Monday, May 16, 2016

ललितपुरमा खोलामा खसेर ५ वर्षीय बालकको ज्यान गयो

काठमाडौं, ३ जेठ । राजधानीको ललितपुर जिल्लामा खोलामा खसेर एक बालकको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आश्राङ-१ स्थित बाग्मती खोलामा सोही ठाउँ बस्ने गोपाल अधिकारीको ५ वर्षीय छोरा गौरव अधिकारीको आइतबार साँघु चढने क्रममा खोलामा खसेर मृत्यु भएको हो । यसैगरी नखुडोल डेरा गरी बस्ने पाँचथर लुङगरुपा–५ घर भएकी ४५ बर्षीय जित कुमारी पागु लिम्बु नख्खु खोलाको पुलको साईडमा रहेको माछापोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । यसबारे प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

No comments:

Post a Comment