Thursday, May 19, 2016

गर्मी मौसममा युवतीलाई ९ टिप्स

युवकभन्दा युवती फेसनमा चुजी हुन्छन् । त्यसैले त यसवतीका फेसन आइटम हप्ता–हप्तामा बदलिन्छ । टिनेजरदेखि ३५ वर्षसम्मका युवती फेसनमा बढी नै सोख राख्छन् । गर्मीको यो मौसममा युवतीका छनोटमा पर्छन्– छोटा, हल्का, खुकुला र पातलाकपडा । तर, यस्ता कपडा रहर गर्ने युवतीले तलदेखि माथिसम्मको ड्रेसअप म्याच गर्न जरुरी हुन्छ भने कपडा छान्दा रङमा पनि विशेष ध्यान दिनुपर्छ । युवतीहरुलाई गर्मीमा व्युटिफुल देखिने केी ड्रेसअप टिप्स यस्ता छन् : १. उज्याला रङका कपडा छान्नुहोस् । सेतो, गुलाबी, निलो, सुन्तलाजस्तो रङ रोज्नु राम्रो हुन्छ । बुट्टेदार कपडा पनि गर्मीमा राम्रो हुन्छ, तर उज्याला रङमा फुलबुट्टा प्रिन्ट गरिएको रोज्नुहोस् । २. बुनेका विभिन्न खाले कपडा पनि बजारमा पाइन्छ । कटन, सिल्क र रेबनको रोज्नु उत्तम हुन्छ । हल्का हुने भएकाले यस्ता कपडाले शरीरमा सहज महसुस गराउँछ । ३. जाली (नेट) र बुट्टेदार जाली (नेटभन्दा थोरै बाक्लो), सिफोन जर्जेट, (सिफोनभन्दा हल्का कडा) खालका कपडा अहिले फेसनमा छन् । ४. गर्मीमा सजिलो र धेरै युवतीले रुचाउने जिन्स पाइन्ट हो । बजारमा विभिन्न किसिमका जिन्स पाइन्ट आएका छन् । ब्वायफ्रेन्ड जिन्स (कम्मरको माथिसम्म पुग्ने, ग्रन्च भएको, केही खुकुलो र छोटो), स्किनी जिन्स, डेनिम जिन्स, सर्टस (हाफ पाइन्ट) रोज्न सक्नुहुन्छ । गमीृका लागि स्कर्ट पनि राम्रो ड्रेशअप हो । स्कर्टमा म्याच गराउन कलरफुल सर्ट नै रोज्नुहोला । ५.गाउन पनि गर्मीको उत्तम ड्रेसअप हो । गाउन रोज्दा ट्याक्स सबैभन्दा राम्रो हुन्छ । स्लिभलेस (बाहुला नभएको), अफ सोल्जर्स ड्रेस (कुमको भाग नभएको) फेसनमा छन् । ६. वान पिस पनि गर्मीका लागि हल्का ड्रेसअप हो । यसले शीतलता पनि दिन्छ । वान पिसमा केही फेसनबेल र एक्स्ट्रा देखिन चाहनुहुन्छ भने टेलहेम डिजाइनको वान पिस (अगाडि छोटो) पछाढि लामो पुच्छरजस्तो निस्किएको लगाउनुहोस् । ७. ड्रसअपअनुसार जुत्ता–स्यान्डल म्याच गराउनु आवश्यक हुन्छ । ओपन हिल्स, लोफर्स र हल्का स्यान्डलहरु लगाउँदा राम्रो हुन्छ । ८. अफ सोल्जर्स टप्स अहिले फेसनमा चलेको टप्स हो । ड्रेसअपमा म्याच गर्न डेकोरेटिभ ब्याग, वर्ड प्रिन्ट (अक्षर प्रिन्ट गरिएको) बकेट ब्याग छान्न सक्नुहुन्छ । सिल्क स्कार्फ र चोकर्स लगाउँदा तपाई थप आकर्षक देखिनुहुन्छ । ९. क्याप स्लिभ, पफ स्लिभ, हाफ स्लिभ ड्रेस पनि गर्मीका लागि फरक फेसनेबल ड्रेस हो । ड्रेसअपमा क्यापको कम्बिनेसनलmे एक्स्ट्रा लुक्स दिने भएकाले ह्याट पनि गर्मीको एक फेसनेबल आइटम हो ।

No comments:

Post a Comment