राख्ने आइडिया पलाएको उनी बताउँछन् । र, भारतमै आएर उनले यस्तो किर्तिमानी काम गरेका छन् । आफ्नो किर्तिमानी कामलाई आधिकारिता दिन उनले गिनिज बुक अफ वल्र्ड रेकड्स कार्यालयमा आफ्नो निवेदन तथा कपाल कटाइको भिडियो लगायतका कागजात पठाएका छन् ।

No comments:

Post a Comment