Wednesday, May 11, 2016

के पुरुषहरुले सुन्दर महिलाको मात्र साथ चाहन्छन् ?



प्रेमको कुनै परिभाषा हुँदैन त्यसैले प्रेमलाई हरेक चिजभन्दा माथि राखिएको हुन्छ   तर के हरेक प्रेमको सुरुवात केवल बाहिरी सुन्दरता हेरेर मात्र हुन्छ ?
अधिकांस केटीहरुलाई लाग्दछ की केटाहरु केवल सुन्दरताको पछाडि दौडिन्छन्, केटाहरु केवल सुन्दरताका पारखी हुन्छन् उनीहरुको यस्तो सोँचाइ पूरै गलत पनि होइन किनकी धेरै केटाहरुले यसै गर्दछन् कहिलेकाहीँ केटाहरु यो हदसम्म जान्छन् की आफ्नो नजिकबाट हिँडेकी केटीलाई समेत घुरीघुरी हेर्दछन्
के यस्ता केटाहरु प्रेम पश्चात सुन्दरताका यस्तै पारखी हुन्छन् ? केटाहरुमा उमेरसँगै सुन्दरताप्रतिको मनोभावना तथा धारणमा परिवर्तन आउँदछ जुन यस्तो छः
१५ देखि २५ वर्षको उमेरका केटाहरु प्रायः केटीहरुको सुन्दरताप्रति आकषिर्त हुन्छन् यस उमेरमा उनीहरुमा परिपक्वताकै कमी हुन्छ

२५ देखि ३० वर्षको उमेरका केटाहरु इमोसनल्ली बलिया केटीहरुतर्फ बढि झुकाव महसुस गर्दर्छन् किनकी उनीहरुले यसअघि केही खराब नातासम्बन्ध भोगिसकेका पनि हुन्छन्

३० को उमेर कटिसकेका पुरुषहरु बढि समझदार हुन्छन् सुन्दरता भनेको सधै रहिरहने चिज होइन तर समझदार पार्टनर भने सधै आफ्ना्साथमा रहन्छ भन्ने कुरा बुझेका हुन्छन्

३५ वर्ष उमेर कटेका एकल पुरुषहरु एक स्मार्ट महिलाको खोजीमा हुन्छन् जसले उनीहरुको जिवनमा प्रेम तथा सहयोगको तालमेल मिलाउन सकून्

बढ्दो उमेरसँगै पुरुषहरु बढि समझदार तथा परिपक्व हुँदै जान्छन् आफ्नो पार्टनरले अपfmुबाट के चाहन्छिन् भन्ने कुरा बुझ्न सक्दछन्

आजका पुरुषहरु के कुरामा पूर्णरुपमा सहमत छन् भने पार्टनरको सपोर्ट विनाको जिवन जिउनु निकै गाह्रो त्यसैले उनीहरु एक समझदार पार्टनर खोजिरहेका हुन्छन्

No comments:

Post a Comment