Thursday, May 19, 2016

जापानमा मृत्यु भएका भण्डारीको परिवारलाई १३ लाख सहयोग

गलकोटबाट जापान पुगेकाको साझा संस्था ‘गलकोट समाज जापान’ले जापानमा ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई राहत रकम प्रदान गरेको छ। गलकोट, हटिया–३ का स्व रविलाल भण्डारीकी श्रीमती मञ्जु भण्डारीलाई रु १३ लाख नौ हजार आर्थिक सहयोग प्रदान गरिएको हो। समाजले गलकोटमा आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरको उद्घाटनका अवसरमा सो राहत रकम हस्तान्तरण गरिएको हो। स्व भण्डारीको जापान पुगेको छोटो समयमै केही महिनाअघि आकस्मिक निधन भएको थियो। बालबच्चाको पठनपाठन र पालनपोषणका लागि राहत रकम दिइएको समाजका अध्यक्ष हर्क थापाले बताए। 'जापानमा रहेका गलकोटेबाट रकम सङ्कलन गरी मृतकको परिवारलाई आर्थिक सहयोग गरेका हौँ' अध्यक्ष थापाले भने 'जापानमा दुःख, साह्रो पर्दा नेपालीको उद्धार र सहयोगमा समाजले काम गरिरहेको छ।' हालसम्म त्यस्तो सहयोगमा रु एक करोड ५० लाखभन्दा बढी खर्च भइसकेको समाजले जनाएको छ। सोही अवसरमा समाजले गुल्मी बडगाउँका आगलागीपीडित परिवारलाई समेत रु एक लाख सहयोग प्रदान गरेको थियो। समाजले मङ्गलबारदेखि सुरु गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर आज सकिँदैछ। रासस

No comments:

Post a Comment